बैशाख १६, २०८१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो । उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख संजीपकुमार दुब्बेले जानकारी दिए । उनकानुसार गत आर्थिक वर्षमा जिल्लामा कृषि तथा वनजन्य तीन सय पाँच, सेवामूलक दुई सय, उत्पादनमूलक एक सय ३९, पर्यटनमूलक र निर्माणमूलक आठ–आठ उद्योग दर्ता भएको छ । जिल्लामा व्यावसायिक कृषिका लागि धेरै फार्म दर्ता हुने गरेका उनले जानकारी दिए ।
यस्तै गत आवमा तीन सय ९१ उद्योगको लगतकट्टा भएको छ । लगतकट्टा भएकामध्ये धेरै कृषि उद्योगअन्तर्गत रहेका छन् । यसैगरी उद्योग प्रशासनतर्फ एक सय ४९ वटा र वाणिज्य प्रशासनतर्फको दुई सय ४२ वटा उद्योग बन्द गरिएको हो ।
यस्तै गत वर्ष उद्योग प्रशासनतर्फका आठ सय ८७ उद्योग र वाणिज्यतर्फका एक हजार पाँच सय नौवटा उद्योग नवीकरण भएका कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम भने वृद्धि हुँदै गएको छ । गत वर्ष छ सय ६० फर्म दर्ता हुँदा तीन सय ५७ वटा महिला र तीन सय चारवटा पुरुषका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता रहने साना उद्योगमा छुट व्यवस्था लागू भएका कारण दर्ता अनुपात बढेको पाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...