×

सगरमाथाको दु:ख- सरकार रोयल्टी संकलनमा केन्द्रित बन्दा फोहोरको डंगुर, जताततै बेवारिसे शव [भिडियो]

काठमाडाैं | असार ११, २०८१

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक चुचुरोमा पाइला राखेर इतिहास रचेका थिए । उनीहरूको सफलतापछि सगरमाथातर्फ संसारभरका साहसिक व्यक्तिहरूको मोह बढ्दै गयो ।

Laxmi Bank

आजको दिनसम्म आइपुग्दा एकै सिजनमा एक हजारभन्दा बढी व्यक्ति सगरमाथालगायत नेपालका हिमचुलीहरू आरोहणका लागि पुग्ने गरेका छन् । एकातिर सगरमाथालगायतका हिमालमा नेपालीसहित विश्वकै साहसिक पर्यटकको रोजाइ बढिरहेको छ, अर्कातिर तिनै साहसिक व्यक्तिहरूले आरोहणबाट फर्किँदा छाड्ने फोहोरका कारण सगरमाथासहितका हिमाल डम्पिङ साइडमा परिणत भइरहेका छन् ।


Advertisment

आरोहीहरूको हेलचेक्य्राइँ तथा नियामक निकायको मौनताको परिणामले हिमाललाई डम्पिङ क्षेत्रका रूपमा बदनाम गर्ने काम गरेको छ ।​


Advertisment

फोहोर हिमाल

जानकारहरूका अनुसार सगरमाथासहितका हिमालमा ७० वर्षदेखि नै फोहोर थुप्रिँदै आएको छ । आरोहीहरू शिखर उक्लिने र फर्किने क्रममा उनीहरूले प्रयोग गरेका सामग्री जथाभावी छाडेका कारण सगरमाथालगायतका हिमालमा फोहोरको डंगुर नै बनिरहेको छ ।

त्यहाँ मुख्य गरी कृत्रिम अक्सिजन सिलिन्डर र ग्यास सिलिन्डर, डोरी, बियरका बोतल, क्यान, टेन्टको खम्बा, क्रापोन, आइस स्क्रु, स्नोबार, रकपिटन, कपडा, भर्‍याङलगायत सामग्री आरोहीले छाडेर आउने गरेको देखिन्छ ।

सगरमाथा आधारशिविरभन्दा माथि जाने प्रत्येक आरोही, सरदार, क्लाइम्बिङ शेर्पा, कूक, हेल्पर र पोर्टरले बोक्ने सामानबाट औसतमा ४ किलो फोहोर निस्कन्छ । त्यसो त मन्त्रालयले औसत कम्तीमा ८ किलो फोहोर तल ल्याउनैपर्ने बाध्यकारी नियम लागू गर्‍यो । तर त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छैन, किनकि हिमालमा फोहोरको चुली बढ्दै गएको यथार्थ छिपेको छैन

आरोही दलले लगेको र फिर्ता हुने सामान बुझ्नका लागि सगरमाथाको आधार शिविर र नाम्चेमा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारी खटाइएको हुन्छ । पर्यटन विभागले पनि छुट्टै सुविधा दिएर सम्पर्क अधिकारी खटाएको हुन्छ । तर, ती सम्पर्क अधिकारीहरू ड्युटी मै नबस्ने गुनासो सामान्य भइसकेको छ । विभागका अधिकारी भने यसमा सत्यता नभएको तर्क गर्छन् । 

पर्यटन विभागका अनुसार एक आरोहण दल बराबर ४ हजार अमेरिकी डलर धरौटी लिने गरिएको छ । दलले लगेका काम नलाग्ने सबै सामान फिर्ता ल्याएपछि मात्रै धरौटी पनि फिर्ता हुने प्रावधान छ । तर, स्वास्थ्यमा आएको कमजोरीलाई मुख्य बहाना बनाएर धेरैजसो आरोहण दलले फोहोर उतै फ्याँकेर धरौटी लगिरहेका छन् । यसमा विभाग मौन छ ।​

सर्वोच्चको आदेश

सगरमाथालगायत हिमालमा हुने फोहोर नियन्त्रणका लागि सर्वोच्च अदालतले आरोहीले हिमाल चढ्दा लैजाने सामानको सूची प्रस्थान विन्दुमा बुझाउनुपर्ने र फर्कँदा फिर्ता आएका सामानहरू आगमन विन्दुमा बुझाउनुपर्ने व्यवस्थामा कडाइ गर्न आदेश गरेको छ । 

