×

पुरानो घर, नयाँ सोच

सिभिल इन्जिनियरको 'माई ओल्ड हाउस’ क्याफे

बुटवल | साउन १९, २०८१

वल्लोबाट पल्लो कोठा, घरी आँगन । ‘माई ओल्ड हाउस’ क्याफे पुग्दा किशोर सुवेदी कोठा र आँगनमा यसरी नै ओहोरदोहोर गरिरहेका भेटिन्छन् । उमेरले रंग फेरिसकेका किशोरको यो ओहोरदोहोर बालापनको चकचक भने होइन । न त चञ्चल उमेरको छटपटी नै । किनकि नाम किशोर भए पनि उनी उमेरले २८ वर्षका युवा भइसकेका छन् । तर, यसरी ओहोरदोहोर गर्दा किशोरलाई आफ्नो बालापनको हठ र प्रेमिल पल भने आँखाअगाडि सधैँ छाइरहन्छ । पोखरास्थित लेकसाइड जाने बाटोमा पर्ने बुलौदी ओरालो छेउको दृश्य यो यो । जहाँ ‘माई ओल्ड हाउस’ क्याफे छ । ४५ वर्षअघि बनेको यो घर चियाकफीको स्वाद र पुरानो संरचनाका लागि परिचित छ । 

वि. सं २०३६ सालमा बनेको यो घरलाई पेसाले सिभिल इन्जिनियर रहेका किशोरले धेरथोर ‘रिनोभेसन’ गरेर क्याफे सञ्चालन गरेका हुन् । सिभिल इन्जिनियरिङको पढाइ सकेर उनी जागिरे भएका थिए । ‘क्लासिक’ रोजाइ भएका किशोरलाई आर्किटेकले तानिरहन्थ्यो ।  इन्जिनियरिङबाहेक पनि उनलाई थप केही गर्ने मन थियो । योबाहेक घरको व्यावहारिक जिम्मेवारी अर्को कारण थियो । बुवा–आमालाई कामबाट अवकास दिने निर्णय गर्दै किशोरले घरको जिम्मेवारीलाई आफ्नो काँधमा सार्ने निधो गरे । यसमा उनका दाइले पनि साथ दिए । 


Advertisment

‘बुवा–ममीले पृथ्वीचोकमा भाँडा पसल चलाउनु भएको थियो । उहाँहरूलाई अब कामबाट रिटायर्ड गर्नुपर्छ भन्ने दाइ र मेरो सल्लाह भयो,’ किशोरले भने ।  


Advertisment

‘गर्न त गर्ने तर के गर्ने ? कहाँ गर्ने ? फरक कसरी हुने ?’– यही सोचेर किशोर घोत्लिन थाले । यही सोचपछि उनलाई आफूले बालापन बिताएको पुरानो घर याद आयो । जो साढे चार दशकअघि बनेको थियो । त्यसैमा क्याफे सञ्चालन गर्ने किशोरले ‘आइडिया’ फुराए । अनि परिवारसँग सल्लाह गरे । परिवारले पुरानो संरचना भत्काएर नयाँ बनाउन सुझाए । परम्परागत बस्तु रुचाउने किशोरलाई पुरानो घरको महत्व थाहा थियो । त्यसैले यथावत संरचनामै लगानी गरे । 

Laxmi Bank

null

‘त्यो घर ४५ वर्ष पुरानो भइसकेको थियो । यसैले इतिहास मेट्नुहुन्न भन्ने मलाई लाग्यो । त्यसपछि पुरानै घरको कन्सेप्टमा अगाडि बढ्ने निर्णय भएको हो,’ शुरूवाती दिनबारे उनले सुनाए । 

पुरानो घरमा क्याफे शुरूवात गर्ने निर्णय त भयो । तर सिभिल इन्जिनियरिङबाहेक केही नजानेका किशोरलाई एउटै प्रश्नले लपेट्यो– गर्ने कसरी ? नयाँ कामको शुरूवात गर्न प्रेरित गर्ने उनका दाइ पनि विदेशमा थिए । तैपनि दाइले विदेशबाटै भाइलाई सल्लाह दिइरहे । सोहीबमोजिम किशोरले कफी बनाउन बारिस्टाको तालिम लिए । यसपछि उनी बिस्तारै कफी बनाउन पोख्त हुँदै गए । अनि क्याफे सञ्चालनमा ल्याए । करिब ४० लाख रुपैयाँ खर्च भयो । 

अब त एकवर्ष हुन लाग्यो किशोरले क्याफे सञ्चालन गरेको पनि । योसँगै उनले आफ्नो इन्जिनियरिङ पेशालाई पनि निरन्तरता दिइरहेका छन् । क्याफे सञ्चालन गरेकै घरमा सानो कोठामा अफिस राखेर काम गर्छन् । मिलाएर फिल्ड भिजिटमा पनि समय दिइरहेकै हुन्छन् । 

