×

उपेक्षामा बुटवल

बुटवललाई लुम्बिनीको आर्थिक राजधानी बनाउने योजना कता हरायो ?

काठमाडाैं | साउन २३, २०८१

रुपन्देही लुम्बिनी प्रदेशको आर्थिक राजधानी हो भन्ने कुरालाई कसैले नकार्न सक्दैन, किनभने प्रदेश मात्र नभएर देशकै ठूला र धेरै उद्योग यहीँ सञ्चालनमा छन् ।

बुटवल/रुपन्देहीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम घोषणा गरिए पनि राजनीतिक भुंग्रोमा परेर स्थायी राजधानीको रूपमा दरिन पाएन । प्रदेश राजधानी बुटवलबाट दाङको देउखुरी सरेपछि यहाँ ठूलो निराशा छायो । त्यसलाई सान्त्वना दिन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको प्रशासनिक राजधानी देउखुरी र आर्थिक राजधानी बुटवललाई बनाउने आश्वासन दिए ।


Advertisment

तर, त्यसपछि प्रदेश सरकारको नीति तथा कार्यक्रममा बुटवललाई आर्थिक राजधानी बनाउने योजना त के, प्रदेश तहमा एउटा छलफल पनि भएको छैन ।


Advertisment

बुटवलमा प्रदेश राजधानी हुन अथाह सम्भावना हुँदाहुँदै भौगोलिक हिसाबले मिलाउने भन्दै अपायकमा राजधानी सारियो ।

Laxmi Bank

प्रदेश राजधानी सर्दै गर्दा बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्ने भनिए पनि त्यसपछिका सरकार र यस क्षेत्रका सांसदले समेत केही बोलेको सुन्न पाइँदैन । मुलुकमा औद्योगीकरण र निकासी व्यापारको जग रुपन्देहीले बसालेको मानिन्छ । 

हरेक परिवर्तनको विगुल फुग्ने बुटवल अहिले छायाँमा परेको स्थानीयको गुनासो छ । एउटै शहरको रूपमा विकास भएको बुटवल–भैरहवा (सुनौली) देशकै महत्त्वपूर्ण व्यापारिक र पारवहन नाका हो ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष वामदेव क्षेत्रीले मौखिकरूपमा घोषणापछि बुटवलमा कुनै कार्यक्रम, छलफल र बहस समेत हुन नसकेको बताए । 

‘नवलपरासीको भूमहीबाट भैरहवा सडक खुलेपछि ठूला उद्योगहरू त्यही क्षेत्रमा केन्द्रित भइरहेका छन्,’ घिमिरे भन्छन्, ‘अब बुटवलमा सेवामूलक उद्योग र पर्यटनको विकास गर्न सक्नुपर्छ । हावाको तालमा घोषणा गर्दैमा बनिहाल्ने होइन ।’ 

‘दुईटा केबलकार, मानवसभ्यताको इतिहास बोकेको रामापिथेकस, तिनाउमा बोटिङ बनाउँदै, जीतगढी किल्लालगायत क्षेत्रलाई प्रचारप्रसार र विकास गर्न सकेमा पर्यटकको रोजाइमा बुटवल पर्न सक्छ । अब बुटवल आसपासमा ठूला उद्योग खोल्ने जग्गा पनि छैन । उद्योगहरू दक्षिणतिर र सेवामूलक क्षेत्र बजारतिर केन्द्रित गर्न सक्नुपर्छ,’ घिमिरेले थपे । 

null

रुपन्देही मेडिकल सिटीको रूपमा विकास भएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवा, देवदह मेडिकल कलेज देवदह, बुटवल मेडिकल कलेज तिलोत्तमा (सरकारी तहबाट बन्न बाँकी) र लुम्बिनी प्रादेशिक अस्पताल (१२ सय बेडमा स्तरोन्नति हुँदै छन् । विशेष आर्थिक क्षेत्र (सेज), बुटवल औद्योगिक क्षेत्र, मोतीपुर औद्योगिक क्षेत्र (निर्माणाधीन), सहज देशकै ठूलो भन्सार नाका यहीँ छ ।

एकीकृत भन्सार जाँचचौकी (आईसीपी), प्रमुख व्यापारिक केन्द्र तथा बसाइँसराइको प्रमुख गन्तव्य पनि रुपन्देही हो । अन्तर्राष्ट्रिय विमानस्थल यहीँ छ । माछा, मासु, दूधमा आत्मनिर्भर छ ।

रूपन्देहीको ठूला उद्योगमा मात्र रुपन्देहीमा झण्डै डेढ खर्ब लगानी रहेको छ । त्यस्तै, पर्यटन उद्योगमा ५० अर्ब लगानी छ । जहाँ लाखौंले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी पाएका छन् । निकासी व्यापारको प्रमुख सम्भावना भएका मुलुकमा भारत र चीन छन् । यी दुई मुलुकसँग सिधा जोडिएको रुपन्देही निकासीका लागि सम्भावना बोकेको जिल्ला हो ।

