२६ जेठ २०८३, मंगलबार

लुम्बिनी विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

असार १८, २०८१
काठमाडौं
लुम्बिनी विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।

नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएका हुन् । 

विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताए । 

नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरूबीच साझेदारी आवश्यक रहेको उनको भनाइ थियो । 

'यस्ता साझेदारीले हाम्रो शैक्षिक प्रयासलाई अझ सुदृढ बनाउने छ भने लुम्बिनी प्रदेशमा राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान गर्ने अवसर प्राप्त हुनेछ,' उनले भने ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गरे । 

शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्