
काठमाडौं, ९ कात्तिक - नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चालू प्रक्रियालाई कहीकतैबाट अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराएको छ ।
विहिबार बसेको एमाले स्थायी समिति बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधि राज्यका कुनै पनि निकायले गर्न नमिल्ने निष्कर्ष निकाल्दै निर्वाचनको चालू प्रक्रियामा अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो ।
निर्वाचनको चालू प्रक्रियामा अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराउने निर्णय गर्नु परेको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।