पछिल्लो समय आर्थिक मन्दीका कारण उद्योग सोचेजस्तो फस्टाउन सकेका छैनन् । अस्थिर एवं अवैज्ञानिक नीति, महँगो ढुवानी लागत, पूर्वाधार अभाव, दक्ष जनशक्ति अभाव, कच्चा पदार्थमा भारतसँगको परनिर्भरता, छुट्टै औद्योगिक क्षेत्रको अभाव र सरकारी उदासीनताको मार भोग्दै आएका छन् । प्रजातन्त्र पुनःस्थापना भएपछि बुटवल धागो कारखाना खुल्यो, तर त्यो राजनीतिक भर्ती केन्द्र बन्दा बन्द हुन पुग्यो । 

राष्ट्रिय योजना आयोगका सदस्य तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले आर्थिक राजधानीका लागि बुटवलमा ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि स्टेकहोल्डरहरूको पहल जरुरी रहेको बताए ।

‘प्रशासनिक केन्द्र नहुँदैमा शहर सुक्छ भन्ने होइन,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘रुपन्देही/बुटवलमा सबै क्षेत्रको कनेक्टिभिटी छ । पूर्वाधार र सम्भाव्यता छ । जग्गाको एक्स्पान्सन गर्न सक्ने ठाउँ छ । सभा गर्नका लागि ठूल्ठूला सम्मेलन केन्द्र छ । अब निजी क्षेत्रले रणनीति बनाएर लगानीको साझेदारी गर्नुपर्छ ।’

श्रेष्ठ थप्छन्, ‘बुटवल कसैले बनाइदिएर सबै क्षेत्रको कनेक्सन र जक्सन भएको होइन । यो देशकै धेरै जनसंख्या हुने जिल्लामा पर्छ, जसले गर्दा शहर बढिरहेको छ । सबै पूर्वाधार छन् । बुटवलको निजी क्षेत्रलाई राज्यले पुस अप गर्ने र निजी क्षेत्र लाग्ने हो भने देशकै आर्थिक हब बन्न गाह्रो देख्दिनँ ।’ 

बुटवल उद्योग र पर्यटनको मात्र होइन, राजनीतिको पनि केन्द्रमा छ । बुटवलसहित केही अन्य पालिका समेटेर महानगरपालिका बनाउने विषयमा स्थानीय तह पुनःसंरचनाका क्रममा कुरा भएपनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । बुटवलमा महानगरपालिका बन्ने सबै पूर्वाधार छन् ।

null

लुम्बिनी प्रदेशको कूल कारोबारको ५० प्रतिशत रुपन्देहीमा हुने गरेको छ । नेपालका प्रमुख दुई नाका वीरगञ्ज र बेलहिया (सुनौली) त्योमध्ये सुनौली भैरहवा भन्सार रुपन्देहीमा छन् । औद्योगिक कोरिडोरमा परिचित बुटवल–भैरहवा लाइफलाइनका रूपमा परिचित पनि छ । देशका १६ जिल्लामा पुर्‍याउन इन्धन डिपो रुपन्देहीमा छन् । भैरहवाको रोहणीमा नेपाल आयल निगमले ३ अर्ब खर्चेर नयाँ भण्डारण गृह निर्माण शुरू गरिसकेको छ । 

भण्डारण गृह सञ्चालनमा आएपछि व्यवसायमा पनि राम्रो हुने विश्वास रुपन्देहीवासीको छ ।

‘भौगोलिक अवस्थिति र निर्माण हुँदै गरेको पूर्वाधारका हिसाबले रुपन्देहीमा सम्भावना अझ बढ्दैछ,’ बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल भन्छन्, ‘यहाँ भारतका हरेक ठाउँबाट सामान ल्याउन तथा पठाउन सस्तो तथा सजिलो पर्छ । रुपन्देहीबाट रेलमार्ग पुग्न ६ किलोमिटर मात्र टाढा छ, जुन अन्य नाकामा सम्भव छैन । बुटवल/रुपन्देहीमा उद्योग राख्दा काठमाडौंको बजारमा सहज पहुँच पुग्छ । त्यसैले रुपन्देही फेरि पनि पछि पर्ने अवस्था छैन । केही दिनको रुझान मात्रै हो, बुटवल क्षेत्र साविक पश्चिमाञ्चल र अहिलेको नारायणी पश्चिम क्षेत्रले मुहार नफेर्ने कुनै कारण छैन । यसका लागि सबै लाग्नुपर्छ ।’

देशका हरेक परिवर्तनको ज्वाला बुटवलबाट निस्किएका छन् । प्रजातन्त्र पुनःस्थापना, २०६२/०६३ को जनआन्दोलनमा पनि बुटवलले उल्लेख्य भूमिका निर्वाह गरेको थियो ।

बुटवलबाट निर्वाचित एमाले सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले सरकारले घोषणा गरेपछि बुटवलका लागि कुनै ठोस योजना अघि बढाउन नसकेको बताए ।

‘८ अर्ब लागतमा प्रादेशिक अस्पताल बन्दैछ, जुन १२ सय शय्याको हो । आर्थिक राजधानीका लागि त्यस्तै अन्य ठूला योजना प्रदेश सरकारबाट आउनुपर्ने हो । तर, अस्थिर सरकार हुँदा यो विषय प्राथमिकतामा पर्न सकेको छैन । पुराना घोषणा कार्यान्वयनमा पनि बनेका सरकारहरू जवाफदेही देखिएनन् । पालिका सरकारले पनि त्यसमा चासो दिएको छैन,’ श्रेष्ठले भने । 

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x