२७ जेठ २०८३, बुधबार

मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको मृत्यु

असार १२, २०८१
विराटनगर
मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको मृत्यु

मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।

केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा ११ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चित्रबहादुर राईका ११ वर्षीय छोरा श्यामलाई मंगलबार बिहान साथीहरूसँग स्कूल जाने क्रममा बाढीले बगाएको थियो ।

खोज तलासको क्रममा ​बुधबार दिउँसो खोला किनारमा उनको शव फेला परेको हो ।​

उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रवीण राई र १२ वर्षीय अर्पन लिम्बूलाई पनि खोलाले बगाएको थियो ।​

तर उनीहरूलाई स्थानीय र प्रहरीको सहयोगमा सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्