×

सुशान्त परिवारमा वियोग

डेरामै बसेर सिंगो कमाइ छोरालाई पाइलट बनाउन लगानी, ४ वर्षमै टुट्यो ओमको सहारा

‘बाई भनेका साथी हाई भन्न नपाउँदै इन्द्रेणीझैँ बिलाए’

काठमाडाैं | साउन ९, २०८१

‘भावपूर्ण श्रद्धाञ्जली साथी सुशान्त कटुवाल ! ‘क्यान नट विलिभ यार’ जब एउटा डिपार्चर कक्षबाट ‘बाई’ भन्दै बिदाइमा हल्लिएका हात अर्को आगमन कक्षमा ‘हाई’ भन्न नपाउँदै आकाशको इन्द्रेणी बिलाएजसरी बिलाउँछन्, तब यस्तो लाग्छ– यति छोटो जिन्दगीका लागि हामीले देख्ने गरेका लामा–लामा सपनाहरू कतै ओभरडोज त होइनन् ?’ सौर्य एयरलायन्सको जहाज दुर्घटनामा बुधबार को–पाइलट सुशान्त कटुवालको निधन भएपछि उनका साथी अमित भण्डारीले सामाजिक सञ्जालमा लेखेको मर्मस्पर्शी स्टाटस हो यो । उक्त दुर्घटनामा कटुवालसहित १८ जनाले ज्यान गुमाए । 

Laxmi Bank

भण्डारीका उनै साथीले उडाएको सौर्य एयरको ९ एन एएमई जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै दुर्घटनामा पर्‍यो । संयोग– जहाज उडाउनेमध्ये क्याप्टेनको २३ मिनेटमा उद्धार भयो । तर, को–पाइलट कटुवाल इन्द्रेणीसरह बिलाए । 


Advertisment

२८ वर्षीय को–पाइलट कटुवालको पुर्ख्यौली थलो ओखलढुंगाको सुनकोशी गाउँपालिका– ७ हो । उनका बुवा ओमबहादुर कटुवाल अवकाश प्राप्त पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।


Advertisment

विराटनगरमा स्थायी बसोबास भएका कटुवाल केही वर्षअगाडि जागिर सकिएपछि भक्तपुरको राधेराधे क्षेत्रमा अस्थायी रूपमा बस्दै आएका थिए । 

कटुवाल परिवारलाई नजिकबाट चिन्ने एक आफन्तका अनुसार ओमले छोरा सुशान्तको पाइलट कोर्सको लागि आफ्नो कमाइ लगानी गरेका थिए ।

‘सरकारी कर्मचारी उहाँले छोराका लागि आफ्नो जीवनको सम्पूर्ण कमाइ खर्च गरेर पढ्न क्यानडा पठाउनुभयो । काठमाडौंमा भाडाको घरमा बसेर पनि छोरालाई पढाउनुभयो,’ ती आफन्तले लोकान्तरसँग भने, ‘चार वर्षअगाडि कोर्स सकेर आएपछि सिंगो परिवारजन, आफन्तजन र साथीभाइले गर्व गर्दै आएका थियौं  । तर, सपनाजस्तो एक शटमा सबै चकनाचुर भयो ।’ 

सुनकोशी मूलथलो भएका दोस्रो पाइलटका रूपमा सुशान्तको परिचय थियो । तर, बुधबार देशले एउटा पाइलट गुमाउँदा कटुवाल परिवारको भरोसा टुटेको छ । साथीसंगीले एक असल मित्र गुमाएका छन् । एक मात्र बहिनीले दाजु गुमाएकी छन् ।

पुर्ख्यौली थलो सुनकोशी– ८ का वडाध्यक्ष गुणराज भट्टराईले पनि दुःखद् दुर्घटनामा सुशान्तको मृत्युले सिंगो गाउँ शोकाकुल बनेको बताए । 

null

उनका एक आफन्तका अनुसार ओमबहादुर काठमाडौं होइन, विराटनगरमा रमाउन चाहन्थे । तर, परिवारका अरू सदस्य काठमाडौंमा बस्ने भएपछि उनी पनि यतै आउन बाध्य भए ।

