माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भनिन्छ– बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । यो भनाइलाई चरितार्थ गर्दै मोफसलमा एउटा व्यक्ति निरन्तर बोलिरहेको छ । आवाज दिइरहेको छ । हजारौँ दर्शकमाझ आवाज पुर्याइएको छ । कन्सर्ट, इभेन्ट म्यानेजमेन्टदेखि विभिन्न सांस्कृतिक कार्यक्रमसम्म होस्ट (प्रस्तोता)को रूपमा बुटवलका सुमन श्रेष्ठ छाइरहेका छन् । वास्तविक नाम सुमनरश्मि श्रेष्ठ रहेका सुमनलाई गाउँदेखि शहरसम्म कार्यक्रम होस्ट गर्ने निम्तो आउने गरेको छ । यसको कारण छ– सुमनसँग दर्शक–स्रोतालाई कार्यक्रममा टिकाउन सक्ने ओझिलो आवाज छ । साथै उनीसँग शब्द प्रस्फुटन गर्न सक्ने कला छ ।
सुमन दुई दशकदेखि अनवरत रूपमा सञ्चारकर्मसँगै ‘स्टेज प्रोग्राम’मा रमाएका छन् । युवा प्रस्तोता सुमन स्टेज प्रोग्राममा मज्जैले जमेका छन् । उनले ‘मोफसलका स्टेज किङ’को उपमासम्म पाएका छन् । ‘प्रोग्राम होस्ट’को आडमा चल्ने कार्यक्रममा दर्शक र आयोजकलाई उत्साहित बनाउने गज्जबको खुबी उनीसँग रहेको बुटवल क्षेत्रमा चर्चा हुने गर्छ । जब सुमन कार्यक्रमको माहोल हेरेर आफ्नो ‘बोल्ड’ आवाजका साथ स्टेज चढ्छन् युवाहरू उत्साहित हुने गर्छन् । एकाएक कार्यक्रमको महोल थप तात्ने गर्छ । त्यो त उनका हरेक कार्यक्रममा नयाँ शैली र फरकपन पाइने गरेको छ ।
कार्यक्रम सञ्चालन गर्नेले भाषिक शुद्धता, शब्द, साहित्यको ज्ञान, स्पष्ट बोली, आत्मविश्वास र निडरता हुनुपर्छ । सुमनको प्रस्तुति हेर्दा यी सबै गुण उनमा भएको भान हुन्छ । मोफसलमा उनी चर्चित भइसकेका छन् । तर उनलाई चर्चितभन्दा पनि सबैको प्यारो बन्न मन लाग्छ । ‘मलाई चर्चित भन्दा पनि सबैको प्रिय बन्नु छ । चर्चा क्षणिक हुन्छ भने लोकप्रियता अमर रहन्छ,’ दार्शनिक शैलीमा उनले भने ।
झट्ट हेर्दा सुमन सिनेमाको नायकजस्ता देखिन्छन् । मञ्चमा आफू बोल्न थालेपछि दर्शकको ‘हुटिङ’ र तालीको वर्षा गराउन माहिर छन् उनी । रेडियो कार्यक्रमले पाएको लोकप्रियतापछि पाएको स्रोताको मायाकै कारण आफूले स्टेजतर्फ आफ्ना पाइला फैलाउन सफल भएको सुमन बताउँछन् । उनले अहिले यही क्षेत्रलाई आम्दानीको स्रोत बनाएका छन् । ‘देशका धेरैजसो जिल्लामा हजारौं स्टेज कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छु,’ उनी भन्छन्, ‘यो अवधिमा मैले कतै तीता त कतै मिठा अनूभूतिहरू संगालेको छु । मैले अहिलेसम्म सञ्चार र यही स्टेजलाई आफ्नो आम्दानीको स्रोत बनाएको छु ।’
छोटो समयमा बाहिरी मानिसहरूसँग परिचित हुने तथा व्यक्तित्वलाई उजागर गर्ने उपयुक्त माध्यम कार्यक्रम प्रस्तोतालाई मानिन्छ । ‘एउटा प्रस्तोताले सम्बन्धित विषयवस्तुमा अध्ययन र गल्ती भए तत्कालै सुधार गर्न सक्ने तयारी गर्न सक्नुपछर्,’ सुमन भन्छन्, ‘यसलाई कार्यक्रम सञ्चालन प्रकियासँग जोड्नुपर्छ ।’
रेडियोमा आरजे र स्टेज कार्यक्रम होस्टसँगै सुमन पछिल्लो समय जिंगल भ्वाइस ओभर आर्टिस्टको रुपमा पनि स्थापित भइरहेका छन् । पब्लिक स्पिकिङ तालिम, ब्रान्ड प्रोमोसनदेखि इभेन्ट म्यानेजमेन्टसम्मको खोजीमा उनी पर्ने गरेका छन् । उनले विज्ञापनको बायोग्राफीदेखि लिएर जिंगल पनि बनाउने गरेका छन् । खाली रुपन्देहीमा मात्र नभएर देशका विभिन्न ठाउँमा आजकल उनको आवाज खोजिने गरेको छ । अहिलेसम्म आफूले हजारौं कार्यक्रम उद्घोषण र विभिन्न बायोग्राफीका ‘जिंगल’मा आवाज भरेको सुमनले बताए । उनले दैनिक १०–१५ वटा त जिंगल मात्र बनाउँछन् । सुमन सामाजिक सेवाका लागि आवश्यक परेरमा जिंगलमा निःशुल्क भ्याइस ओभर पनि गर्ने गर्छन् । यसले आफूलाई सन्तुष्टि मिल्ने उनी बताउँछन् ।
