×

विश्व कीर्तिमानले नथाकेका व्यक्ति

भरतका अनेक प्रतिभाः दुवै हातले उल्टो–सुल्टोदेखि खुट्टा र कुमले पनि लेख्ने क्षमता

काठमाडाैं | साउन १९, २०८१

कैलालीका भरत विष्टसँग एक होइन अनेक प्रतिभा छन् । विश्व कीर्तिमान बनाएर गिनिज बूकमा आफ्नो नाम लेखाइसकेका उनी दुवै हातले उल्टो–सुल्टो अक्षर लेख्न सक्छन् । त्यतिमात्र हाेइन उनीसँग खुट्टा र कुमले पनि लेख्न सक्ने अद्भुत क्षमता पनि छ । साथै उनी विशिष्ट क्षमता भएका शिक्षक र साहित्यकार पनि हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका– १ साडेपानीका भरत बाल्यावस्थाबाटै मेहनती थिए । सामान्य परिवारमा सङ्घर्षपूर्ण जीवनयापन गर्नुपरेकाले पनि होला उनको ध्यान मुख्यतया पढाइमै केन्द्रित थियो । भरतका बुवा भारतमा रोजगारी गर्थे । उनले पठाएका पैसाले घर खर्च चलाउनै मुस्किल पर्थ्यो । कापी–कलम किन्न पनि उनलाई निकै समस्या हुन्थ्यो । ‘मैले बाल्यकालमै सङ्घर्ष के हो बुझेकाले होला सायद अहिले जीवनयापन गर्न सहज भइरहेको छ । अध्ययन गर्ने बेलामा मसँग पाँचभन्दा बढी किताबका लागि आवश्यक कपी र कलम हुँदैनथे । कहिले मागेर त कहिले त्यसैलाई पुनः प्रयोग गरेर काम चलाउँथे,’ बाल्यकाल सम्झिँदै भरतले भने ।


Advertisment

null


Advertisment

कक्षा १० पछि आर्थिक अभावकै कारण बुवा–आमाले पढाउन सक्दैनौँ भनेपछि उनले आफैँले केही गर्नुपर्छ भन्ने सोच बनाए । त्यही समयमा वैवाहिक बन्धनमा पनि बाँधिए । यसपछि काँधमा एउटा ठूलो जिम्मेवारी थपियो । उनीसँग दुई विकल्प थिए । एक– रोजगारीका लागि बुवाले जस्तै भारतमा गएर सङ्घर्ष गर्ने । दोस्रो– गाउँघरमै रोजगारी गर्दै आफ्नो अध्ययनलाई पनि अगाडि बढाउने । भरत मेहनती भएकाले उनलाई पढाइ छोड्न मन पटक्कै थिएन । उनले दोस्रो विकल्प नै रोजे । १० कक्षा पास गरिसकेपछि उनले स्थानीय एक बोर्डिङ स्कूलमा जागिर पाए । प्लस टू र स्नातक तह उनले घरबाटै पढेर पास गरे । भरत आफू पनि पढ्थे र आफूभन्दा साना कक्षाका विद्यार्थीहरूलाई पनि पढाउँथे । त्यहाँबाट आएको रकमले घर खर्च सँगै आफ्नो पढाइ खर्च पनि बेहोर्थे । स्नातकपछि भने उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन् । जागिरलाई भने निरन्तर अगाडि बढाइरहे ।

Laxmi Bank

बाबु–छोरा नै कीर्तिमानी 

भरत १७ विधामा कीर्तिमानी कायम गरिसकेका थानेश्वर गुरागाईँलाई आफूले राखेको विश्व कीर्तिमानको पनि जस दिन्छन् । त्यसो त विश्व कीर्तिमानका लागि गरेका उनका कयौँ प्रयास असफल भए । पहिलो पटक उनले विश्वमा विश्व फूटबल महासंघ (फिफा)सँग आबद्ध रहेका २०९ वटा देशको नाम १ मिनेट १ सेकेन्डमा वाचन गरेर विश्व कीर्तिमान राख्ने तयारी गरे । गिनिज बूकको टोली नेपाल आइपुग्यो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ती राष्ट्रको नाम वाचन गरे । १ मिनेटमा २०९ राष्ट्रको नाम वाचन गरे पनि प्राविधिक त्रुटि भएको भन्दै उनले प्रमाणपत्र पाएनन् । अर्थात् उनी गिनिज बूकमा नाम लेखाउन असफल भए ।

null

यसका बीच पनि उनीभित्रको कीर्तिमान राख्ने हुटहुटी भने झन् तीव्र बन्दै गयो । २०१७ जनवरी १ मा काठमाडौंमै एक कार्यक्रम आयोजना गर्दै भरतले १ मिनेटमा ४२ पोटी लसुन खाएर विश्व कीर्तिमान बनाउँदै गिनिज बूकमा नाम लेखाए ।

उनीमात्रै होइन उनका छोरा अभिषेक विष्टले पनि कीर्तिमान बनाएका छन् । चार वर्षको उमेरमै अभिषेकले आफ्नो मुखमा ४० पेन्सिल १० सेकेन्डसम्म ‘होल्ड’ गरेर रेकर्ड सेन्टरमा नाम लेखाएका हुन् ।

