पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडाैं | असार १०, २०८१
राजधानी काठमाडौंलगायत देशका धेरै ठाउँमा आईभीएफ (इनभिट्रो फर्टिलाइजेसन)का नाममा निसन्तान दम्पती ठगीमा परिरहेका छन् ।
नेपाल सरकारले सञ्चालन अनुमति दिए पनि अहिलेसम्म मापदण्ड बनाएको छैन । सञ्चालन अनुमति लिएका कतिपय आईभीएफ सेन्टर विशेषज्ञविनै चलिरहेका छन् ।
कतिपयले गैरकानूनी रूपमा शाखा खोलिरहेका छन् भने कतिपय भारतमा दर्ता भएर नेपालमा चलेका छन् । लोकान्तरले गरेको खोजमा यस्तो तथ्य फेला परेको हो ।
सन्तान सुख दिने भन्दै आईभीएफहरूले हजारौं निसन्तान दम्पतीबाट लाखौं असुल्दै आएका छन् ।
काठमाडौंका गल्लीगल्ली मात्र नभएर राजधानीबाहिरका मुख्य शहरमा पचासौंको संख्यामा यस्ता आईभीएफ सेन्टरहरू चलिरहेका छन् । न तिनमा सरकारको अनुगमन छ, न त नियमन नै ।
स्वास्थ्य मन्त्रालयले १५ वटा मात्र यस्ता संस्थालाई अनुमति दिएको दाबी गरेको छ । तर, अनुमति दिने प्रक्रिया पनि शंकास्पद छ । मन्त्रालयले अहिलेसम्म मापदण्ड बनाएको छैन ।
प्राकृतिकरूपले बच्चा जन्माउन नसक्ने दम्पतीका लागि 'टेस्ट ट्युब बेबी' जन्माइदिने नाममा अहिले संसारभर नै आईभीएफ सेन्टरहरू खुलेका छन् । नेपालमा केही वर्षअघिदेखि मात्र फस्टाएको यस्तो व्यापारका लागि सरकारले कानून बनाएर सहजीकरण गरिदिएको छैन ।
मन्त्रालयले अनुमति दिएको भनिएता पनि महिलाको अण्डा र पुरुषको वीर्यलाई निकालेर बाहिर निषेचन गराई पुनः महिलाको पाठेघरमा प्रत्यारोपण गर्नुपर्ने यो प्रक्रियामा विशेषज्ञको योग्यता कति हुने भन्नेबारे कुनै मापदण्ड तथा निर्देशिका बनेको छैन ।
भारतमा तालिम लिएर आएको, नेपालमै सिकेको अथवा कुनै देशमा ६/८ महिना फेलोशिप गरेको दाबी गर्ने 'कथित विशेषज्ञ'लाई नागरिकको स्वास्थ्यमाथि खेलबाडको अधिकार दिने काम मन्त्रालयले गरिरहेको छ । यसका अलावा विशेषज्ञ हुँ भन्ने दाबी गर्दै एमबीबीएस गरेका गाइनोकोलोजिस्टहरूले पनि आईभीएफ प्रविधिका नाममा महिलाहरूको पाठेघरलाई प्रयोगशाला बनाइरहेका छन् ।
लोकान्तरले गरेको खोजमा नेपालमा अनुमति लिएर चलेका भनिएका आईभीएफ सेन्टरहरूमै विशेषज्ञ डाक्टर नरहेको पाइयो ।
अनुमति लिएर सञ्चालनमा रहेका भनिएका हार्दिक,नेसनल, सुभश्री,इन्दिरा,काठमाडौं फर्टिलिटी सेन्टर, होप फिर्टलिटी सेन्टर,वात्सल्य, एन्जल फर्टिलिटी क्लिनिक, नेपाल इन्टरनेसनल फर्टिलिटी,क्रिएटर्स आईभीएफ, मनमोहन आईभीएफ, ह्याम्स,वरदान फर्टिलिटी,स्नेहा फर्टिलिटीलगायतमा विशेषज्ञ उपलब्ध छैनन् ।
समिति गठन,तर मापदण्ड नबनाउन लबिङ
'केही महिना तालिम लिएर इम्ब्रोयलोजिस्ट बनिन्न,' बाँझोपन व्यवस्थापन सेवा सञ्चालन मापदण्डसम्बन्धी निर्देशिका बनाउन गठित समितिका एक सदस्य डा. पदमराज पन्तले लोकान्तरसँग भने, 'तर, यहाँ तालिम लिएको भरमा यस्ता आईभीएफ सेन्टरमा अयोग्यको हातमा निसन्तान दम्पतीले आफ्नो बच्चाको जिम्मेवारी दिइरहेका छन् ।'
उनले यो समिति बनेको ६ महिना भएपनि अहिलेसम्म परिणाम देखिनेगरी काम नभएको बताए । पन्तसँगै प्रसुती गृहका श्रीप्रसाद अधिकारी र स्वस्ती शर्मा यस समितिमा छन् ।
