×

संघर्ष र सफलताको कथा

घरबाट एक हजार लिएर हिँडेका नवराजको यात्रा : वेटरबाट होटेल मालिकसम्म

विराटनगर | साउन १९, २०८१

विराटनगरका नवराज विष्टको संघर्ष र सफलता प्रेरणादायी छ । कुनैबेला बुवासँग एक हजार रुपैयाँ मागेर घरबाट पढ्न भनेर विराटनगर आएका उनी अहिले होटेलको मालिक छन् । तर, मालिकसम्म बन्न उनले गरेको संघर्ष भने कम छैन । खर्च अभाव भएपछि कुनै बेला उनले होटेलमा वेटरको कामसमेत गरे । 

Laxmi Bank

नवराजले वि. सं २०६१ सालमा एसएलसी दिएका थिए । एसएलसी पास गरेपछि उनी आफ्नो भविष्य खोज्दै काठमाडौं गएका थिए । तीन महिना जति काठमाडौं बसे । काठमाडौंमै बसेर पढ्ने उनको सपना थियो । 


Advertisment

गाउँमा उच्च शिक्षाका लागि राम्रा कलेजहरू नभएपछि उनले काठमाडौंमै पढ्ने योजना बनाए । आर्थिक अवस्था ज्यादै न्यून भएकाले तीन महिनामै काठमाडौंमा पढ्न सकिँदैन भन्ने निष्कर्ष उनले निकाले । अनि काठमाडौं छोडेर विराटनगर आए ।


Advertisment

नवराजको जन्म भने खोटाङको तत्कालीन याम्ख गाविस हाल (दिप्रुङ चुइचुम्मा गाउँपालिका)को डाँडा गाउँमा भएको थियो ।  बाँदरको हैरानी तथा खान/लाउन नै समस्या भएपछि उनको परिवार विसं २०५७ सालमा सप्तरीको फत्तेपुर नगरपालिकामा बसाइँ आएका थिए । हाल उनीहरूको सप्तकोशी नगरपालिकामा पनि जग्गाजमिन छ । 

अलि–अलि जग्गाजमिन भए पनि नवराजका बुवा खड्गबहादुर विष्टसँग छोरालाई दिन पर्याप्त पैसा थिएन । त्यही कारण नवराजले बुवाबाट जम्मा एक हजार रुपैयाँ पाए । त्यही लिएर उनी विराटनगर आएका थिए । विराटनगर आउँदा आफूले एक हजारका अलावा खाना पकाउने भाँडा बोकेर आएको उनी सम्झिन्छन् । एउटै भाँडोमा दाल, भात र तरकारी पकाएर उनले डेढ महिना काम चलाए । 

अनि नवराज विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्न थाले । त्यो पैसा र सामग्रीले धेरै धान्ने कुरा भएन । यसपछि उनले साथीभाइसँग अइँचोपैँचो गरेर ६ महिना जति धाने । ‘एक जना दिदीसँग सरसल्लाह गरेर उहाँकै घरमा बस्ने योजना बनाएर आएको थिएँ,’ उनले भने ‘दिदीको आर्थिक अवस्था पनि मैले सोचेजस्तो थिएन । यस्तोमा मलाई पहिलो गाँसमै ढुङ्गा लागिहाल्यो । अनि साथीभाइसँग सरसापटी गर्नुपरेको हो ।’ करिब ६ महिनापछाडि नवराजले विराटनगरकै रत्ना होटेलमा काम पाए । होटेलमा वेटरको रूपमा उनले काम थाले । 

गाउँमा जन्मेका नवराजलाई वेटरको काम भने बिल्कुलै नयाँ थियो । तैपनि उनले त्यहाँ मासिक दुई हजार ५०० तलब पाउन थाले । घरबाट हजार रुपैयाँ लिएर हिँडेकाले उनलाई २५ सय ठुलो लागेको थियो । एक हजारले विराटनगरमा त्यति बेला एक महिना खर्च टथ्र्याे । यसरी हेर्दा २५ सय त धेरै थियो । 

नवराज बिहान कलेज पढ्थे भने दिउँसो होटेलमा काम गर्थे । निरन्तर दुई वर्ष त्यही होटेलमा काम गरे । त्यसपछि त्यहाँ छोडर उनले एउटा गार्मेन्ट उद्योगमा मार्केटिङको काम पनि शुरू गरे । सिकारुको रूपमा होटेलमा प्रवेश गरेका नवराजलाई मार्केटिङको काम पनि नयाँ थियो । ६ महिनाजति ब्याग उद्योगमा काम गरेपछि रत्ना होटेलेले फेरि उनलाई बालायो । तलब झण्डै डबल बनाइदिने भनेपछि उनी फेरि रत्नामै गएका थिए । 

तलब बढेर चार हजार ५०० पुगेको थियो । उनले त्यहाँ २०६७ सम्म काम गरे । कक्षा ११–१२ उनले काम गर्दै उतीर्ण गरेका हुन् । स्नातक (ब्याचलर) पनि उनले होटेलमै काम गर्दै पढ्न शुरू गरे । २०६७ सालमा उनलाई अर्काे अवसर आइलाग्यो । धनकुटाको हिलेको कान्जिरोवा होटेलको म्यानेजमेन्ट गर्ने अफर आयो । पदसँगै तलब पनि तीन गुणा बढ्नेगरी अफर आएको थियो । त्यो अफरलाई रत्ना होटेलकै सुपरभाइजरसहितको म्यानेजमेन्ट टीमले सहज बनाइदिए । अनि उनी म्यानेजर बने । 

