
दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना भएको थियो । दुर्घटनामा सातजना घाइते भएका थिए ।
घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सामान्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।