×

भोजन गृह : दरबारभित्र कला र संस्कृतिमा रमाउँदै रैथाने खानाको ब्रान्ड

काठमाडाैं | साउन २३, २०८१

​पछिल्लो समय नेपाली युवा पुस्ता रेस्टुरेन्ट तथा होटल सँस्कृतितर्फ निकै आकर्षित देख्न सकिन्छ । युवा पुस्ता घरबाट अब रेस्टुरेन्टतर्फ आकर्षित भइरहेका छन् । दुई जना साथी-भाइ भेट्न होस् वा धेरै साथीहरू जम्काभेट गर्ने, विदेश जान लाग्दाको पार्टी होस् वा फर्किँदाको खुशीयाली, जन्मदिन होस् वा विवाह वर्षगाँठ, यी सबै अवसर पारेर कुनै आनन्दको रेस्टुरेन्ट वा होटलमा जम्काभेट हुने, रमाइलो गर्ने बानी अहिलेको युवापुस्तालाई छ । सोही पुस्तालाई कला र संस्कृतिको पहिचान दिन तल्लीन छ काठमाडौंमा एक दरबारजस्तो होटल । 

मुख्य पाहुना गेटतर्फ प्रवेश गर्दै गर्दा गरिने स्वागत, त्यसपछि थिएटर हल प्रवेश गर्दै गर्दाको जस्तो शान्त एवं सम्पदाको झलक दिने माहोल । भित्र प्रवेश गर्दै गर्दा सायदै जो कोहीलाई लाग्न सक्छ, म कुनै होटल छिर्दै छु कि कुनै ऐतिहासिक सम्पदा ?  या त कुनै दरबारमा पो पस्दैछु कि भन्ने भान हुन्छ । 


Advertisment

null


Advertisment

मुख्य प्रवेशद्वारमा देख्न सकिन्छ-भोजन गृह । काठमाडौंको डिल्लीबजारस्थित भोजन गृहमा प्रवेश गर्दै गर्दा जो कोहीलाई यो दृश्यले अद्भुत अनुभूत गराउँछ । व्यस्त शहर, कामको थकानलाई बिर्साउन साँझ सात बजे नै त्यहाँ पुग्दा लाग्छ कि कुनै रेस्टुरेन्ट छिरेको नभई कुनै साम्प्रदायिक गाउँमा प्रवेश गर्दैछु, जहाँ सबै भुलेर आनन्दित बनाइदिन्छ मन ।​​

Laxmi Bank

रेस्टुरेन्टको माथिल्लो तला जानका लागि काठको भर्‍याङ प्रयोग गर्नुपर्छ । जसले गाउँबाट शहर छिरेका र काठको भर्‍याङ भुल्न लागिसकेकाहरूलाई 'नोस्टाल्जिक' बनाइदिन्छ । माथि उक्लिएपछि जुत्ता चप्पल खोलेर राखिन्छ । जाँदाजाँदै 'बाथरुम'मा हातमुख धोएर आफ्नो लागि तयार रहेको टेबल/कुर्सीमा बस्न गइन्छ।  त्यतिखेर लाग्छ कि खाना खानका लागि गाउँघरमा हामी जसरी प्रवेश गर्थ्यौं, ठ्याक्कै त्यस्तै । जुत्ता चप्पल खोलिसकेपछि र हातमुख धोइ सकेपछि सारा थकान पनि त्यतै छाडेर भोजनका लागि प्रवेश । 

भोजन गृहको मुख्य विशेषता हो यो । यहाँ पुग्ने परिचित वा अपरिचित, नेपाली वा बाह्य पर्यटक सबैले यस्तै महसुस गर्छन् ।

आफ्नो सिटमा बसिसकेपछि शुरूमा सगुन 'रक्सी' दिइन्छ । रक्सी खान इच्छुकले निकै उत्साहित भएर त्यसको स्वाद लिन्छन् । 

null

त्यहाँ बस्दै गर्दा विभिन्न किसिमका स्न्याक्स तथा खाना आइपुग्छन् । नेपाली पोसाकमा सजिएका होटलका वेटरहरूले एक पछि अर्को गर्दै परिकारहरू पस्कँदै जान्छन् । पाहुनाहरू त्यसमा रमाउँदै जान्छन् ।

भोजन गृहमा शुरूमा लोकल रक्सी र भुटेको मकैले स्वागत गरिन्छ । त्यसपछि तारेको आलु, म:म, क्वाँटीको सुप खाजाका रुपमा पस्किइन्छ । त्यसपछि भोजनमा सादा भुजा, झानेको दाल, विभिन्न प्रकारका तरकारी, कुखुरा र खसीको मासु प्रस्तुत गरिन्छ । 

त्यसपछि दही र बिदाइका क्रममा चिया खुवाएर अतिथिलाई बिदाइ गरिन्छ । 

यही क्रममा नेवारी, तामाङ, शेर्पा लगायत जातजातिका विभिन्न नृत्यहरू प्रस्तुत गरिन्छ । यस्तो लाग्छ कि भोजन गृहमा भोजनका लागि मात्रै गएका छैनौं,  हरेक नृत्यसँग कनेक्ट भएर सोही गाउँ पुगेजस्तो भान हुने । 

भोजन गृहको यो विशेषताले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याइदिन्छ । भोजन गृहका सञ्चालक भरत बस्नेत आफैं भोजनमा सरिक सबै पाहुनाहरूसँग भलाकुसारीमा समय दिन्छन् । यसले पारिवारिक माहोल समेत सिर्जना गराउँछ ।

