२६ जेठ २०८३, मंगलबार

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साउन ४, २०८१
काठमाडौं
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ ।

बिहीबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ३० निर्धारण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्