×

प्रधानमन्त्रीको अनुरोध– पुस्तक पढ्ने बानी बसालौँ

काठमाडाैं | साउन ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक पढ्ने बानी बसाल्न सबैलाई अनुरोध गरेका छन् ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८०’ का लागि पाँच कृति छनोट गरेको विषयलाई लिएर उनले पुस्तक बढ्ने बानी बसाल्नु पर्नेमा जोड दिएका हुन् ।


Advertisment

प्रधानमन्त्री ओलीले युवाकालदेखि अहिलेसम्म आफ्ना धेरै बानीमा परिवर्तन आएको भए पनि पुस्तक पढ्ने बानी भने यथावत् रहेको बताएका छन् । 


Advertisment

नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले मदन पुरस्कार गुठीले सार्वजनिक गरेका पाँचमध्ये आफूले 'मुकाम रणमैदान' पढेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

Laxmi Bank

उनले श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई पनि दिएका छन् ।

‘युवाकालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन् । तर, पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत् छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘थोरै समय पाउँदा पनि पुस्तक पढ्छु । भर्खरै मदन पुरस्कार गुठीले २०८० सालको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । यसमध्ये मुकाम रणमैदान मैले पढेको छु, अरु पढ्न बाँकी छ । श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकहरूलाई बधाई ! पुस्तक पढ्ने बानी बसालौँ ।’

 मदन पुरस्कारका लागि प्राप्त ३०४ पुस्तकमध्ये ५ पुस्तक छानिएको गुठीले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

छानिएका ५ पुस्तकमध्ये एउटाले वर्ष–२०८० को मदन पुरस्कार जित्नेछ ।

पुरस्कारका निम्ति पहिलो चरणमा भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको 'नुन-तेल', भावेश भूमरी र प्रणिता चामलिङको 'भावलिपि', मोहन मैनालीको 'मुकाम रणमैदान' र रोशन थापा ‘नीरव’को 'सन्त्रासका साठी दिन' छनोट भएका हुन् ।

null


 

साउन ५, २०८१

पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्ड...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

असार २५, २०८१

'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x