कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | साउन २१, २०८१
कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसले आजदेखि छलफल गर्ने भएको छ। आज (सोमबार) साँझदेखि सभापति शेरबहादुर देउवासहित केन्द्रका पदाधिकारीहरूसँग छलफल गरिने कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।
केन्द्रीय नेतृत्वले अन्य प्रदेश सकिएपछि मात्रै कोशीमा छलफल गर्ने भनेका कारणले ढिलो भएको प्रमुख सचेतक तामाङले बताए । ‘आज नै संसदीय दलका नेता उद्धव थापा काठमाडौं जाँदै हुनुहुन्छ,’ उनले भने, ‘‘अन्य प्रदेशको भागबन्डा मिलिसकेको छ । अब कोशीमा पनि मिल्न सक्छ ।’
अन्य सबै प्रदेशमा सरकारमा सहभागिता भएको कांग्रेस कोशीमा भने गएको छैन। आन्तरिक किचलोका कारण समस्या भएको नेताहरूले बताएका छन् ।
तामाङका अनुसार ४ मन्त्री र २ राज्यमन्त्री लिनेगरी एमालेसँग सहमति भइसकेको छ। आइतबार मुख्यमन्त्री हिक्मत कार्कींसँग भएको छलफलमा कांग्रेसले कृषि मन्त्रालय नै लिनेगरी सहमति भएको स्रोतले बताएको छ। कांग्रेसले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। उद्योग, कृषि तथा सहकारीबाहेक अरु मन्त्रालयमा यसअघि माओवादीका मन्त्री थिए।
एक हप्ताअगाडि नै चार मन्त्रालय लिने सहमति भए पनि एक मन्त्रालयमा भने कुरो मिलेको थिएन। कांग्रेसले सामाजिक विकास मन्त्रालय पाउनु पर्ने अडान राखेको थियो।
चारमध्ये कांग्रेस सभापति देउवा समूहबाट दुई, इतर समूहबाट एक जना र नेता कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बनाउने तयारी छ। देउवा पक्षबाट केन्द्रीय सदस्यसमेत रहेका अमृत अर्यालले सरकारको नेतृत्व गरेर जाने सम्भावना रहेको नेताहरूले बताएका छन्। देउवा समूहकै प्रदेश संसदीय दलका उपनेतासमेत रहेका हिमाल कार्की र पूर्वमन्त्री प्रदीपकुमार सुनुवारको नाम चर्चामा छ। अर्यालले नेतृत्व गरेर गए भने कार्की मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ।
यस्तै, सिटौला समूहबाट दुई जनाको नाम चर्चामा छ। केन्द्रीय सदस्य भीम पराजुली र कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई मन्त्री बन्ने दौडमा छन्। आदिवासी जनजाति मिलाउन पनि राईलाई अगाडि सार्न सकिने सम्भावना रहेको नेताहरूले बताएका छन्। पराजुली र अर्याल नै विराटनगरका हुन्।
संस्थापनइतर समूहले एक मन्त्री पाउने नेताहरूले बताएका छन्। कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापा रहेका छन्। सुनिल शर्मानिकट मानिएका मानबहादुरको सम्भावना रहेको नेताहरूले बताएका छन्। खत्री र थापा अघिल्लो सरकारमा मन्त्री बनेका थिए। खत्री दुईपटक मन्त्री बनिसकेका छन्।
राज्यमन्त्रीमा भने दुई जना महिलालाई बनाउने तयारी रहेको नेताहरूले दाबी गरेका छन्। सोलुखुम्बुकी डोल्मा तामाङ, मोरङकी शोभा चेम्जोङ, पाँचथरकी मैयाँ श्रेष्ठ, र सुनिताकुमारी गुरुङको नाम चर्चामा रहेको छ। अर्याल मन्त्री बने भने तामाङको सम्भावना कम रहेको नेताहरूले बताएका छन्। अर्याल संसदीय दलको नेतामा उठ्दा उनका मात्रै मत प्राप्त भएको कांग्रेस वृत्तमा चर्चा छ।
अर्यालले जम्मा दुई मत मात्रै प्राप्त गरेका थिए। सिटौला पक्षले एक जना राज्यमन्त्री लिनेगरी नेताहरू अगाडि बढेका छन्। दुई जना मन्त्री दाबी गर्दै गरेका शेखर समूहलाई पनि एक जना राज्यमन्त्री दिएर मनाउने तयारी रहेको स्रोतले बताएको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...