×

वैरागी काइँलाद्वारा गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित

काठमाडाैं | साउन १२, २०८१

सुरभि साहित्य प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार गोपी मैनालीको कथासङ्ग्रह विशृङ्खलित सपनाहरू लोकार्पण गरिएको छ । शनिवार अनामनगरमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले उक्त कृति लोकार्पित गरेका हुन् । 

 कथासङ्ग्रह लोकार्पण गर्दै प्राज्ञ काइँलाले विशिष्ट निबन्धकार र समालोचकबाट स्तरीय कथा नेपाली वाङ्मयमा प्राप्त भएकोमा कथाकारलाई बधाई दिँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए । 


Advertisment

कृतिमाथि समालोचक प्रा डा लेखप्रसाद निरौलाले समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथावस्तुका आधारमा मैनालीका कथा निकै उच्च कोटीको भएको विचार व्यक्त गरे । उनले प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति भएको प्रतिक्रिया दिए । 


Advertisment

null

Laxmi Bank

 अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवेदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, वात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गरिन् । 

 कार्यक्रममा वरिष्ठ कथाकार विजय चालिसे र प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाज्वल्य कथा प्रतिभा पाएको उल्लेख गरे । 

null

 कलाकारका तर्फबाट नायक सरोज खनाल, साहित्य प्रतिष्ठानहरूका तर्फबाट सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, समस्त साहित्यिक पत्रकारका तर्फबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसी, कर्मचारीहरूका तर्फबाट पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा, परिवारका तर्फबाट लेखकका दाजु एवम् लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले शुभकामना दिएका थिए । 

कार्यक्रममा कथाकार गोपी मैनालीले समाजमा रहेका पात्रहरूलाई उठाएर आफ्नै समय, समाज र पात्रहरूको अनुभूति टिपेर कथा लेखेको उल्लेख गरे । 

 सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले अध्यक्षताको आसनबाट मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको उल्लेख गरे । 

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

साउन ५, २०८१

पोखरामा साहित्यिक जमघट गराउने थलो बनेको छ– हिमालयन रिडर्स कर्नर । स–साना साहित्यिक कार्यक्रम होस् वा एकैथलोमा गर्न मिल्ने साहित्यप्रेमीको चियागफ । यो सबै माहोलको सिर्जना गर्ने पात्र हुन् विजय भण्ड...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x