समितिले प्रारम्भिक रूपमा ड्राफ्ट पनि तयार गरेको थियो । आईभीएफमा हुनुपर्ने मानव जनशक्तिमा कम्तीमा एकजना मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल क्लिनिकल इम्ब्रियोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको व्यक्ति हुनुपर्ने प्रावधान समेटिएपछि सञ्चालनमा रहेका आईभीएफहरू तर्सेको स्रोत बताउँछ ।
यो योग्यता भएको कुनै पनि व्यक्ति नेपालमा सञ्चालित आईभीएफमा नभएकाले संगठितरूपमै यस्तो प्रावधान नराख्न लबिङ गरिँदै आएको छ ।
स्रोतका अनुसार मन्त्रालयका कतिपय कर्मचारीले नै अयोग्य आईभीएफ सेन्टरको प्रभावमा परेर समितिलाई काम गर्न दिएका छैनन् ।
'समितिले जथाभावी निर्देशिका बनाउने कुरा भएन । विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार बनाएर निर्देशिका बनाउने हो भने यहाँ सबैको धन्दा चौपट हुन्छ,' स्रोतले भन्यो ।
छैनन् योग्य विशेषज्ञ
क्लिनिकल इम्ब्रियोलोजीमा स्नातकोत्तर गरेर परिषदमा दर्ता भएका (दर्ता नम्बर १) व्यक्ति नेपालमा जम्मा एकजना रहेको परिषदका अध्यक्ष सुबोध कुमार शर्माले लोकान्तरलाई बताए ।
'यहाँ दर्ता भएका इम्ब्रियोलोजिस्ट जम्मा एकजना छन्,' शर्माले भने, 'यहाँ दर्ता हुन सम्बन्धित विषय पढेको हुनुपर्यो, चिकित्सा शिक्षा आयोगबाट एनओसीसँगै हामीकहाँ निवेदन दिनुपर्यो । त्यसपछि हाम्रो विविध समितिले यसलाई हेर्छ । हामीले पनि परीक्षा लिन्छौं, पास भएपछि मात्र त्यो इम्ब्रियोलोजिस्ट बन्छ । अनि मात्र त्यो आईभीएफ चलाउन योग्य हुन्छ ।'
परिषदमा दर्ता भएका एकमात्र इम्ब्रियोलोजिस्ट अशोककुमार झा हुन् । उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित टिचिङ अस्पताल महाराजगञ्जमा काम गर्छन् ।
यसबारे सोध्दा उनले अरू दर्ता भएको-नभएकोबारे आफू जानकार नरहेको बताए ।
'२/४ महिना तालिम लिएकै भरमा कतिपय आईभीएफले निसन्तान दम्पतीलाई बच्चा दिलाइदिने भन्दै काम गरिरहेका छन् भन्ने सुनेको छु,' उनले भने, 'तपाईं आफैं खोज्नुस् न ।'
केही उदाहरण :
भारतमा १ सय २० भन्दा बढी शाखा भएको दाबी गर्ने इन्दिरा आईभीएफ नेपालमा पनि सञ्चालित छ । डा. अजय मुर्दियाले चलाएको उक्त आईभीएफमा नेपालका लागि नेहा हुमागाईं प्रमुख हुन् ।
इन्दिरा आईभीएफको वेबसाइटमा हुमागाईंलाई बाँझोपन विशेषज्ञ, गाइनोकोलोजीमा एमडी गरेको भनिएको छ । साथै, नेपाल मेडिकल काउन्सिलमा दर्तावाल आईभीएफ विशेषज्ञ भएको पनि दाबी गरिएको छ ।
तर, आईभीएफ विशेषज्ञ हुन इम्ब्रियोलोजिस्ट हुनु अनिवार्य हुन्छ र त्यसको दर्ता स्वास्थ्य व्यवसायी परिषदमा हुनुपर्छ । सोझासाझा निसन्तान दम्पतीलाई झुक्याउन वेबसाइटमै गलत तथ्य राखिएको छ ।
त्यस्तै अर्को छ, प्यासिफिक आईभीएफ । यस आईभीएफकी मुख्य विशेषज्ञ विनिता थापा भएको वेबसाइटमा उल्लेख छ । थापाको एमबीबीएस वा एनएमसी नम्बरसम्बन्धी कुनै विवरण वेबसाइटमा छैन, तर नामअगाडि डा. लेखिएको छ ।
उनले आफूलाई क्लिनिकल बायोकेमिस्ट र इम्ब्रियोलोजिस्ट भनेर दाबी गरेकी छन् । तर, लोकान्तरलाई प्राप्त दस्तावेजमा उनले इम्ब्रियोलोजीमा स्नातकोत्तर गरेकी छैनन्, न त स्वास्थ्य व्यवसायी परिषदमा नै उनको नाम दर्ता छ ।
