२७ जेठ २०८३, बुधबार

प्रचण्डकाे दाबी- पार्टीभित्र कुनै असन्तुष्टि र समस्या छैन

साउन २२, २०८१
विराटनगर
प्रचण्डकाे दाबी- पार्टीभित्र कुनै असन्तुष्टि र समस्या छैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कदमले पार्टीभित्र कुनै असन्तुष्टि र समस्या नभएको दाबी गरेका छन् ।

मंगलवार विराटनगरमा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘तपाईँले यताउता गरेर उथलपुथल गरिरहनु हुन्थ्यो । यसो गर्दा कार्यकर्ता कतिको रिसाएका रहेछन् ?’ भन्ने प्रश्नमा प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको जवाफ दिए ।  

‘राम्रो गर्दा कार्यकर्ता जहिल्यै सन्तुष्ट भइहाल्छन् नि !’, उनले भने ‘नराम्रो गर्दा पो असन्तुष्ट हुन्छन् त ! हेर्दै जानुहोस् न अब के–के हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सदनदेखि पार्टीसम्मलाई ‘फूल स्प्रिट’मा अगाडि बढाउने बताए । पार्टीलाई अगाडि बढाउन सबैमा एकमत रहेको उनको भनाइ थियो । 

null

‘अब सदनमा पनि हामी फूल स्प्रिटमा अगाडि बढ्छौँ,’ उनले भने ‘पार्टी पनि अब त्यसरी नै अघि बढ्छ ।’ सङ्गठन सुदृढ गरेर जनतामा जाने पनि उनले बताए ।

सत्तामा हुँदा पार्टीलाई बेवास्ता गरेको आरोप लागेका प्रचण्डले आफ्ना स्थापित एजेन्डालाई लिएर जनतामा जाने बताएका हुन् । यसअघि पार्टीको पदाधिकारी बैठकमा सत्ताको गुलियोमा भुल्दा पार्टी अस्तव्यस्त भएको भन्दै प्रचण्डको आलोचना भएको थियो । 

सत्ताबाट बाहिरिएलगत्तै यतिबेला माओवादी केन्द्र सङ्गठन निर्माणमा जुटेको छ । संघदेखि प्रदेश सरकारसम्म नै प्रतिपक्षी बनेपछि अध्यक्ष प्रचण्ड आफैँ सङ्गठन निर्माणमा जुटेका हुन् । 

यसअघि केन्द्रीय कमिटीको बैठकपछि मात्रै केन्द्रको निर्देशन पालना गर्ने गरी बैठक बस्ने गरेको थियो । तर यसपटक भने केन्द्रको बैठकभन्दा अगाडि नै प्रदेश कमिटीको बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्