जेठ ४, २०८१
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ बढीको खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा २० वाणिज्य बैंकहरूले कुल ६४ अर्ब १५ करोड ३१ लाख १४ हजार ६०२ रुपैयाँ खुद नाफा कमाएका हुन् ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा वाणिज्य बैंकहरूले ७ अर्ब ५७ करोड ८६ लाख ५५ हजार रुपैयाँले खुद नाफा बढाएका छन् ।
वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा कमाएको छ । यस्तै, सबैभन्दा कम माछापुच्छ्रे बैंकले नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १० वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । भने, १० वाणिज्य बैंकहरूले आफ्नो खुद नाफा बढाएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल ६ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस वर्ष नबलि बैंकले ६५ करोड ५० लाख रुपैयाँले खुद नाफा बढाएको छ ।
त्यस्तै, दोस्रो सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंकले रहेको छ । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल ६ अर्ब १ करोड ६२ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ६९ करोड ४३ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
सबैभन्दा कम नाफा कमाउने बैंक माछापुच्छ्रे बैंक रहेको छ । यस बैंकले आफ्नो चौथो त्रैमासिकसम्म कुल १ अर्ब २५ करोड १ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
यस्तो छ वाणिज्य बैंकहरूको नाफा :
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...