×

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने, झैझगडा गर्ने, खुरापाती काम गर्ने, षडयन्त्र गर्ने, उस्तै परे हात हालाहाल गर्ने, अंगभंग हुनेगरी भिड्ने गरेमा त्यो समाज असन्तुलित तथा असभ्य समाज भनेर चिनिन्छ।

समाजमा मिल्न नसकेर विवाद हुँदा कसैकसैको त ज्यान नै गएका खबर सुनिँदैआएको पाइन्छ। समाजमा कोही धनी हुन्छन्, त कोही मध्यम वर्गका र कोही गरिब पनि हुन्छन्। समाजमा जन्मेपछि, हुर्केपछि र गृहस्थ जीवन यापन गर्न थालेपछि एकअर्कामा सकारात्मक सोच र सहयोगी व्यवहार हुनुपर्दछ।


Advertisment

गाउँघरमा भन्दा शहरमा एकअर्काप्रति बढी बेवास्ता भएको पाइन्छ। सँगै टाँसिएको अर्को घरमा के समस्या पर्‍यो र के घटना भयो भनेर थाहा पाइँदैन। तर, गाउँघरमा कुनै घटना हुन पुगेमा सोको जानकारी गाउँभर फैलिहाल्छ । त्यसैले शहरका मान्छेभन्दा गाउँघरका मान्छेमा बढी संवेदनशीलता देखिन्छ। अहिले गाउँघरमा पनि मोबाइलको पहुँचका कारण जानकारीहरू अझ छिटो सञ्चार हुँदै आएको छ ।


Advertisment

नेपालमा अहिले उद्योग-व्यापारका नाममा ठगी, समाज सेवाका नाममा ठगी, राजनीतिका नाममा ठगी, उपचारका नाममा ठगी, धर्मका नाममा ठगी हुँदै आएको पाइन्छ। कतिपय उद्योगीले सरकारलाई तिर्नुपर्ने कर तिरेका हुँदैनन् भने व्यापारीहरूले पनि भ्याट वा प्यान बिल नकाटेर साधारण वा पसलको नाम उल्लेख नभएको तथा छाप पनि नलगाइएको बिल ग्राहकलाई दिने गरेको पाइन्छ।​

हाल नेपालमा धर्मको नाममा पनि ठगी हुँदै आएको पाइन्छ। भारतमा विभिन्न अपराधमा संलग्न केही बाबा वा गुरुहरूले नेपालमा सजिलैसँग ठग्दै आएका छन्।  कुनै पनि बाबा वा गुरुको बारेमा अध्ययन गर्नका लागि अहिले प्रविधिले सघाउँछ । गूगलमा खोजी गर्नेबित्तिकै कुन बाबा वा गुरु कस्तो हो भन्ने कुरा पढ्न सकिन्छ। कतिपय सोझासिधा नेपालीहरू ती ठग गुरुहरूको अन्धभक्त, शिष्य वा चेला भैहाल्ने खराब बानी छ। भारतको जेलमा रहेका गुरुहरूको नेपालमा जयजयकार हुँदै आएको पाइन्छ।

null

कुनै पाखण्डी गुरु त आफूलाई भगवान तुल्याउनका लागि हिन्दूधर्मलाई बंग्याउन लागिपरेका छन्। परिवारको कुनै सदस्य त्यस्ता ठग गुरुहरूको फन्दामा पर्नाले परिवारमा अशान्ति र विखण्डन भैरहेको पाइन्छ।

अमर अधिकारी


यस्ता कतिपय घटना गुपचुप छन्। आफू फसेको थाहा पाउँदापाउँदै ती शिष्यहरू ठगी गर्ने बाबा वा गुरुका विरुद्ध बोल्न सक्दैनन् र आफ्नो तन-मन-धन सुम्पिँदै जान्छन्। विभिन्न बहानामा ठगी गर्ने बाबा वा गुरुको बारेमा बेलाबेला सञ्चार माध्यमबाट पनि सुनिँदै आएको छ।