ओमबहादुरका दाजुभाइ पनि नेपाल सरकारमा उच्च ओहदाका कर्मचारी हुन् । उनीहरू सबै काठमाडौंकेन्द्रित हुँदा सुशान्तका बुवाले भने विराटनगर पूरै छाडिसकेका छैनन् । 

‘क्यानडामा पढेर आएको चार वर्ष मात्रै भएको थियो । परिवारले पनि उनको सफलताका गौरवबोध गरेको थियो,’ उनका ती आफन्तले भने, ‘तर, सपनाजस्तो भयो । बुधबारको दिन कहालिलाग्दो बन्न पुग्यो ।’ 

सुशान्तको यो अकल्पनीय वियोगमा उनकी एक छिमेकी अविशा धितालले सामाजिक सञ्जालमा अर्को मर्मस्पर्शी टिप्पणी गरेकी छन् ।

‘सुशान्त दादा पाइलट मात्र हुनुहुन्थेन, उहाँ एक राम्रो सल्लाहकार, एक आत्मीय र  मायालु छोरा अनि र साँच्चै असल व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई चिन्ने सबैका लागि यो ठूलो चोट हो,’ धितालले लेखेकी छन् ।

मर्मतका लागि प्राविधिक र चालक दलसहित १९ जना सवार जहाज पोखराका लागि उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भयो ।

जमिनमा बजारिएपछि घिस्रिएको जहाजले शुरूमा एयर डाइनेस्टीको कन्टेनरलाई हान्यो ।

कन्टेनरमा जहाजको ककपिटको भाग ठोक्किएपछि तल झरेका क्याप्टेन मनिषरत्न शाक्यको जीवित नै उद्धार भयो ।

तत्काल सिनामंगलस्थित केएमसी लगिएका क्याप्टेन खतरामुक्त छन् । तर, को–पाइलटको सुशान्त भने परिवारलाई शोकमा छाडेर अस्ताएका छन् ।

जहाजको पछाडिको भाग अझै पर पुगेर आगो लागेपछि अरू कसैको पनि जीवित उद्धार सम्भव भएन । क्याप्टेनबाहेक सबैको निधन हुन पुग्यो । 

जहाज दुर्घटनाबारे लोकान्तरले लेखेका अन्य समाचारहरू : 

सातै बजे घरबाट निस्किएका थिए उद्धव, डेढ वर्षीया छोरीसहित परिवार छाडेर अस्ताए

जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

सौर्यको जहाज दुर्घटना : मृत्यु भएका १८ जनाको शव पहिचानको प्रक्रिया शुरू​

जहाज दुर्घटनाको टाइमलाइन - ११:११ मा उडान, २५ सेकेन्डमै दुर्घटना, ११:३४ मा उद्धार

क्याप्टेन शाक्यलाई आईसीयूमा सारियो, परिवारसँग गरे कुराकानी

इन्जिन पूरै परीक्षण र मर्मत गर्नुपर्ने अवस्थामा थियो सौर्यको जहाज

दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम

भक्कानिँदै शव लिन पुगे मृतकका आफन्त, रुवाबासीपछि शिक्षण अस्पतालमा सन्नाटा [तस्वीरहरू]

प्रत्यक्षदर्शीको बयान- भुइँ छाडेपछि जहाजले सन्तुलन गुमायो, अनि दाहिनेपट्टी बजारिँदै घिस्रियो

यसरी गरिएको थियो दुर्घटनाग्रस्त जहाजका पाइलट शाक्यलाई उद्धार

अमेरिका र अफ्रिकामा १५ वर्ष उडेर ७ वर्षअघि नेपाल भित्रिएको थियो सौर्यको जहाज

सौर्यको जहाज दुर्घटना अपडेट: मृतकमध्ये १७ जनाको नाम सार्वजनिक [सूचीसहित]

यस्तो छ दुर्घटनाग्रस्त विमानको अवस्था [फोटोफिचर]

साढे ६ वर्षपछि त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना

सौर्यको विमान दुर्घटना : मानिसहरू भित्रै, आगो निभाएर रेस्क्युको प्रयास जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

भिडियो हेर्नुहोस् :

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x