
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ८० र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७०, आलु सेतोको ५२, काउली स्थानीयको ९०, टाटे सिमीको १२०, लौकाको ४०, प्याज हरियोको १८०, अनारको ३२० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 