काठमाडौं, ६ कार्तिक - मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ५७ जनाले उम्मेदवारी दिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधिसभा सदस्यका लागि २४ र प्रदशेसभा सदस्यका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का लागि उम्मेदवारी दिनेमा नेपाली काँग्रेसको तर्फबाट डा. रामशरण महत, वाम गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङ, राप्रपा राष्ट्रवादीबाट विमल थापा, राप्रपा प्रजातान्त्रिकबाट राजेन्द्रप्रसाद फुयाँल, नेकपा मालेबाट जयागार तामाङ, नयाँ शक्ति पार्टी नेपालाबाट शन्तबहादुर तामाङ, नेपाल जनलोकतान्त्रिक पार्टीबाट कृष्णप्रसाद लामिछाने, संघीय समाजवादी फोरमबाट उत्तम अधिकारी, राष्ट्रिय जनमोर्चाबाट कर्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेसनबाट प्रदिप तामाङ रहेका छन् ।
स्वतन्त्रबाट एलिसा थापा, कृष्णबहादुर तामाङ र रविन गुरुङ गरी १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । यस्तै, प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा काँग्रेसबाट महेन्द्र थिङ, बामगठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङ, राप्रपा राष्ट्रवादीबाट दामोदर थापा, राप्रपा प्रजातान्त्रिकबाट रामु पण्डित, नयाँ शक्ति पार्टीबाट जायुमी शेर्पा, विवेकशील साझा पार्टीबाट विमल तामाङ र स्वतन्त्र उम्मेदवारमा सुनिता थोकर गरी सात जनाले उममेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ को लागि काँग्रेसबाट रमेशकुमार महत, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बद्री मैनाली, राप्रपा राष्ट्रवादीबाट पुरेन्द्रप्रसाद ढकाल, राप्रपा प्रजातान्त्रिकबाट दिपककुमार राई, नयाँ शक्ति पार्टीबाट ईश्वरकुमार राउत, विवेकशील साझा पार्टीबाट कृष्णप्रसाद अधिकारी, मंगोल नेशनल अर्गनाईजेसनबाट कृष्ण तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट राजन लामिछाने र स्वतन्त्र उम्मेदवार ज्ञानबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न निर्वाचनका लागि नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि ११ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यको लागी काँग्रेसबाट अर्जुननरसिंह केसी, बामगठबन्धनको तर्फबाट एमालेका नारायणप्रसाद खतिवडा, राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मी श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकबाट मधुसुदन रिसाल, नेकपा मालेबाट डिलबहादुर पुडासैनी, नयाँ शक्तिबाट धर्मबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्र तामाङ, नेपाल जनलोकतन्त्र पार्टीबाट नारायण पौडेल, विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट लक्ष्मी मुडबरी र संघीय समाजवादी फोरम नेपालबाट सिताराम तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को प्रदेशसभा सदस्य क्षेत्र नं. १ बाट आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा काँग्रेसबाट जगदिश्वरनरसिंह केसी, बामगठबन्धनबाट एमालेका केशवराज पण्डे, राप्रपा राष्ट्रवादीबाट दिपेश लामा ‘निश्चल’, राप्रपा प्रजातान्त्रिकबाट शिवप्रसाद अधिकारी, नयाँ शक्ति पार्टीबाट केशवप्रसाद पुडासैनी, विवेकशील साझा पार्टीबाट दामोदर नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट अर्जुनलाल श्रेष्ठ र स्वतन्त्रबाट बद्रीप्रसाद त्रिपाठीले उम्मेदवारी दिएका छन् । यस्तै, प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को प्रदेशसभा सदस्य क्षेत्र नं. २ बाट ९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा काँग्रेसबाट जगतबहादुर तामाङ, बामगठबन्धनबाट माओवादीका हिरानाथ खतिवडा, राप्रपा राष्ट्रवादीबाट यादवराज सिलवाल, राप्रपा प्रजातान्त्रिकबाट हरिप्रसाद रिजाल, नयाँ शक्ति पार्टीबाट भिमलाल तामाङ, विवेकशील साझा पार्टीबाट कमान तामाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट रवी अधिकारी र स्वतन्त्रबाट कृष्णबहादुर खड्का र रिता ओझाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी गराए ।