×

पूर्वीय दर्शनले संस्कार र संस्कृतिमा खासै फरक छैन भन्ने मान्यता अघि सारेको छ । यी दुवैको उत्पत्ति एउटै धातुबाट हुन्छ र एउटै सूत्रले तिनको स्वरूप निर्धारण गर्छ । सम्उपसर्गपूर्वक कृधातुमा घञ् प्रत्यय भई ‘सम्परिभ्यां भूषणने’ पाणिनीय सूत्रबाट भूषण अर्थमा सुट् आगम हुँदा संस्कार शब्द बन्छ । 

Laxmi Bank

त्यस्तै सम्उपसर्गपूर्वक कृधातुमा क्तिन प्रत्यय भई सोही सूत्रबाट सुट् आगम हुँदा संस्कृति शब्द बन्छ । त्यसैले यी दुवै मूलतः एउटै हुन् । मात्र फरक भनेको संस्कार शास्त्रद्वारा निर्देशित हुन्छ भने संस्कृतिले लौकिक आचारलाई पनि समेटेको हुन्छ । यसलाई अझ गहिरिएर हेर्दा के देखिन्छ भने संस्कृतिलाई संस्कारको पूर्वरूप वा अमूर्तरूप भन्न सकिन्छ भने संस्कारलाई संस्कृतिको मूर्तरूप वा क्रियारूपमा लिन सकिन्छ । त्यसैले संस्कृतिलाई संस्कारको अव्यक्तरूप र संस्कारलाई संस्कृतिको व्यक्तरूप मान्न सकिन्छ । 


Advertisment

यद्यपि पश्चिमी विद्वानहरूले यसबारे निकै गहिराइमा पुगेर रौँचिरा विश्लेषण गरेका छन्, निकै ठेली तयार भइसकेका छन्, जहाँ कसैले केही भनेका छन् कसैले केही । केहीले यसलाई मानवद्वारा सिकिएको व्यवहार हो, जहाँ मानिसको व्यक्तित्व प्रदर्शित हुन्छ भन्दै लामो परिभाषा दिएका छन् । 


Advertisment

उनीहरूका अनुसार संस्कृति भनेको त्यस्तो व्यवस्था हो, जहाँ मानिसको दैनिक व्यवहारमा कला, साहित्य, धर्म, दर्शन, आनन्द, मनोरञ्जन आदिमा पाइने खानपान, रहनसहन, विचार र व्यवहारको ढङ्गमा मानिसको प्रकृति वा स्वभाव अभिव्यक्त भएको हुन्छ । त्यस्तै कसैले मानिसको आवश्यकतापूर्ति गर्ने साधन भनेका छन्  । कसैले मानव समूहको विचार एवं कार्य गर्ने तरिका तथा रीत भनेका छन् । 

अझ कसैले त कतिसम्म भनेका छन् भने संस्कृति भनेको त्यस्तो जटिल व्यवस्था हो, जहाँ मानिसको समस्त ज्ञान, धारणा, विश्वास, कला, नैतिक सिद्धान्त, प्रथा, विधिविधान,  प्राकृतिक व्यवहारको प्रतिमानको योग तथा अन्य सबै किसिमको योजना सम्मिलित रहेको हुन्छ, जसलाई व्यक्तिले समाजको सदस्य भएको नाताले प्राप्त गर्दछ भन्ने आशय व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसमा भौतिक, अभौतिक, पार्थिव, अपार्थिव, सांस्कृतिक सार्वभौम, (परमतत्व) सांस्कृतिक विशेषता, सांस्कृतिक विशिष्ठता, आचरण, हस्तान्तरणको विशेषता, परिवर्तनशीलता, आदर्शात्मक अर्थात् अमूर्त, सामाजिकताको गुण, भिन्नता, सङ्गठित, प्रतिमानजस्ता अनेक किसिमका विशेषता रहेका हुन्छन् । तथापि यथार्थ के हो भने उल्लिखित तमाम अवधारणा उक्त संस्कार र संस्कृतिको व्यक्त र अव्यक्तरूपभित्रै अनुभूत गर्न सकिन्छ । 

मानव समाजले सृष्टि प्रक्रियाको उषाकालदेखि हालसम्म अनेक संस्कृतिको विकास गरिसकेको छ । शायद तीमध्ये कतिपय इतिहासको गर्तमा विलीन भइसकेका हुन सक्छन् । कैयौँ नयाँ संस्कृतिको विकास भइसकेका पनि हुन सक्छन् । तथापि मानव संस्कृति भने अहिलेसम्म पनि एउटै छ र जस्ताकोतस्तै छ ।