समृद्ध र सभ्य समाज बनाउनका लागि समाजकै बासिन्दाहरूको ठूलो भूमिका रहन्छ। अरू ठाउँका बासिन्दा आएर अरूको समाजलाई सभ्य बनाउने होइन।

समाजमा सुधार ल्याउनका लागि स्थानीय बासिन्दाकै वैचारिक तथा सैद्धान्तिक देनको आवश्यकता पर्दछ। अग्रजहरूको उपयुक्त सल्लाह र अर्ती कनिष्ट व्यक्तिहरूले मान्नुपर्छ र सबै मिलेर समाजमा सकारात्मक कार्यहरू गर्दै जानुपर्दछ। समाज सभ्य भएपछि मुलुक त्यसै पनि सभ्य बन्छ।

समाजलाई सभ्य बनाउनका लागि देहायबमोजिमका कुराको आवश्यकता पर्दछः

१.जनचेतनाको खाँचोः सबैभन्दा पहिले समाजमा असल तथा उत्कृष्ट कार्यहरू गर्नका लागि सकारात्मक सोचको जरुरत पर्दछ। समाजमा भएका कमी कमजोरीहरूलाई औंल्याएर त्यसमा सुधारका उपाय अपनाउन बैठक बस्ने र कार्यान्वयन हुने किसिमका निर्णय गर्ने एवं आवश्यकता परेमा स्थानीय निकायको सहयोग लिनुपर्दछ । सभ्यताका लागि जनजनमा चेतना जगाउनुपर्दछ।

२.सन्तानलाई संस्कारः जन्मिएका शिशुहरू हुर्किएर बोल्ने र बुझ्ने बालबालिका भएपछि अभिभावकले उनीहरूलाई राम्राराम्रा बानीहरू सिकाउनुपर्दछ। बालबालिकाको अगाडि झर्केर बोल्नुहुँदैन। जथाभावी र अपाच्य शब्दहरू उनीहरूका अगाडि प्रयोग गर्नुहुँदैन।

बालबालिका किशोरकिशोरी हुँदैजाँदा सुसंस्कारको झनै खाँचो पर्दछ। अभिभावकहरूले उनीहरूलाई खराब आनीबानीहरूबाट बचाउनुपर्दछ र छरछिमेकीका सन्तानका साथीहरू कस्ता छन्, त्यतातिर पनि ख्याल गर्नुपर्दछ। खराब साथीको संगतमा परेका छन् भने छोराछोरीलाई सम्झाउनुपर्दछ। छिमेकीहरूसँग पनि अन्तरक्रिया गरेर उनका बिग्रिएका सन्तानलाई समेत सुधारका लागि सुझाव सल्लाह दिनुपर्छ।

३.पारिवारिक विवाद घरभित्रै सुल्झाउनेः झगडा संसारमा जहाँ पनि हुन्छ, धेरैथोरै मात्र हो। हामी नेपालीहरूको बानी झनक्क रिसाउने खालको छ । श्रीमान् र श्रीमतीबीच विवाद भएमा सन्तानका अगाडि झगडा र भनाभन गर्नुहुँदैन, किनकि त्यस्ता कुराले सन्तानको मनोविज्ञानमा असर पर्न जान्छ र उनीहरूको जीवनवृत्तिमा नराम्रो प्रभाव पर्छ। घरमा भएका सानातिना विवादलाई सडकमै गएर सबैका सामु देखाउँदा आफ्नै छवि खस्कन्छ। त्यसैले आ-आफ्ना कमीकमजोरीलाई पनि ख्याल गरेर पारिवारिक विवाद घरभित्रै सुल्झाउनु बुद्धिमानी ठहर्छ ।