दुवै पेशालाई निरन्तरता दिइरहेका किशोरलाई परिवार राम्रो साथ छ । यसैले आफूले धेरै कठिनाइ भोग्नु नपरेको उनी बताउँछन् । तर, सरकारकोतर्फबाट पाउनुपर्ने सामान्य आधारभूत सुविधा नपाउँदा समस्या भोगिरहेको उनी बताउँछन् । फोहोर व्यवस्थापन, बिजुली गइरहने र पानी नआउने समस्याले आफ्नो व्यवसायमा धेरैथोरै नोक्सानी पुगिरहेको उनको गुनासो छ । ‘यसबाहेक जनशक्ति खोज्न पनि समस्या छ,’ उनले भने, ‘कारण– आजकल अधिकांश युवा बारिस्टा तालिम लिएर विदेश जाने गरेका छन् ।’ 

null

किशोरसहित उनको परिवार अहिले सिर्जना चौकमा बस्छ । तर उनको १० वर्षसम्मको बालापन भने ‘माई ओल्ड हाउस’ क्याफे रहेको पुरानो घरमा बितेको थियो । जहाँ उनले १९ वर्षपछि फर्किएर नयाँ कामको शुरूवात गरेका हुन् । यो शुरूवातले अभिभावकमा आर्थिक बोझ कम हुनुका साथै अन्य सन्तुष्टि पनि मिलेको उनी बताउँछन् ।  

यो शुरूवातलाई नाफा–घाटामा नतौलिएको किशोर बताउँछन् । नयाँ काम केही गर्न सकेकोमा उनले हौसला पाएका छन् । यसैमा उनी सन्तुष्ट छन् ।
‘अहिलेसम्मको स्थितिलाई ठीकै भन्नुपर्छ । क्याफे घाटामा पनि छैन र नाफामा पनि छैन । कर्म गर्ने फलको आशा नगर्ने भन्ने छ । बिस्तारै पाइला टेक्दै छु । यसैमा सन्तुष्ट छु,’ उनले थपे ।  
 
घरको कथा

किशोरका अनुसार उनले क्याफे सञ्चालन गरिरहेको घर ‘गंगाधर गुरु’ले बनाएका थिए । घरलाई २०४८ सालमा किशोरको परिवारले किनेको थियो । त्यो समयमा उक्त घर सात लाख रुपैयाँका किनेका थिए । यसपछि उनीहरू कास्कीकोटबाट व्यापार गर्न पोखरा आए । 

अहिले पुरानो कहलिएको सो घर त्यो बेला नयाँ नै थियो । त्यस समय पिल्लर र प्लास्टर गरेर घर बन्दैन थियो । पिल्लर र प्लास्टरसहित बनेकामध्ये औँलामा गनिनमा किशोरको घर पथ्र्यो । 

‘यो घरको रमाइलो पक्ष यो छ कि– त्यतिबेलाको पुस्ताले अझैपनि यसलाई नयाँ घर भन्छन् । किनकि त्यो समयमा ढलान गरेर बनेका घर थोरै रहेछन् । त्यसमा यो पनि पर्ने रहेछ,’ उनले सुनाए । 

null

इन्जिनियरको नजरबाट क्याफे चलाइरहेको घर हेर्दा किशोरलाई लाग्छ– यसको शैली न नयाँ छ न पुरानो । नजिकका आफ्नो मान्छे आउँदा उनी आफू जन्मिएको कोठा देखाउँछन् । घरमा आठवटा कोठा छन् । सबैको नामकरण भएको छ । कास्कीका आठवटा तालको नाम दिएर कोठाहरूलाई चिनाइएको छ । 

क्याफेको कुना साइडको कोठालाई किशोरले इन्जिनियरिङ काम गर्ने अफिस बनाएका छन् । पहिला त्यो कोठामा भान्सा थियो । ‘शुरूवातीमा मलाई अफिस आफू जन्मिएको कोठामा नै राख्न मन थियो । केही कारणले भान्सा कोठामा राखेँ,’ उनले भने । 

क्याफेको पछाडिको भागमा गोठ थियो पहिला । अहिले त्यसैलाई मिलाएर चिया पिउन बस्न मिल्ने ठाउँ बनेको छ । क्याफे पछाडिको फराकिलो आँगन देख्दा किशोर दाइसँग बारीमा आलु गोडेको सम्झिछन् ।  

हुर्केको आँगन छोडेर नयाँ घरमा सरेपनि किशोरको परिवारमा बेलाबेला अहिले क्याफे भएको पुरानै घरको कुरा भइरहन्थ्यो । सो बाटो हिँड्नुपर्ने काम परेको बेला ‘पुरानो घर’ पुगेर आएको भन्थे उनको परिवारका सदस्य । यसै शब्द ट्याप्प टिपी अंग्रेजीमा अनुवाद गरेर किशोरले क्याफेको नाम ‘माई हाउस हाउस’ राखेका हुन् ।

null

पुरानो घरलाई रिनोभेसन गर्नका लागि थ्रीडी डिजाइन पनि किशोर आफैँ तीन महिना खटिएका थिए । ‘पुरानो संरचनामा इन्टेरिअर डिजाइनलाई समेत ध्यान दिएर बनाइएको क्याफेले ‘क्लासिक झल्को’ दिएको उनी बताउँछन् । ‘क्याफेले नेपाली स्वाद दिन खोजिरहेको छ । जसलाई थप परिष्कृत गर्दै लैजाने सोचमा छु,’ उनले कुरा टुंग्याए ।

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x