×

सुरुङ मार्ग 'ब्रेक थ्रु'मा प्रधान सेनापति शर्माको टिप्पणी- राजनीति नगरेनि बुझ्छौं

काठमाडाैं | साउन २१, २०८१

प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं-तराई-मधेश द्रुतमार्गको प्रस्थान बिन्दु खोकनामा राजनीति भएको गुनासो गरेका छन् । 

Laxmi Bank

द्रुतमार्गअन्तर्गत पर्ने मकवानपुरको धेद्रे सुरुङ मार्गको 'ब्रेक थ्रु'मा आयोजित कार्यक्रममा बोल्दै प्रधान सेनापति शर्माले राजनीतिले गर्दा नै भएको समस्या भएको बताएका हुन् । 


Advertisment

सेनाले राजनीति नगरे पनि बुझ्ने गरेको उनले टिप्पणी गरे । 'काठमाडौं-तराई-मधेश द्रुतमार्गको प्रस्थान बिन्दु खोकनामा राजनीति भएको छ । राजनीतिले गर्दा भएको समस्या राजनीतिले नै सपार्नुपर्छ,' उनले भने, 'हामी (सेना)राजनीति नगरेनि राजनीति बुझ्छौं । 


Advertisment

खोकनामा जग्गा विवाद सुल्झिन सकेको छैन । उक्त क्षेत्रमा द्रुतमार्गको ६.५ किमि सडक पर्छ । 

काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजना २०८३ सम्म सक्ने उनले प्रतिबद्धता जनाए । 

काठमाडौंबाट निजगढ जाने १७२८ मिटर लम्बाइ रहेको सुरुङ नेपाली सेनाको व्यस्थापनमा पोली च्याङ्दा चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।

काठमाडौं-तराई मधेश द्रुत मार्ग आयोजनामा ६ स्थानमागरी जम्मा १०.३९० किमि लम्बाइको सुरुङ मार्ग बन्ने नेपाली सेनाले जनाएको छ । 

२०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयपछि ०८१ मंसिरमा निर्माण सम्पन्न गर्नेगरी आयोजना व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो । 

तोकिएको समयमा काम नसकिएपछि पछिल्लोपटक म्याद थप गरी २०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य सेनाको छ । तर, हालसम्म समग्र आयोजनाको भौतिक प्रगति जम्मा ३५.३८ प्रतिशत मात्रै छ ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x