मानिसको आहार, निद्रा, भय र मैथुन एउटै हुन्छ र उस्तै छ, जुन शुरूमा थियो । सबै एकै तरिकाले खान्छन्, एउटै तरिकाले त्याग्छन् । स्नायु प्रणाली, पाचन प्रणाली, प्रजनन प्रणाली, रक्तसञ्चार प्रणाली, स्वासप्रश्वास प्रणाली आदि सबै प्रणाली एउटै छ अनि शुरूमा जस्तो थियो त्यस्तै छ । 

हुन त जैविक र मनोविज्ञान प्रणाली संस्कृति होइन । किनभने संस्कृति चलायमान वा परिवर्तनशील हुन्छ तर, जैविक र मनोवैज्ञानिक प्रणाली एउटै हुन्छ भन्ने अभिमत पनि उत्तिकै जबर छ । तथापि यथार्थ के हो भने ती सब रूपमा हुन्, सारमा होइनन् । सारमा त यही हो कि ती सब मानिसद्वारा सिकिएको गुण नभए पनि प्रकृतिद्वारा सिकिएको वा प्रकृतिपदत्त संस्कृति वा गुण भने पक्कै हो, जुन सृष्टिप्रक्रियादेखि अहिलेसम्म जस्ताकोतस्तै छ तर, मानवीय संस्कृतिमा भने निकै परिवर्तन भइसकेको छ, जसलाई यहाँसम्म ल्याउन मानव समाजले लामो यात्रा पार गरिसकेको छ ।

लामो कालखण्डको उकालीओराली पार गरेर नै मानवीय संस्कृति अहिलेको अवस्थामा आइपुगेको हो । अनि अहिलेको सर्वाधिक चासो, चिन्ता र समस्या भनेको पनि यही हो । 

मानव समाजले लामो यात्रा पार गरेर मानवीय संस्कृतिलाई अहिलेको अवस्थासम्म ल्याउने काम त गर्‍यो तर, हाल आएर विस्तारै विचलन देखिन थालेको छ । यद्यपि समाजले यसलाई बचाउने प्रयास नगरेको होइन । यसै निम्ति विभिन्न सङ्घसंस्था खुलेका छन्, सङ्गठनहरू विकास भएका छन्, सरकाहरू छन्, सरकारी निकायहरू छन्, अड्डा छ, अदालत छ, प्रहरी प्रशासन छ, त्यतिले मात्र नपुगेर विश्वसंस्थाहरू नै खडा भइसकेका छन् । तैपनि मानवीय संस्कृति भने प्रतिदिन कमजोर हुँदै गइरहेको छ । उदाहरणका लागि संयुक्त परिवारको संस्कृति नै काफी छ ।  

पहिले यही समाजमा संयुक्त परिवारको संस्कृति थियो तर, अहिले संसारभरिकै प्राय सन्तान बाबुआमाबाट र आमाबाबु सन्तानबाट अलग बस्न रुचाउने गर्छन् । यसमा होलान् केही बाध्यता पनि तर, स्वेच्छाले अलग हुनेको समूह ठूलो छ । उमेर पुग्नेबित्तिकै सबै छुट्टिन्छन्, छुट्टिन चाहन्छन् । हुँँदाहुँदै अब त पतिपत्नीसमेत छुट्टिन थालेका छन्, छोडपत्र गर्नेहरू बढ्दै छन् । 

वृद्धाश्रमको संस्कृति मौलाउँदै छ । बाल हेरचाहर केन्द्र वा बाल अश्रमको संस्कृति विकास हुँदै छ । पहिले मानिसले गुफा तथा ओडार संस्कृतिको विकास गरेका थिए । बिस्तारै त्यसले धानेन र घरद्वार संस्कृतिको  अवधारणा आयो । त्यस्तै पहिले नाङ्गो संस्कृतिको समय थियो । त्यसले पनि धानेन र विस्तारै कपडा संस्कृतिको युग आयो । कपास खेती हुन थाले, कपडा बुन्न र सिलाउन थालियो । त्यसैगरी पहिले आगो थिएन काच्चै खान्थे, आगो विकास भयो पोलेर खान थाले । भाँडाबर्तन आए पकाएर खान थालियो तर अहिले आएर समाज पुनः पुरानै संस्कृतितिर फर्कन थालेको छ । नाङ्गिन सक्दा वा पाउँदा गर्व गर्ने पनि छन्, काँचै खान र पोलेर खाँदा सभ्य ठान्ने पनि छन् । छन् मात्र होइन बढ्दै गएका छन् । 

थाहा छैन यस्तो किन भयो वा मानिस किन पुरानै संसारमा फर्कन खोज्दै छन् तर, के चाहिँ हो भने प्रतिदिन बढ्दै गएको सांस्कृतिक विचलनलाई रोक्न सकिएन भने मानिस पुनः गुफा र ओडारकै संस्कृतितिर फर्कने समय त्यति टाँढा छ जस्तो लाग्दैन । अस्तु अहिलेलाई यति नै ।

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x