माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
पछिल्लो समय सत्ता र शक्तिको राजनीतिमा व्यस्त हुँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिकरूपमा भने अस्तव्यस्त बन्दै गएको छ ।
नीति महाधिवेशन भनेर समेत दाबी गरिएको महासमिति बैठक सकिएको ५ महिना बितेको छ । तर, महाधिवेशनपछिको सबैभन्दा ठूलो फोरमले के गरेको हो भन्नेमा समेत नेता/कार्यकर्ता अन्योलमा छन् ।
सबै पार्टी गतिविधि छाडेर कांग्रेसको सिंगो ध्यान सत्ताको खेलमै छ । केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल पार्टी नेतृत्व सरकार र स्थानीय तहको सबै मोर्चामा निष्प्रभावी बनेको बताउँछन् ।
‘महासमितिका एजेन्डा सार्वजनिक गर्न ५ महिना ढिला भइसक्यो । केन्द्रीय समितिले पास गर्ने वा फेल गर्ने के हो, अन्योल नै छ । हामीलाई त मिडियामा के भनेर बोल्ने पनि लाज लाग्ने स्थिति छ । हामी सदस्य नै निर्णयका विषयबारे बेखबर छौं,’ पोखरेलले लोकान्तरसँग भने, ‘क्रियाशील सदस्यताको अन्योल, विभाग गठनमा बेवास्ता, सरकार र स्थानीय तहसँग समन्वय अभावजस्ता थुप्रै समस्या छन् । सिनियरदेखि नवयुवासम्मको काम, उद्देश्य, ध्यान, मिसन र गतिविधि पार्टीभन्दा गुटको आकार बनाउनेतिरै छ, जसले पार्टीमा भद्रगोल बनाएको छ ।’
पार्टीलाई जीवन्त राख्न नियमित बैठक, संवाद, पार्टी गतिविधि नियमित हुनुपर्ने भए पनि ५ महिनासम्म सत्ता र शक्तिको वरिपरि मात्रै ध्यान केन्द्रित भएको उनी बताउँछन् ।
महासमितिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारप्रति प्रतिबद्धता जनाउँदै त्यसैलाई बलियो बनाएर जाने निर्णय गरेको थियो । यही निर्णयको वरिपरि रहेर महासमितिले औपचारिक निर्णय सार्वजनिक गर्ने भनिएको थियो । तर, यो निर्णय पारित गरेको १० दिन पनि नबित्दै कांग्रेस सत्ताबाट विमुख भयो ।
फागुन २१ मा एमाले र माओवादी मिलेर सरकारमा बनाए । कांग्रेस बाहिरियो । सत्ताबाट बाहिरिएछि कांग्रसले आन्तरिक संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकता दिने दाबी नेताहरूले गरेका थिए । तर, पार्टी गतिविधिभन्दा हठात् खोसिएको सत्तामा फर्किने विषयलाई नै नेतृत्वले प्राथमिकता दियो । यही मिसनमा लागेको कांग्रेसको नेतृत्वले महासमिति बैठकलाई मात्रै बेवास्ता गरेन, यसबीचमा महत्त्वपूर्ण विषयमासमेत केन्द्रीय समितिको बैठक राखेर छलफल चलाएन । बरु सत्तामा पाएको धोकाको बदला लिनेतर्फ लाग्यो ।
सत्तामा फर्किने कांग्रेस प्रयासले सार्थकता पाएको छ । असार १७ गते एमालेसँग मिलेर नयाँ समीकरण बदल्ने स्थितिमा कांग्रेस पुग्यो । यही अस्थिरताले महासमिति बैठकपछि कांग्रेसलाई पटक–पटक निर्णयबारे फरक–फरक व्याख्या गर्दै जानुपर्ने स्थिति आयो ।
नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमसमेत स्थगित गरेर कांग्रेसले सिंगो ध्यान सत्ता राजनीतिमा केन्द्रित गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पछिल्लो ५ महिनामा फरक–फरक राजनीतिक घटनाक्रमले पार्टी संगठनका काम नियमितजस्तो नदेखिएको बताए ।
‘हामी फागुनको महासमिति लगत्तैदेखि यसका निर्णयलाई परिमार्जनसहित सार्वजनिक गरेर पार्टी निर्माण अभियानमा होमिन चाहन्थ्यौं । तर, छिटोछिटो राजनीतिक घटनाक्रम देखिँदा केही अलमलजस्तो देखिएको हो । नयाँ सरकार बनेपछि एउटा बाटो समातेका छौं । अब पार्टी र सरकारलाई प्रभावकारी बनाएर लान्छौं ।’
पार्टीमा विभाग बन्ने क्रम जारी रहेको भन्दै उनले केही समयै यसले पूर्णता पाउने दाबी पनि गरे ।