गत वैशाख १४ गते सपना मल्ल प्रधान र सुष्मलता माथेमाको संयुक्त इजलासले आरोही फर्कँदा फिर्ता ल्याउनुपर्ने सामानहरू फिर्ता ल्याएको सुनिश्चितता गरेर मात्र धरौटी फिर्ताको व्यवस्था गर्न सरकारका नाममा आदेश गरेको हो । 

त्यस्तै, हरेक हिमालको सामर्थ्यले भ्याउने संख्या र समय निर्धारण गरेर मात्र पर्वतारोहणको अनुमति दिन पनि सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता दीपकराज मिश्रले नेपालमा पर्वतारोहणको अनुमति भएका ४१४ वटा हिमालमा बढ्दो फोहोर नियन्त्रणको माग राखेर सर्वोच्चमा रिट दायर गरेका थिए । सफा हिमाल अभियानका निम्ति स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले छुट्टै तथा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने पनि आदेशमा उल्लेख छ ।

यस्तै, जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा परिरहेको असरको क्षति अन्तर्राष्ट्रिय निकायसँग दाबी गर्न पनि सर्वोच्चले भनेको छ । त्यसो त सर्वोच्चले यसअघि पनि यस्तै विषयमा सरकारका नाममा परमादेश जारी गरेको थियो ।

हिमाल सरसफाइमा नेपाली सेनाको सगरमाथा प्रदूषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालगायत निकायहरू खटिएका छन् । नेपाली सेनाले यो वर्ष ११ टन फोहोर संकलन गरेको तथ्यांक छ । नेपाली सेनाको सफा हिमाल अभियानबाट यस वर्ष तीनवटा हिमालबाट ११ हजार किलो फोहोर संकलन गरेको जनाएको छ । सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइ गरेको थियो ।

यी हिमालबाट सेनाले ११ हजार किलो फोहोर, ४ वटा शव र एक मानव अस्थिपञ्जर संकलन गरेको छ । संकलन गरिएका फोहोरमध्ये २ हजार २२६ किलो फोहोर कुहिने खालका थिए । ती फोहोरलाई सफाइ अभियानमा गएको टोलीले सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीलाई बुझाएको छ । नकुहिने किसिमका ८ हजार ७७४ किलो फोहोर व्यवस्थापन गर्न एभ्नी भेन्चर प्रालिलाई बुझाएको छ । त्यस्तै, ४ शव र एक अस्थिपन्जर आवश्यक कानूनी प्रक्रियाप्रश्चात शिक्षण अस्पतालमा पठाइएको नेपाली सेनाले जनाएको छ ।

सरकारले सन् २०१९ देखि हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिएको थियो । विगत पाँच वर्षदेखि हिमाल सफाइमा खटिएको नेपाली सेनालाई हामीले सोधेका छौं– ‘हिमालहरू कहिले फोहोरमुक्त हुन्छन् ?, के नेपाली सेनाको सफाइ अभियानले हिमालहरू सफा हुन्छन् त ? 

हिमालमा फोहोर मात्रै थुप्रिएको छैन, लामो समयदेखि आरोहणमा गएका आरोहीहरूको शव पनि यत्तिकै अलपत्र छ ।

विगत ७ दशकको इतिहासमा सगरमाथा आरोहणमा निस्किएका कैयन आरोही फर्किएका छैनन् । यसको वास्तविक तथ्यांक पर्यटन विभागसँग छैन । हालसम्म कुन देशका कति आरोहीले ज्यान गुमाए ? कति शव निकालियो ? अब कति शव सगरमाथाकै गर्भमा छन्, यसको तथ्यांक नै नभएको विभागको भनाइ छ ।

लाखौं राजस्व उठाइरहेको सरकारले ती शवको व्यवस्थापन गर्नु त कता हो कता, विभागका अधिकारी हालसम्म कति जना आरोहीले ज्यान गुमाए भन्ने तथ्यांकको रेकर्ड छैन भन्न समेत लजाउँदैनन् । 

आरोहीको विवरण राख्ने हिमालयन डेटाबेसको तथ्यांकलाई हेर्दा सगरमाथा आरोहणका क्रममा १९२१ देखि २०२३ सम्म २९० जना आरोहीले ज्यान गुमाएको देखिन्छ ।

