२७ जेठ २०८३, बुधबार

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

साउन १३, २०८१
कालीकोट
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

पहिरोका कारणले अवरुद्ध भएको कर्णाली राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो । 

राजमार्ग प्रहरी र स्थानीयको पहलमा आज बिहान पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । 

    कर्णाली करिडोरअन्तर्गत कालिकोटका नरहरिनाथ गाउँपालिका–१ मोरा गाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सो सडक अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्