यसबारे बुझ्न प्यासिफिक आईभीएफमा फोन गर्दा थापा व्यस्त भएकाले कुरा गर्न नमिल्ने जवाफ आयो । 'एपोइन्टमेन्ट लिएर भेट्न आउनुस् न, डाक्टर हो कि होइन, त्यसपछि उहाँले नै भन्नुहुन्छ,' फोन उठाएका एक कर्मचारीले लोकान्तरसँग भने ।
त्यस्तै, अर्को उदाहरण हो हार्दिक आईभीएफ । सूचनाको हक प्रयोग गरेर मागिएको विशेषज्ञको विवरण यसले उपलब्ध गराएको छैन । तर, स्रोतका अनुसार यो आईभीएफकी मुख्य विशेषज्ञ डा. अर्चना शाक्यलाई देखाइएको छ ।
उनी पनि भ्रुण विशेषज्ञ होइनन् । एमबीबीएस गरेकी शाक्यको नेपाल मेडिकल काउन्सिल नम्बर ८७८० हो, तर स्वास्थ्य व्यवसायी परिषदमा उनी दर्ता छैनन् । उनलाई आईभीएफ विशेषज्ञ भनी वेबसाइटमा गलत प्रचार गरिएको छ ।
यही समस्या नेपालका प्राय: सबै आईभीएफ सेन्टरहरूमा छ ।
यससँगै नेपालका अधिकांश आईभीएफहरूमा आवश्यक मात्रामा भौतिक पूर्वाधार छैनन् । सानो फ्ल्याटमा चलाइएका छन् । बाहिरै निशेचित डिम्ब र शुक्रकिटलाई आवश्यक तापक्रम र आवश्यक वातावरणीय अनुकूलन चाहिन्छ । वातानुकूलित अवस्था सिर्जना गर्न महंगो उपकरण आवश्यक पर्छ । तर, लोकान्तरले गरेको खोजमा नेपालका अधिकांश आईभीएफ सेन्टरमा त्यस्ता उपकरण छैनन् ।
कुनै पनि औषधि उपचारको विज्ञापन गर्न कानूनले निषेध गरेको छ । तर, योग्य विशेषज्ञ नभएका, भौतिक पूर्वाधार र पर्याप्त औजार उपकरण पनि नभएका यस्ता आईभीएफहरूले जथाभावी झुटो र भ्रामक विज्ञापन गर्दै निसन्तान दम्पतीलाई पहिला लोभ्याउने र त्यसपछि दु:ख दिने काम गरिरहेका छन् ।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
नेपालमा कति आईभीएफ सेन्टर चलेका छन् भन्ने आधिकारिक तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन ।
'गैरकानूनी रूपमा चलेका छन् भने त त्यसको जिम्मेवारी गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालयले लिने हो, समाउने हो अनि बन्द गराउने हो,' मन्त्रालयका एक अधिकारी भन्छन् ।
लोकान्तरले आईभीएफ सेन्टरसँग सम्बन्धित विषय र मापदण्डबारे सूचनाको हक प्रयोग गरेर मागेको सूचना मन्त्रालयले अहिलेसम्म दिएको छैन ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पनि अहिलेसम्म मापदण्ड नबनेको स्वीकारे । 'आईभीएफको मापदण्ड र निर्देशिका अहिलेसम्म बनेको छैन,' उनले भने, 'हामी बनाउने क्रममा छौं ।'
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
काठमाडौं, २२ चैत्र– मुलुककै जेठो अस्पताल –वीर अस्पताल झन पछि झन बेथितीग्रस्त बन्दै गएको छ । आर्थिकरुपले विपन्न वर्गहरु कम खर्चमा उपचार सम्भव हुने आशा र सरकारी राम्रो डाक्टरहरु हुने कारण वीर अस्पताल...
जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको ...
जनकपुरधाम, २० चैत — धनुषामा सहकारी संस्थाको ठगी धन्दा मौलाउँदै गएको छ । नियमनकारी सरकारी निकायको निष्क्रियताका कारण सहकारी संस्थाले सर्वसाधारणलाई ठगी गरेका हुन् । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी सं...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...