×

कांग्रेसमा मिलेन भागबन्डा

४ मन्त्रालयमा शेखरपक्षको अडान, सहमति नहुँदा टुंगिएन नाम

काठमाडाैं | असार ३०, २०८१

नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा सहभागिताका लागि आफ्नो समूहले ४ वटा मन्त्रालय पाउनु पर्ने अडान राखेको छ ।

४ मन्त्रालय पाउने विषयमा सहमति जुट्न नसकेपछि सो समूहले मन्त्रीकै नाम टुंगो लगाउन नसकेको हो ।


Advertisment

वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतबीच आइतबार दिउँसो भएको छलफलमा ४ मन्त्रालयमा अडान राख्ने सहमति भएको थियो ।


Advertisment

‘हाम्रो समूहले पाउने मन्त्रालयको टुंगो नलागेकाले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लाग्न सकेको छैन,’ कोइराला पक्षका एक नेताले लोकान्तरसँग भने, ‘४ वटा नाममा सहमति भयो भनेर बाहिर आएका समाचार सत्य होइनन्, हाम्रो समूहले ४ मन्त्रालय पाउनेबारे सहमति भइसकेको छैन ।’

Laxmi Bank

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले कोइराला समूहसँग २ जनाको नाम मागेका छन् । कोइराला समूहले भने ४ जनाको दाबी गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शपथ लिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले सरकारमा पठाउनेको नाम कांग्रेससँग मागिसकेका छन् । 

संस्थापन समूहबाट रमेश लेखक र डा. आरजु राणा देउवा सरकारमा सहभागी हुने सहमति भइसकेको छ । नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ ।

कांग्रेसले गृह, परराष्ट्र, उर्जा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास लगायतका मन्त्रालय लिने सहमति भएको छ ।

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x