तलब बढेसँगै जिम्मेवारी पनि थपिएकाले शुरूमा आफूले ‘प्रेसर’ लिएर काम गर्नुपरेको नवराजले बताए । ‘जिम्मेवारी लिएर काम गर्नुपरेपछि एक महिना भने निक्कै गाह्रो भएको थियो,’ उनले भने, ‘नयाँ काम भएकाले ठूलो मेहनत गर्नु परेको थियो । दोस्रो महिनादेखि कामले रफ्तार लिन थाल्यो । अनि केही सहज महसुस गरेँ ।’ उनले साढे तीन वर्ष त्यही होटेलमा काम गरे  । त्यो बेला उनको तलब १५ हजार थियो । 

नवराजले २०६९ मा विराटनगरमा आफ्नै गार्मेन्ट उद्योग खोल । हिलेमै होटेलमा काम गर्दैगर्दा नै उनले झोला बनाउने गार्मेन्ट उद्योगमा लगानी गरेका हुन् । केही गर्नुपर्छ भन्ने जोश–जाँगरले दुई लाखजति लगानी गरेर झोला बनाउने गार्मेन्ट उद्योग खोलेको उनले बताए । त्यो उद्योग उनले २०७३ सम्म सञ्चालन गरे । तर, उनले सोचेजस्तो व्यापार भने गर्न सकेनन् । २०७० को अन्तिमतिर उनले हिलेबाट विराटनगर नै आएर आफ्नो उद्योगलाई समय दिएका थिए ।  

गार्मेन्ट खोले पनि नवराजको रस भने होटेल व्यवसायमै पसिसकेको थियो । त्यो बेला उनले गार्मेन्ट सँगसँगै विराटनगरकै होटेल प्यासेफिकको पनि म्यानेजमेन्ट हेर्न थालेका थिए । होटेल प्यासेफिककै सर्कल भन्ने अर्काे पनि रेस्टुरेन्ट थियो । त्यो रेस्टुरेन्टसहित गरेर उनलाई दुई हजार ८०० तलब दिइन्थ्यो । तर, उनले अझै दुई हजार तलब बढाइदिन मालिकसँग आग्रह गरेका थिए । 

तर, मालिकले तत्काल नै तलब बढाउन नसक्ने जवाफ दिएपछि  उनले काम छोड्ने निधो गरे । त्यसपछि उनले रुबिज इन्टरनेसनल होटेलमा लगानी गरे । त्यो होटेल त्यति बेला विराटनगरको ट्राफिक चौकमा थियो । होटेलमै काम गरेर खारिएको अनुभव भएकाले उनलाई त्यहाँ सहज पनि थियो । 

एक जना पार्टनर विश्वबन्धु खड्का र नवराज मिलेर त्यो होटेलमा लगानी गरेका थिए । पछि खडकाले पार्टनरसिप छोडे । डेढ लाख रुपैयाँ सापटी लिएर होटेलमा लगानी गरेको उनी सुनाउँछन् । मासिक १ लाख १० हजार भाडा तिर्नुपथ्र्याे । मार्केटले पत्याएको र समय परिस्थितिले समेत साथ दिएकाले उनले सोचेभन्दा राम्रो प्रगति गरे । 

मेहनत सँगसँगै इमान्दारीता ठूलो कुरा भएको उनी बताउँछन् । उनलाई त्यति बेला ठूलै जोखिम मोले भन्ने डर पनि लागेको थियो । पहिलो महिना नै उनले खर्च कटाएर डेढ लाख बचत गरेका थिए । उनलाई उत्साह पनि थपियो । लगानी थप्दै लगे । कोभिडले थिलथिलो बनाउँला भन्ने डर पनि उनीमाथि थियो । तर, संयोगले कोभिडको बेला पनि प्रदेश सरकार तथा अन्य सरकारी कार्यालयहरूको काम पाएकाले सहज भएको उनले बताए ।  

होटेलकै आम्दानीले विराटनगरमा घडेरी किनेर घर पनि बनाइसकेका छन् । भेडेटार र इटहरीमा शाखा विस्तार गर्ने उनको तयारी छ । होटेलमा तीन जनाको लगानी भए पनि व्यवस्थापन भने उनले नै हेर्ने गरेका छन् ।

विराटनगरको ट्राफिक चोकबाट सारेर उनले मुनाल पथमा जग्गा भाडामा होटेल सञ्चालन गरिरहेका छन् । उनीहरूको लगानी अढाइ करोड पुगेको छ  । सोचेभन्दा राम्रो होटेलले आमदानी गरिरहेको उनीहरू बताउँछन्  ।

अन्य लगानी कर्तामा उनकै मामाका छोरा कविराज थापा र उपेन्द्र यादव छन् । उनी राजनीतिक तथा सामाजिक काममा पनि व्यस्त छन् । उनी नेपाल रग्बी खेलकुद संघको कोशी प्रदेशको सचिव हुन् । दैनिक १७ घण्टा काम गर्ने गरेको उनले बताए ।

उनको सफलताको पछाडि श्रीमती अम्बिका बुढाथोकीको ठूलो हात रहेको उनी बताउँछन् । माइतीबाट सुनका गरगहनाहरू ल्याएर पनि उनले व्यवसाय गर्न पैसाको जोहो गरेकी थिइन्  ।

‘आफ्ना इच्छा आकांक्षालाई मारेर भए पनि श्रीमतीले सहयोग गरेका कारण मलाई सफलता मिलेको छ,’ नवराजले भने, ‘मेरो सफलताको श्रेय उनैलाई जान्छ । श्रीमती पनि मोरङकै बुढिगंगा स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छिन् । अरुकोमा काम गर्ने नवराजले अहिले १७ जनालाई रोजगारी दिएका छन् ।

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x