सगरमाथामा अस्ताएकाहरू

१९२१ देखि १९७० सम्म २९ जना
१९७२ देखि १९७८ सम्म १५ जना  
१९७९ देखि १९८२ सम्म १९ जना 
१९८८ देखि १९८९ सम्म १३ जना 
१९८९ देखि १९९३ सम्म १८ जन 
१९९३ देखि १९९७ सम्म ३१ जना 
१९९७ देखि २००१ सम्म १६ जना 
२००१ देखि २००६ सम्म २६ जना 
२००६ देखि २०१३ सम्म ४२ जना 
२०१३ देखि २०१५ सम्म ३३ जना 
२०१५ देखि २०२३ सम्म ४९ जना      जम्मा २९० जनाले गुमाए ज्यान

विश्वभरका साहसी मानिसको गन्तव्य सगरमाथा लगायतका हिमालहरू बेवारिसे छाडिएका शवका कारण बदनाम बन्दै छन् । नी शव संकलन र व्यवस्थापन निकै चुनौतीपूर्ण छ । २०५९ सालमा बनेको पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौं संशोधन गरेर शव र फोहोर व्यवस्थापन लगायत आरोहणका गतिविधिलाई थप व्यवस्थित बनाउने गरी प्रस्ताव गरिएको छ ।​​

छैटौं संशोधन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कानून मन्त्रालय हुँदै मन्त्रिपरिषदमा अड्किएको पर्यटन विभागले जनाएको छ । नयाँ संशोधनमा पर्वतारोही दलले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका दलका सदस्यको शव हिमालमा छाड्न नपाउने प्रावधान छ ।  यसरी शव छाडेको प्रमाणित भएमा कडा सजाय हुने व्यवस्था नयाँ नियमावलीमा प्रस्ताव गरिएको छ । शव बेपत्ता भएको भन्दै पर्वतारोही दलले यसअघि शव हिमालमा छाड्ने गरेका छन्, जसकारण आरोहीले आरोहणका क्रममा शव देख्नु सामान्यजस्तै बनेको छ । 

पछिल्लो समय जलवायु परिवर्तन र यसले पारेको नकारात्मक प्रभावबारे विश्वभरि नै बहस चलिरहेको छ । हिमालमा आरोहीको सुविधाभोगी जीवनशैली र वातावरणीय अनुकूलन बिगार्ने गतिविधि बढ्दै जाँदा हिमालहरू कालापत्थरमा परिणत हुँदै गएको विज्ञहरूको भनाइ छ ।

त्यस्तै, वातावरणमा आएको परिवर्तन र अनुभव नभएका आरोहीको भीडका कारण आरोहीले ज्यान गुमाइरहेको विज्ञहरूको बुझाइ छ । सगरमाथाको आधार शिविरमा १४ वर्ष सम्पर्क अधिकारीको रूपमा खटिएका र सगरमाथाको सफल आरोहण गरिसकेका ज्ञानेन्द्र श्रेष्ठ पछिल्लो समय सगरमाथा धेरैपटक चढेर रेकर्ड बनाउने होडबीच नयाँ आरोहीमा अनुभवविनै पैसा तिरे जसरी पनि चढ्न सकिन्छ भन्ने मानसिकताले दुर्घटना बढ्दै गएको बताउँछन् ।

हिमालमा मानिसको भीडले फोहोरको थुप्रो बढ्नु, तापमान बढ्नु, हिउँ पग्लिनुजस्ता समस्या आम भइसकेका छन् । त्यसो त केही वर्ष व्यावसायिक आरोहण नै रोकेर सरसफाइ मात्रै गर्नुपर्ने आवाज पनि बलियो ढंगले उठ्दै आएको छ ।

पछिल्लो समय सगरमाथामा आरोहणका क्रममा आरोहीहरू ‘ट्राफिक जाम’मा नै पर्ने गरेका दृश्य समेत सार्वजनिक हुँदै आएका छन् । आधार शिविरदेखि क्याम्प ४ सम्म मानिसको शव र फोहोरको थुप्रो पनि ती दृश्यबाट लुकेका छैनन् ।

भिडियो :

 

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

भदौ १, २०८१

खाना मानव जीवनको निम्ति नभै नहुने पौष्टिक तत्व हो । खाना कम वा बढी खाँदा हाम्रो शरीरमा विभिन्न समस्या देखा पर्छन् ।  तसर्थ, हामीले शरीर स्वस्थ्य राख्न विशेषगरी स्वस्थ्य खानामा उचित ध्यान दिनु जरुरी हुन्छ ।&n...

मंसिर २, २०७५

काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x