×

बंगलादेशमा राजनीतिक संकट

शेख हसिना : २० वर्षभन्दा बढी शासन, अहिले देशै छाडेर भाग्नुपर्ने नियति

काठमाडाैं | साउन २१, २०८१

Photo : AP / RSS

कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन सरकारविरुद्ध सोझिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाड्नुपरेको छ ।

Laxmi Bank

कर्फ्यूका बीच सोमबार लाखौंको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए ।


Advertisment

बंगलादेशको राजधानी ढाकाको स्थानीय समयअनुसार दिउँसो करिब साढे २ बजे उनी आफ्नो बहिनीसँगै सैनिक हेलिकप्टरमा भारततर्फ प्रस्थान गरेकी हुन् ।


Advertisment

बीबीसी बंगला र ढाका ट्रिब्युनले स्रोतलाई हवाला दिँदै हसिना भारत छिरेको पुष्टि गरेका छन् ।

पछिल्लो आन्दोलनका क्रममा बंगलादेशमा ३ सय जनाको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । सरकारले २५ हजारभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

सोमबार प्रदर्शनकारीले गरेको 'लङ मार्च'का क्रममा प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगा हानिएको थियो । आफू सुरक्षित नहुने देखेर उनले देश छाडेको आकलन भइरहेको छ ।

हसिनाकोप्रारम्भिक जीवन र पृष्ठभूमि

अहिले देश छाड्न बाध्य भएकी बंगलादेशी प्रधानमन्त्री हसिनाको जन्म सन् १९४७ को सेप्टेम्बर २८ मा तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा भएको थियो ।

उनी बंगलादेशका संस्थापक नेता एवं पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन् ।

हसिनाको परिवार बंगलादेशको राजनीतिमा गहिरो गरी संलग्न थियो भने उनका बुवा देशको स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता थिए ।

आफ्नो बुवाको प्रभावका कारण हसिनाले सानैदेखि आवामी लीगमा संलग्न रहेर राजनीति गर्न थालेकी थिइन् । आवामी लीगले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

सन् १९७५ मा भएको सैनिक कूमा उनका बुवा र परिवारका धेरैजसो सदस्यहरूको हत्या भयो, तर हसिना र उनकी बहिनी पश्चिम जर्मनीमा रहेकाले बाँच्न सफल भए ।

उनी लामोसमय भारत र बेलायतमा निर्वासनमा बसिन् ।

सन् १९८१ मा निर्वासनमा रहँदा नै उनी अवामी लीगको अध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी बंगलादेश फिर्ता भइन् । उनको फिर्तीले अवामी लीगका धेरै समर्थकमा आशा जगाएको थियो ।

सन् १९८६ मा भएको आम निर्वाचनमा उनी प्रमुख विपक्षी दलको नेताका रूपमा स्थापित भइन् । त्यसपछि उनले राजनीतिमा पछि फर्केर हेर्नुपरेन ।

सन् १९९६ को आम निर्वाचनमा उनको पार्टी अवामी लीगले भारी बहुमत हासिल गर्‍यो । हसिनाले १९९६ देखि २००१ सम्म ५ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरिन् ।

पहिलो कार्यकालमा उनले विभिन्न आर्थिक सुधारहरूको शुरूवात गरिन् भने महिला अधिकारको पक्षपोषण गरिन् । सन् १९९७ मा चटगाँउ हिल ट्र्याक्ट्स शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफ्नो देशभित्र चलिरहेको दशकौं लामो विद्रोह समाप्त पार्न उनले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुन्छ ।

दोस्रो कार्यकालबाट निरंकुशताको शुरूआत  

सन् २००८ को चुनावमा भारी बहुमत ल्याएपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । यो कार्यकालमा आर्थिक सुधारमा जोड दिएपनि उनको निरङ्कुश शैलीका कारण त्यति प्रख्याति हासिल गर्न भने सकिनन् ।

दोस्रो कार्यकालमा उनले 'डिजिटल बंगलादेश' पहलको शुरूआत गरिन् । बंगलादेशलाई मध्यम आय भएको राष्ट्रको रूपमा लैजान पहल गरिन्, तर उनले जनताको मन जित्ने गरी काम गर्न सकिनन् ।

सन् २०१४ को आमनिर्वाचनलाई त्यहाँको विपक्षी पार्टीहरूले बहिष्कार गरे । उनको निरङ्कुश र स्वेच्छाचारी शैली नमान्ने भन्दै विभिन्न आन्दोलनहरू भयो । तर, उनले सेना परिचालन गरेर विपक्षीको आवाज दबाइन् । हजारौं विपक्षी नेतालाई जेलमा राखेर गरिएको निर्वाचनमा उनले बहुमत हासिल गरिन् । तेस्रो कार्यकाल अलोकप्रियताका बीच गुज्र्यो ।

अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो, तर उनको निरङ्कुश शैली सच्चिएन । विपक्षीहरूको मुख थुनेर उनीहरूको बहिष्कारबीच फेरि बंगलादेशमा अर्को निर्वाचन भयो ।

सन् २०१८ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा धाँधली गराएर उनी चौथो कार्यकालका लागि प्रधानमन्त्री बनिन् । विवादका बीच ५ वर्ष गुजारेपछि उनी पुनः प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागिन् ।

यही ७ जनवरी २०२४ मा भएको अर्को आमनिर्वाचन जितेर उनी पाचौं कार्यकालका लागि प्रधानमन्त्री बनिन् । जम्मा ४० प्रतिशत मत खसेको थियो भने विपक्षीहरूले यसअघि झैँ निर्वाचन बहिष्कार गरेका थिए ।

उनीमाथि निरंकुशताको ट्याग लाग्दै गयो । कोटा प्रणालीविरुद्ध विद्यार्थीहरूले आन्दोलन शुरू गरेपछि सडकमा उत्रेका सुरक्षाकर्मीले सयौंको ज्यान लिएका थिए । उनीमाथि सत्ता छाड्न त्यहींको सेना, गुप्तचर निकाय र पूर्व सेनाप्रमुखहरूको दबाब थियो ।

पाँचौं कार्यकालको शुरूदेखि नै अलोकप्रिय बन्दै गइरहेकी प्रधानमन्त्री हसिनाले अन्ततः देश छाड्नु परेको छ ।

अब के ?

हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशी सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै अन्तरिम सरकार बन्ने बताएका हुन् ।

राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारी प्रवेश गरेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

उनी सैन्य हेलिकप्टरमा भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगेको बीबीसीले उल्लेख गरेको छ ।

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x