२६ जेठ २०८३, मंगलबार

हेलम्बुमा भूकम्पको धक्का

असार १४, २०८१
काठमाडौं
हेलम्बुमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । 

हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे  ४.२ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले कुनै क्षति गरेको विवरण भने आएको छैन ।

२०७२ सालको गोरखा भूकम्पले ठूलो क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी राति जमिन हल्लिँदा त्रसित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्