२६ जेठ २०८३, मंगलबार

मनीताले पेरिस ओलम्पिक खेल्ने

असार १२, २०८१
काठमाडौं
मनीताले पेरिस ओलम्पिक खेल्ने

जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । 

आगामी साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिए । मनीताले महिला ५७ केलिग्राममुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

दक्षिण एसियाली खेलकुद (साग) को १२ औँ र १३ औँ संस्करणकी रजत विजेता २५ वर्षीया मनीताले ९ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् । उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँको धापासीमा भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनीताले स्वर्ण जितेकी थिइन् । मनीता ओलम्पिक छात्रवृत्ति प्राप्त खेलाडी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्