कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
काठमाडाैं | साउन २१, २०८१
नेपाली कांग्रेसले संगठनलाई चुस्त बनाउन भन्दै केन्द्रीय सदस्यहरूलाई ४ महिनासम्म जिल्लामा खटाउने भएको छ ।
साउन २३ देखि शुरू हुने केन्द्रीय समितिको बैठकको लागि एजेण्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा केन्द्रीय सदस्यलाई चार महिनासम्म जिल्लामा खटाउनेबारे छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘कांग्रेसले पार्टी संगठनलाई चुस्त बनाउने तयारी गरेका छ । यसैको लागि केन्द्रीय समितिको बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘पार्टीले एक केन्द्रीय सदस्यलाई कम्तीमा तीनदेखि चार महिनासम्म एउटा जिल्लामा खटाएर संगठन सुदृढीकरणको अभियान चलाउँछ । एक ठाउँमा सकिएपछि नेताहरूलाई फेरि अर्को जिल्लामा खटाइन्छ ।’
अभियान भदौदेखि शुरू गर्नेबारे आवश्यक निर्णय २३ साउनदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्ने उनले बताए ।
पछिल्लो समयमा पार्टीका गतिविधि सुस्त बनेपछि कांग्रेसमा पार्टीका गतिविधिलाई अगाडि बढाउनुपर्ने दबाब पर्दै आएको छ ।
बैठकमा अलपत्र परेको महासमितिको निर्णयलाई टुंग्याउने विषयमा पनि छलफल भएको छ । प्राप्त सुझावलाई समेटेर महासमितिका निर्णय पास गर्ने भनिए पनि पटकपटक फेरिएका राजनीतिक समीकरणपछि कांग्रेस महासमितिका बैठकका निर्णय अलपत्र परेका छन् ।
कांग्रेसको गत फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकका बेला कांग्रेस र माओवादीको समीकरण थियो । लगत्तै कांग्रेस सत्ताबाट बाहिरिने र एमाले सत्तामा भित्रिने स्थिति बन्यो ।
फेरि असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउने समझदारी भयो । यो समझदारीपछि असार ३० गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका छन् ।
राजनीतिक परिस्थिति फेरिएपछि कांग्रेसले महासमितिका निर्णयलाई पटकपटक परिवर्तन र परिमार्जन गर्नुपर्ने स्थिति बनेको थियो । अब भने दुई दलबीच सत्ता समीकरणमा आलोपालोको सहमति भएपछि महासमितिका निर्णयलाई सार्वजनिक गर्न सहजता भएको नेताहरू बताउँछन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...