अनि थाले दुवै हातले लेख्न

आफूसँगका दौँतरी र आफूले पढाउने विद्यार्थी प्रायः सबैले दायाँ हातले मात्रै लेख्ने गरेका थिए । भरतको मनमा एक सोच आयो । बायाँ हातले पनि लेख्न सकिन्छ कि भन्ने ! अनि उनी प्रयास गर्न थाले । ‘केही समय सहज भएन अप्ठ्यारो नै भयो । प्रयास गर्दागर्दै बायाँ हातले लेख्न पनि सहज हुन थाल्यो । त्यसपछि मैले दायाँ–बायाँ दुवै हातले लेख्न थालेँ । दुवै हातले लेख्दा अक्षर एउटै हुन थालेपछि मैले औपचारिक परीक्षा पनि दुवै हातले नै दिएँ । तीन घण्टाको परीक्षा हुन्थ्यो । मैले डेढ घण्टा एक हातले र अर्को डेढ घण्टा अर्को हातले लेख्थे । यसरी परीक्षा दिँदा निकै सजिलो हुन्थ्यो । हात थाक्ने समस्या पनि त्यसपछि कहिले आएन’, उनी भन्छन् ।

null 

त्यसपछि अन्य खोजमा 

दुवै हातले लेख्न सफल भएपछि भरत अन्य खोजमा रहे । फलस्वरुप उनी उल्टोबाट लेख्न, दुवै हातले सँगै लेख्न र खुट्टा र कुमले पनि लेख्न थाले ।  अहिले भरत विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीलाई दुवै हातले लेख्न र अक्षर पनि सफा बनाउन सिकाइरहेका छन् ।

निजी विद्यालयमा पाएको जागिर छोडेर उनी यतिबेला शिक्षण सिकाइ अभियानमा व्यस्त छन् । ‘पछिल्लो समयका विद्यार्थी र शिक्षकहरूका अक्षर ध्वस्त छन् । राम्रा अक्षर समयको माग हो । शिक्षकहरूको अक्षर राम्रो भयो भने विद्यार्थीको पनि राम्रो हुन्छ,’ उनले भने, ‘त्यसकारण मैले अहिले अक्षर सुधार अभियान नै थालेको हुँ । थुप्रै विद्यालयमा राम्रो अक्षरले र दुवै हातले लेख्न सक्ने शिक्षक र विद्यार्थी उत्पादन भएका छन् ।’

null

हस्तकला र दुवै हातले लेखन अभियान लिएर भरत नेपालका ३७ जिल्लाका ८४ वटा विद्यालयमा पुगिसकेका छन् ।  १० दिने कार्यक्रमबाट ४० हजार, एक हप्ताको कार्यक्रममा २५ हजार र कमजोर आर्थिक स्रोत भएका विद्यालयमा उनले पाँच हजारका दरले पारिश्रमिक लिइरहेका छन् ।  यो अभियानबाट सिक्ने र सिकाउने दुवै पक्षलाई फाइदा पुगिरहेको उनको बुझाइ छ । विद्यार्थी र शिक्षकले अक्षर सुधार गर्न पाइरहेका छन् भने भरतले मनग्य आम्दानी गरिरहेका छन् ।

‘आम्दानीको कुरा गर्ने हो भने म निकै सन्तुष्ट छु । सबै खर्च कटाएर प्रत्येक महिना ५० हजार रुपैयाँ जति बचत गर्न सकिरहेको छु । आर्थिक अवस्था निकै कमजोर भएका केही विद्यालयलाई मैले निःशुल्क पनि सीप सिकाइरहेको छु । यो अभियानलाई म अझै अगाडि बढाउँछु । देशभरका प्रत्येक विद्यालयमा जहाँ–जहाँ पुग्न सकिन्छ, त्यहाँ–त्यहाँ पुगेर म सीप सिकाउन चाहन्छु,’ उनले भने ।

null

विगत १२ वर्षदेखि फरक–फरक गतिविधिमा संलग्न भरत अब भने जमेर हस्तलेखन क्षेत्रमा लाग्ने बताउँछन् । शिक्षकहरूका लागि विभिन्न गतिविधि, शिक्षासँगै मोटिभेसनल कक्षा, लेखनसीप, पढनसीप र पब्लिक स्पिकिङ कक्षा सञ्चालनका लागि इन्स्टिच्युट खोल्ने तयारीमा छन् उनी ।

‘कुनै पनि देश र समाजले उन्नति गर्नका लागि शिक्षाको भूमिका उच्च हुन्छ । शिक्षाको अवस्थामा सुधार भयो भने नागरिकको जीवनस्तरमा पनि अत्यधिक सुधार हुन्छ । अबको शिक्षा जीवन उपयोगी प्राविधिक र सीप विकासयुक्त हुन नितान्त आवश्यक छ,’ उनी भन्छन्, ‘बढ्दो युवा बेरोजगारी र निराशा हटाउन तथा बालबालिकालाई भविष्यप्रति सजग बनाउनका लागि विद्यालय शिक्षामा मोटिभेसनल कक्षाको पनि जरुरी हुन्छ ।’

योबाहेक भरतको साहित्य क्षेत्रमा पनि विशेष रुचि छ । उनले ‘मेरो सपना’ कवितासंग्रह, गजल, मुक्तक र पाण्डुलिपि लगायतका विभिन्न कृतिमा कलम चलाइसकेका छन् ।  लामो दौड, हाफ म्याराथन लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि उनी भाग लिने गर्छन् ।


 

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x