४.मदिरा सेवन र होहल्ला नगर्नेःनेपाली समाजमा कुनै–कुनै भोजमा मदिरा पिएर रमाउने गरिन्छ। तर, ठिक्क मात्रामा मदिरा पिएमा आफूलाई नियन्त्रण गर्न सकिन्छ। साथीहरूको लहलहैमा अत्यधिक मदिरा सेवन गरेमा त्यसले नराम्रो नतिजा ल्याउँछ। खुट्टा टेक्नै नसक्ने गरी मदिरा सेवन गर्नुहुँदैन। सकेसम्म मदिरा नपिउनु नै उत्तम ठहर्छ। कसैकसैले भट्टीमा रक्सी पिएर गाउँभरि होहल्ला गर्ने गरेको पाइन्छ।

त्यो समाजका लागि असभ्यताबाहेक केही हुन सक्दैन। साथै, कसैकसैले त अपशब्द समेत प्रयोग गर्दै हिँडेका देखिन्छन्। यो समाजका लागि अत्यन्त गम्भीर र लाजमर्दो कुरा हो। 

५.सुर्ती खाएर जथाभावी नथुक्नेः कसैले पनि सुर्ती खाएर जथाभावी र जहीँतहीँ थुक्नु हुँदैन। स्थानीय निकायहरूले शहर बजारमा थुक्नका लागि निश्चित स्थान तोकिदिनुपर्दछ। भारतको कोलकातामा यो पद्धति छ भने यहाँ किन हुन नसक्ने? कोलकातामा जथाभावी थुकेमा कारबाहीको भागिदार हुनुपर्दछ।

नेपालमा सार्वजनिक स्थानमा चुरोट पिउन रोक लगाइए तापनि त्यो नियमलाई पालना गरेको देखिँदैन। हाम्रा शहरहरूमा कसैकसैले त बाटो हिँड्दै अरूको स्वास्थ्यको ख्यालै नगरी निर्धक्कसँग चुरोट तानेर धुवाँ उडाएको देखिन्छ । त्यस्तै चुरोट, सुर्ती र गुट्खाका खोस्टाहरू बाटोको छेउछाउमा जथाभावी फ्याँक्नाले असभ्य किसिमले शहर बजारको शोभा घट्दै गएको छ।

६.प्रदूषणकम गर्नेः शहर बजारमा गाडीहरूले फ्याँक्ने विषालु धुवाँ, चक्का घोटिएर आउने टायरका कण तथा फोहोर माटोको धुलो वायुमण्डलमा मिसिँदा त्यसले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । त्यसलाई न्यूनीकरण गर्न सरकार तथा स्थानीय निकायहरूको ध्यान जानु जरुरी छ। यस्तो नराम्रो कुराले सीमित सभ्य नेपाली विदेशी पर्यटकका अगाडि लज्जित हुनुपर्ने अवस्था छ । पुराना, थोत्रा र धेरै धुवाँ फ्याँक्ने गाडीलाई तुरुन्त बन्द गराउनुपर्दछ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ। वातावरण दिवसको दिन गोष्ठी र सेमिनार गरेर, लञ्च बक्स बोकेर घरतर्फ जाने वा तारे होटेलमा डिनर लिने काम गरेर मात्र हुँदैन। दिवसहरूमा शुभकामना आदान-प्रदान र भाषणले मात्र खासै उपलब्धि हुँदैन।

७.कानूनको पालनागर्नेः धेरै विषयमा नेपालीहरूले कानूनको पालना गरेको पाइँदैन। सकेसम्म जे काम पनि छिटै गरौं भन्ने सोचाइ छ। अर्को शब्दमा भन्नुपर्दा धैर्यता अपनाउने बानी नेपालीहरूमा कमै देखिन्छ।

कतैकतै त झन् कानूनको पालना पनि हुने गरेको देखिँदैन । उदाहरणका लागि शहरका चोक आउनुअघि सवारी चालकले हत्त न पत्त सिटबेल्ट लगाउँछन् र चोक पार गरेपछि अर्थात् ट्राफिक प्रहरी देखिन छाडेपछि फेरि सिटबेल्ट झिक्ने गरेको पाइन्छ। यस्तो कार्य देख्दादेख्दै पनि यात्रुले चालकलाई केही पनि भन्न सक्दैनन्। पैदल यात्रुहरूले पनि आकाशेपुल हुँदाहुँदै र छेउमा जेब्राक्रसिङ हुँदाहुँदै जथाभावी बाटो काट्ने गरेको पाइन्छ ।