रुपन्देहीमा हुने चुनावमा फलानो नेतालाई जिताउँदेखि मेला महोत्सवको प्रचार गर्नेसम्ममा सुमनले आवाज भर्ने गरेका छन् । रुपन्देहीमा बन्ने ९० प्रतिशत जिंगल आफूमार्फत् नै बन्ने गरेको उनी दाबी गर्छन् ।
बुटवलमै जन्मिएका सुमनले बुटवल माविबाट विद्यालय तहको पढाइ पूरा गरे । त्यसपछि उनी सिद्धार्थ गौतमबुद्ध क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भए । स्वास्थ्य क्षेत्रमा लाग्ने हेतुले उनले सीएमए अध्ययन पनि पूरा गरे । तर, उनको मन सञ्चार क्षेत्रतर्फ मोडियो । ‘पोखरा घुम्न जाँदा मैले एउटा रेडियोमा मोर्डन टाइपको कार्यक्रम सुनँे । त्यो कार्यक्रम सुनेपछि म मिडियामा लाग्न इन्स्पायर भए,’ उनी भन्छन्, ‘२०६० देखि बुटवलको तिनाउ एफएममा कार्यक्रम सञ्चालन गरेर मिडियामा क्षेत्रमा लागेँ । मसँगै मिडियामा लागेका धेरै साथी अहिले फरक–फरक विधा र क्षेत्रमा गए । म भने निरन्तर यही क्षेत्रमा काम गरिरहेको छु ।’
सुमनले रेडियोमा सञ्चालन गरेको नेपाली पपगीतको काउन डाउन कार्यक्रम एकदमै हिट भयो । त्यसपछि जताततै उनको खोजी हुन थाल्यो । उनलाई चितवनको चर्चित मानिने कालिका एफएमले बोलायो । त्यहाँ उनले सातामा १७ वटासम्म कार्यक्रम चलाए । ती सबै स्रोतामाझ लोकप्रिय बने । हुन पनि त्यो बेला रेडियोको क्रेज बढ्दो थियो । फेरि आफ्नै ठाउँ बुटवल फर्किएर सुमनले रेडियो नमस्तेमा कार्यक्रम प्रोडक्सनको नेतृत्व गरे । रेडियो नमस्तेमा मर्निङ मूड र रिपोर्टर्स डायरी कार्यक्रम चलाए । ती कार्यक्रममा उनले नयाँ–नयाँ जानकारी, विज्ञान प्रविधि, रोचक प्रशंग लगायतको जानकारी दिन्थे । यसले गर्दा यी कार्यक्रम चर्चामा आए । ‘ती कार्यक्रम मन पराएर रेडियामा भेट्न आउने पनि उत्तिकै भएको सुमन स्मरण गर्छन् ।
नेपाल चलचित्र पत्रकार संघ, रुपन्देहीको संस्थापक अध्यक्षसमेत रहेका सुमन अहिले बुटवलकै खस्यौली एफएमको स्टेसन म्यानेजर छन् । खस्यौलीबाट उनले अहिले सञ्चालन गर्ने मर्निङ मूड कार्यक्रम अहिले पनि चारवटा रेडियोबाट दैनिक लाइभ प्रसारण हुन्छ । कुनैबेला देश नै रेडियोमय थियो । अहिले त्यस्तो नदेखिए पनि बिहानको समयमा रेडियो सुन्ने र निजी सवारीसाधनमा रेडियो सुन्ने स्रोता बढ्दो रहेको सुमनको बुझाइ छ । रेडियोकर्मीले पनि अब आफूलाई समयानूकूल ‘अपग्रेड’ गर्दै जानुपर्ने उनको सुझाव छ । ‘कुनै पनि क्षेत्रमा निरन्तर लागेपछि सफलता पाइन्छ । निरन्तरताले नै मानिसमा निखार ल्याउँछ । निखारता नै सबैको खोजीमा पर्छ,’ उनी भन्छन् ।
रेडियो कार्यक्रम सफल बनाउन प्राविधिक र स्टेज कार्यक्रम राम्रो बनाउन साउण्ड सिस्टमसँग ट्युनिङ मिल्नुपर्ने सुमनको अनुभवले बताउँछ । रेडियो प्रविधिमा मिठु खान, स्व सुवर्णमान शाक्य, वीरेन्द्र शाक्य, रोहित ढकाल सुमनले सधै सम्झिरहने नाममा पर्छन् । त्यस्तै रमेश पाण्डे, चिरन बराल, गणेश राना, गणेशदेव पाण्ड, शोभा क्षेत्री, हेमन्त गिरी, मदन खनाल, टीपी भुसाल, सुदन ज्ञवाली, दीपक भण्डारीदेखि मिलन गाहासम्म उनीसँगै रेडियोमा गुन्जिने आवाजहरू हुन् । तर, अहिले उनीहरूमध्ये कतिपय रेडियो छोडेर विभिन्न क्षेत्रमा छरिएका छन् । तर सुमनले आफ्नो आवाजलाई रोकेका छैनन् ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...