‘केही विभाग र यसमा सदस्य थपिँदै आएका छन् । तर, पूर्ण भएका छैनन् । क्रियाशील सदस्यताको विषय पनि अघि जिल्ला–जिल्लामा अघि बढ्दैछन्,’ महत भन्छन्, ‘अब साउन २३ गते महासमिति बैठकका निर्णय परिमार्जनका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुन्छ । अब महासमितिको विषय अल्झेर बस्दैनन् ।’
पार्टी सरकारमा गए पनि शुरूआत नै राम्रो नभएको केन्द्रीय सदस्य पोखरेल बताउँछन् । पार्टीका संरचना भद्रगोल भइरहेका बेला कांग्रेस सरकारमा गए पनि शुरूआत सकारात्मक नभएको उनको टिप्पणी छ ।
‘एउटै सरकारमा भए पनि प्रधानमन्त्रीले आफ्ना पार्टीका सबै विभागबाट सयौं पेजको सुझाव बुझ्नुभयो । तर सकारमा हाम्रा पनि मन्त्री छन् । पार्टीले बोलाएर निर्देशन दिन तथा जनतासँग जोडिएर यसरी काम गर भन्न समेत सकेको छैन । मन्त्री चयनलगत्तै खादा र मालाको लस्कर देख्दा लाज लाग्छ,’ पोखरेलले भने ।
यस्तो हुनुको दोष पोखरेल पार्टीलाई मात्रै दिँदैनन् ।
‘सैद्धान्तिक आधारमा प्रस्ट, आर्थिक र परराष्ट्र नीतिको स्पष्ट खाका भएका अन्य पार्टी नभएर मात्रै कांग्रेसलाई हाइसञ्चो भएको हो,’ पोखरेल भन्छन्, ‘नामपार्टी पार्टी जस्तो भएन । नेताहरू छिट्टै महाधिवेशन गर्नुपर्छ भन्नुहुन्छ । तर, जिल्लामा क्रियाशील सदस्यताको अवस्थाबारे बोल्नुहुन्न । बोल्नुहुन्छ त मन्त्रीको भागबण्डा मिल्यो मिलेन भनेर । र, क्रियाशील सदस्यताको काम सचिवालयले केही गरेको छ । जिल्लामा सदस्यता, थपिएका छन् । तर पनि विभाग छन्, नेता कार्यकर्ता बेरोजगार छन् । पार्टी कसले कहाँबाट चलाएको छ भन्ने नै पत्तो छैन । कांग्रेस अफ्रिकातिर हुने पार्टीभन्दा पनि खत्तम हुन पुग्यो ।’
सत्ता र शक्तिको चक्करले पार्टी निरन्तर कमजोर बन्दै गएको उनी बताउँछन् ।
कांग्रेस प्रवक्ता महत मन्त्रीहरूलाई यसपटक राम्रो नतिजा देखाउन दबाब रहेको बताउँछन् ।
‘मन्त्रीहरूलाई काम गर्न सैद्धान्तिक रुपले भनिएको छ । सरकारले पनि कसरी काम गर्ने भनेर एउटा खाका बनाउला,’ महतले भने, ‘यसपटक एमाले र हामी सम्मिलित सरकारलाई प्रभावकारी काम गर्नुपर्ने दबाब छ । त्यसैले पार्टीले मन्त्रीको कामलाई नजिकबाट हेर्ने र निगरानी गर्ने काम यसपटक गर्छ ।’
आधा कार्यकाल सकिंँदा अस्तव्यस्त पार्टी
चार वर्षे नियमित कार्यकालमा नेतृत्वको आधा समय व्यतित भइसककेको छ । तर केन्द्रीय कोषाध्यक्ष नै नियुक्त भएका छैनन् । देशभर प्रशिक्षण चलाउने उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठान निष्प्रभावी छन् । जिल्ला–जिल्लामा प्रशिक्षण चलाएर धेरै नेता कार्यकर्तालाई चलायमान गराउन सक्ने स्थितिको पनि जिम्मेवार नेताले उपभोग नगरेको एक नेता बताउँछन् ।
‘काम गर्ने भनेर जिम्मेवार नेताहरूले पद ओगट्नु भएको छ । तर, जिम्मेवारी हुने उपसभापति र महामन्त्रीहरू के गर्दै हुनुहुन्छ नै पत्तो छैन,’ अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘विद्यार्थी राजनीतिबाट पदाधिकारीमा जानुभएको युवा नेताले नेविसंघ, तरुण दल र महिला संघलाई तदर्थवादबाट निकाल्न नसक्नु अर्को गम्भीर विडम्बना भएको छ ।’
महाधिवेशन गर्नुको साटो हरेकपटक टीका लगाएर नेतृत्व गर्न दिँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्तक्षेप गर्न नसकेको ती नेता बताउँछन् । ‘उहाँहरू महामन्त्री भएपछि पार्टीले एउटा गति लिन्छ भन्ने धेरैले सोचेका थिए । यसअघि शशांक कोइराला हुँदा र अहिले के फरक छ भनेर नेता कार्यकर्ताले बुझ्न पाएका छैनन्, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘आशा गरिएका नेताहरूबाटै निराशा छाएको छ । न उहाँहरूले प्रभावकारी काम गर्नुभयो न नेतृत्वलाई दबाब बढाउनुभयो ।’
केही समय अगाडि क्यालेन्डर निकालेरै नियमित २ महिनामा केन्द्रीय समिति बैठक बस्ने भनिए पनि त्यो क्रम तोडिएको छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...