८.यात्रु चढाउने र ओराल्ने नियमपालना गर्नेः स्टप नभएको ठाउँमा यात्रु चढ्दा रोक्ने तर अशक्त बिरामीलाई पनि भनेको ठाउँमा नओरालिदिने प्रवृत्ति राम्रो होइन । बिरामी र अशक्तलाई जहाँ पनि ओरालिदिने नियम बनाइनुपर्दछ ।

९.मुस्कानसहितको सेवाः सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सेवाग्राहीहरूसँग झर्केर बोल्नुहुँदैन। मुस्कानसहित छिटोछरितो सेवा प्रदान गरेमा सेवा दिने कार्यालय तथा कर्मचारीहरूमा सभ्यता झल्किन्छ र पक्कै पनि सेवाग्राही प्रसन्न हुन्छन्।

१०.मोबाइलको दुरुपयोग नगर्नेः आजकल बालबालिका मात्र के, किशोरकिशोरी मात्र के, तन्नरी मात्र के, बुढाबुढीहरू समेत मोबाइलमा व्यस्त रहने गरेको पाइन्छ। घरमा कोही पाहुना आएमा पाहुनातर्फ नहेरी मोबाइलमै आँखा व्यस्त राख्ने गरेको पाइन्छ। मोबाइलको सदुपयोग गर्नुपर्दछ, दुरुपयोग होइन।

११.फरक विचार भए पनि मिलेर बस्नेः एउटै परिवारमा चार भाइ चार पार्टीका समर्थक रहेको पनि देखिन्छ। राजनीतिक मतभेदले गर्दा नेपालीहरूको परिवारमा विखण्डन ल्याइरहेको छ।

फरक विचार र सिद्धान्त भए तापनि परिवारमा हाँसीखुशी रहनुपर्दछ। राजनीतिको मामलामा मात्र होइन, घरपरिवारमा हरेक विषयमा वैचारिक भिन्नताले गर्दा छिमेकीले पनि हेप्ने गर्छन्।

१२.छिमेकीलाई बाधा पर्नेगरी गानाबजाना नगर्नेः छिमेकीलाई बाधा पुग्नेगरी गानाबजानाका कार्य गर्नुहुँदैन। पहिलेपहिले घरमा रेडियो र त्यसपछि टेलिभिजनको आवाज चर्को पारेर बजाइन्थ्यो। आजकल भने मोबाइलले गर्दा यस्तो कार्य कम हुँदै गएको पाइन्छ। तैपनि जानेर वा नजानेर छिमेकमा बाधा पर्नेगरी यस्ता कार्य नगर्नु सभ्य परिवारको कर्तव्य हुन आउँछ।

यसका अलावा उधारो खाएर पैसा नतिर्नु, मिटरब्याजको धन्दा गर्नु, क्षणिक लाभका लागि जे पनि गर्न तयार हुनु, गाडीबाट चुरोट र सुर्तीका खोस्टा सडकमा फाल्नु, हिँड्दाहिँड्दै फ्रुटीलगायत पेय पदार्थका खोस्टा बाटो किनारमा फाल्नु, एकआपसमा कुरा गर्दा अश्लील शब्दको प्रयोग गर्नु पनि असभ्यताका उदाहरण हुन्।

अस्पताल होस् वा अन्य कुनै ठाउँमा, ज्येष्ठ नागरिक र बिरामीलाई लाइनमा उभिन दिनुहुँदैन। उहाँहरूलाई प्राथमिकताका साथ अगाडि पठाउनुपर्दछ । हामीले विदेशी पर्यटकलाई सम्मान गर्नुपर्दछ र पर्यटन व्यवसायीहरूले पनि उनीहरूसँग सद् व्यवहार गर्नुपर्दछ, किनकि पर्यटनले देशको अर्थतन्त्रमा उल्लेख्य सघाउ पुर्‍याएको छ।

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x