२७ जेठ २०८३, बुधबार

चामल र दलहनको मूल्यवृद्धि, महँगियो भन्सा

साउन १४, २०८१
काठमाडौं
चामल र दलहनको मूल्यवृद्धि, महँगियो भन्सा

चामल र दलहनको भाउ बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपैयाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपैयाँसम्म महँगो भएको हो । 

भारत सरकारले चामल र दलहनलगायत खाद्य वस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुललगायत कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् । 

नेपाल खुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटालगायत सबैको वस्तुको भाउ महँगो भएको बताए । 

थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उनले हिजो बेचिरहेको वस्तुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताए । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्