एकैपटक २ सय जनालाई सेवा दिन सक्ने भोजन गृहमा स्वदेशी उत्पादनकै स्वाद चाख्न सकिन्छ । भोजन गृहमा नेपाली ग्राहकका लागि २९ सय रुपैयाँ  र विदेशी ग्राहकका लागि ४ हजार रुपैयाँ शुल्क लाग्छ ।

यस प्याकेजभित्र मौलिक संगीत, रैथाने नेपाली खाना र ग्रामीण वातावरणको अघाउँजी अनुभव गर्न सकिन्छ ।

null

***

डिल्लीबजारमा विगत २६ वर्षदेखि सञ्चालनमा रहेको भोजन गृहले नेपाली कला, संस्कृति र सम्पदालाई जगेर्ना गर्दै आइरहेको छ । भोजन गृहका सञ्चालक हुन् वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेत । अनवरत २६ वर्षसम्म उस्तै शैली, उस्तै स्वाद र उस्तै लोकप्रियता, भोजन गृहले आफ्नो पहिचान बनाएको छ ।

सन् १९९७ मा सरकारले १९९८ लाई नेपाल भ्रमण वर्षको घोषणा गरेको थियो । तर त्यसका लागि पर्याप्त पूर्वाधार विकास तथा अन्य पर्यटन विकास गर्न सरकार चुकिरहेको थियो ।

त्यसै समयमा पर्यटन व्यवसायी बस्नेतले एउटा अभियान नै शुरू गरे । सो समयमा काठमाडौं निकै प्रदूषित र अव्यवस्थित थियो । भ्रमण वर्षको तयारी हुँदै गर्दा काठमाडौं सफा बनाउनुपर्छ भनेर उनी लागिपरे । सोही समयमा उनले पुराना र जीर्ण सम्पदा तथा त्यस्ता भवनहरूलाई पुनर्निर्माण गरी त्यसतर्फ पर्यटकको आकर्षण बढाउन सकिने योजना बनाए ।

त्यसपछि राणाकालीन भवनको खोजी गर्न थाले । सोही बेला उनले डिल्लीबजारमा रहेको दरबार भेटाए । सो दरबार राजाहरूको बडागुरूको दरबार थियो । लामो समयसम्म जीर्ण रहेको सो भवनमा उनले रेस्टुरेन्ट सञ्चालन गर्ने योजनासहित अनुमति मागे । सरकारले उनलाई अनुमति पनि दियो ।

null

त्यसपछि सन् १९९८ मा उनले जीर्ण दरबारलाई पुनर्निर्माण गरी भोजन गृह सञ्चालनमा ल्याए । बस्नेतले नेपालकै जाति विशेषका कला तथा संस्कृतिलाई जोगाउने र काठमाडौंमै पर्यटकहरूलाई त्यसतर्फ आकर्षित गर्न शुरू गरे । 

भोजन गृहमा भोजनमात्रै हैन भोजन गर्न जानेहरूका लागि मनोरञ्जन समेत त्यहाँ मिल्ने भयो । कला र संस्कृतिको संयोजन मिलाएर भोजन समेतको व्यवस्था गरेर नेपाली तथा विदेशी पर्यटकको आकर्षण त्यहाँ बढ्ने उनको योजना थियो ।​ 

बस्नेत भन्छन्, 'सोही योजनाअनुसार भोजन गृह अगाडि बढ्दै गयो ।' 

भोजपुरमा जन्मिएका बस्नेत खोटाङको चिसापानीस्थित खेतुवा गाउँमा हुर्किए । गाउँमै अध्ययन गरेर उच्च शिक्षाका लागि विक्रम संवत् २०३३ मा उनी काठमाडौं आइपुगे । त्यसपछि अध्ययनकै बीचमा उनले नेपालकै सबैभन्दा ठूलो ट्राभल कम्पनी 'यति ट्राभल' मा काम गरे । त्यहाँ केही वर्ष काम गरेपश्चात वाइल्ड लाइफ पर्यटनका लागि विश्वविख्यात चितवनको वाइल्ड लाइफ लज टाइगर टक्समा काम गरे । 

त्यहीँ काम गर्दै गर्दा उनी जर्मन, अमेरिका लगायतको मुलुकमा पुगे । ती मुलुकहरूमा विदेशीहरूलाई नियालीसकेपछि उनलाई लाग्यो,  नेपालको मौलिक संस्कृति तथा सम्पदा विदेशीका लागि आकर्षण हो ।

null

उनले त्यसपछि नेपालको मौलिक कला र संस्कृति तथा सम्पदाको सम्वर्द्धन गरी विदेशी पर्यटक भित्र्याउन सकिने सोचे । सोही समयमा नेपाल भ्रमण वर्षको पनि माहोल सिर्जना हुँदै थियो । उनले नेपालमा आएर केही समयमै भोजन गृह सञ्चालन गर्न सफल भए ।

उनले विदेशीले नेपालमा के रुचाउँछन् भन्ने समेत बुझिसकेपछि भोजन गृहको कल्पना गरेको सुनाए । उमेरले ६७ वर्षका भए बस्नेत । भोजन गृहलाई जस्तै आफू पनि सधैं नेपाली पोसाकमै सजिन्छन् । उनले लगाउने पोसाक पनि शुद्ध नेपाली दौरा सुरुवाल हो । सबैले आफ्नो धर्म संस्कृति एवं परम्परा अनुसारको भेषभुषा लगाएमात्रै पनि नेपाल झनै धपक्कै बल्ने उनी बताउँछन् ।

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x