२६ जेठ २०८३, मंगलबार
जनतामा आशा जगाउने अर्थमन्त्रीको प्रण

अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै विष्णु पौडेलले भने– नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँछ

असार ३१, २०८१
काठमाडौं
अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै विष्णु पौडेलले भने– नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँछ

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए । 

सोमवार अपरान्ह अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नागरिकमा आत्मविश्वास भर्नु सरकारको प्राथमिकता हुने बताएका हुन् ।

null 

‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने । 

मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने, संस्थागत अध्ययन गर्ने फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । विकास खर्च कम गर्ने र रोगलाई हटाउने उनले वाचा गरे ।

null

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या समाधानका निम्ति सहजीकरण गर्ने प्रतिबद्धता जनाए । सरकारका सोच र कार्यक्रम कार्यान्वयन गर्न समस्या महसुस भएमा बजेटलाई रिभ्यू गर्ने पनि उनले बताए ।

‘सरकारका सोच र कार्यक्रम कार्यान्वयन गर्न केही समस्या महसुस भयो भने बजेट बाधक बन्दैन । हामीले रिभ्यू पनि गर्न सक्छौं,’ उनले भने ।  

salt training

कमेन्ट गर्नुहोस्