×

डेडिकेटेड र ट्रंकलाइन विवाद

ट्रंकलाइन विवादमा कुलमानको झुट : अदालतलाई ढाँटे कि लेखा समितिलाई ?

काठमाडाैं | साउन २३, २०८१

गत शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूसँग सबै उद्योगले प्रयोग गरेको विद्युतको तथ्यांक रहेको दाबी गरेका थिए ।

Laxmi Bank

डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महसुलबारे विवाद चलिरहँदा लेखा समितिले प्राधिकरणसँग टीओडी (टाइम अफ डे) मिटरको तथ्यांक मागेको थियो ।


Advertisment

२०७२ देखि २०७७ सम्मको बीचमा उद्योगीहरूले विशेष सुविधा प्रयोग गरेको भन्दै प्राधिकरणले गत असार १० गते ६१ उद्योगलाई पेनाल्टीसहित ८ अर्बभन्दा बढीको बिल काटेको थियो ।


Advertisment

उद्योगीहरूले आफूले विशेष सुविधा नलिएको र लिएको भए त्यसको प्रमाण दिन प्राधिकरणलाई चुनौती दिएका थिए । त्यसलगत्तै ६ उद्योगमा लाइन काटियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत् नियमन आयोगको निर्देशनसँगै प्राधिकरणले बोर्ड बैठक बोलाएर काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरिसकेको छ ।

तर, प्राधिकरणले विभिन्न समयमा अदालतमा पठाएको पत्रमा भने टीओडी मिटरको तथ्यांक मेटिएको उल्लेख गरिएको छ ।

रिलायन्स स्पिनिङ मिलको मुद्दामा प्राधिकरणको कोशी प्रादेशिक कार्यालयले २०८० को असोज ११ गते सुनसरी जिल्ला अदालतलाई पत्र लेख्दै टीओडी मिटरको नयाँ डेटाले पुरानो डेटालाई प्रतिस्थापन गर्ने भएकाले उक्त अवधिको डेटा उपलब्ध गराउन नसकिने बताएको थियो ।

हेर्नुहोस् पत्र:

null

त्यस्तै, प्राधिकरणले मकवानपुर जिल्ला अदालतलाई पठाएको अर्को पत्रमा पनि टीओडी मिटरको रेकर्ड लामो समयसम्म नरहने भएकाले मेटिएको उल्लेख छ ।

२०८० को भदौ २३ गते शिवम् सिमेन्टको मुद्दा चलिरहँदा अदालतले प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक मागेको थियो ।

हेर्नुहोस् प्राधिकरणले अदालतलाई लेखेको पत्र:

null

मकवानपुर र सुनसरी जिल्ला अदालतलाई टीओडी मिटरको तथ्यांक नभएको र मेटिएको जवाफ दिएका घिसिङले त्यसको विपरीत लेखा समितिमा भने आफूसँग बकाइदा प्रमाण रहेको बताएका छन् ।

लेखा समितिका एक सदस्यले लोकान्तरसँग भने, 'कुलमानले या त अदालतसँग झूट बोलेका छन्, या त लेखा समितिलाई ढाँटेका छन् । उनले समितिमा के बुझाउँछन्, त्यो हेरेर थप विश्लेषण गरौंला ।'

लेखा समितिले घिसिङलाई टीओडी मिटरको तथ्यांक पेश गर्न ५ दिनको समय दिएको छ । बुधबार साँझसम्म प्राधिकरणले उक्त तथ्यांक बुझाएको छैन ।

लेखा समितिका सचिव एकराम गिरीले बुधबार प्राधिकरणबाट केही नआएको बताए । 'आज आउने कुरा त हो, तर अहिलेसम्म केही आएको छैन,' उनले लोकान्तरसँग भने ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बिहीबार मात्र तथ्यांक बुझाइने बताए ।

'सबै तयार गरेका छौं,' उनले लोकान्तरसँग भने, 'आज अबेला भइहाल्यो । अब भोलि लगेर बुझाउँछौं ।'

पढ्नुहोस्, यो पनि :
हातैले भरेको 'एक्सेल शीट'लाई कुलमानले टीओडी मिटरको तथ्यांक भनेपछि...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x