×

सरसर्ती २४ घण्टा

साझा दस्तावेज बनाउने एकीकृत समाजवादीको निर्णय, सत्ता चलाउन प्रचण्डसँग ‘जादुयी नम्बर’

काठमाडाैं | असार ९, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो ।
००००
नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान प्रस्थान गरेका छन्  । एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 


Advertisment

तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दल नेकपा माओवादी केन्द्रसँग संसदमा ‘जादुयी नम्बर’ भएकाले पूरै समय नै आफूले सरकार चलाउने दाबी गरेका छन् ।


Advertisment

शनिवार काठमाडौंमा पार्टीनिकट तामाङ मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार २०८४ सम्म टिक्ने भएकाले ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरे ।

सरकार ढलिहाल्छ भनेर बाहिर चलेको हल्ला पत्याउनु नहुने प्रचण्डको भनाइ थियो ।

‘डेढ वर्ष भयो म सरकारमा बसेकै छु । तरिका मिल्यो भने पूरै अवधि ५ वर्ष नै काम गरिन्छ । तपाईँहरू पनि ढुक्क भएर काम गर्नू । हामीलाई हटाउन सजिलो छैन । संसद्मा थोरै सिट छ भनेर चिन्ता गर्नु पर्दैन । हाम्रो जादुयी नम्बर छ,’ उनले भने, ‘त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । चिन्ता लिनुपर्ने केही छैन । तैपनि हामीले राजनीतिक दलहरूसँग जे सम्झौता गरेका छौँ । त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौं । इमान्दारीपूर्वक नै कार्यान्वयन गर्नेछौं । त्यसैले आज के हुन्छ, भोलि के हुन्छ भन्नु बेकारको कुरा हो । त्यतातिर तपाईँहरूले दिमाग लगाउनै पर्दैन, ढुक्क भएर काम गर्नुहोस् ।’
००००
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलले प्रतिपक्षको भूमिका थप सशक्त बनाउने बताएका छन् । संसद्मा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिरहेको बताउँदै देउवाले अब सदनमा जनताको समस्यालाई प्रभावकारी ढंगले उठाउने स्पष्ट पारे ।

शनिबार पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा स्व सांसद पृथ्वीराज कँडेलको अर्धकदको शालिक अनावरण तथा बसपार्क उद्घाटन गर्दै उनले अब कांग्रेस जनजीविकाका सवालमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश १ले  आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
००००
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ ।
आर्थिक  मामिला तथा योजना मन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेका थिए  ।
००००
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह स्वदेश फर्किएका छन् । मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर उनी शनिबार स्वदेश फर्किएका हुन् ।

बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।
००००
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। 

शनिबार सम्पन्न ग्राण्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उनले उपाधि जितेका हुन्। परियाले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेको आयोजकले जनाएको छ ।

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x