भारी वर्षापछि गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेको प्रहरीले जनाएको छ ।
भारी वर्षा भइरहेकाले सचेत रहन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।