
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकाससम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।
सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यस्तो छ सम्भावित कार्यसूची
