कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडाैं | साउन २४, २०८१
भनिन्छ- युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । प्रेममा परेपछि मान्छेले के-के गर्दैन ? भारतको बिहारस्थित लखीसरायबाट एउटा अनौठो घटना बाहिर आएको छ । जहाँ बुवाको सट्टा श्रीमानले नै श्रीमतीकै बिहे गराई दिएका छन् । श्रीमानले आफ्नै श्रीमतीलाई उनका पूर्वप्रेमीसँग बिहे गराइदिएका हुन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार २२ वर्षीया खुश्बुको तीन वर्षअघि २६ वर्षीय राजेशसँग विवाह भएको थिएको थियो । खुश्बु विवाहअघि नै चन्दन नामका युवकसँग प्रेममा थिइन् तर यो सम्बन्ध परिवारका सदस्यलाई मान्य नभएपछि उनले राजेशसँग विवाह गरिन् । विवाहपछि पनि खुश्बुको मनमा चन्दन रहिरह्यो । ती महिलाका श्रीमानलाई यी सबै कुराहरू थाहा थिएन ।
युवती सानैदेखि प्रेममा थिइन् । बिहेपछि पनि उनले पूर्वप्रेमीसँग बोल्ने र भेट्ने गरेको थाहा पाएपछि श्रीमानले नै बिहे गराई दिएका हुन् । ती महिलाले दुई वर्षको छोरी छाडेर पुरानो प्रेमीसँग बिहे गरेकी छन् ।
दुवै जना बाल्यकालदेखि नै एकअर्कालाई मन पराउँथे तर, परिवारका सदस्यले अर्कै ठाउँमा बिहे गरिदिएको महिलाले बताइन् ।
विवाहपछि पनि उनीहरूको अफेयर चलिरहेको थियो । ती युवतीले ३ वर्षअघि बिहे गर्दा बिहेको राति पनि प्रेमीसँग मोबाइलमा लामो कुरा गरेको बताइन् ।
विवाहअघि र पछि दुवैको अफेयर थियो, तर जबसम्म पतिलाई थाहा भयो, तबसम्म खुश्बुले बच्चालाई जन्म दिइसकेकी थिइन् ।
एक दिन अबेर राति चन्दन खुश्बुको घरमा भेट्न पुगेपछि श्रीमान राजेश र उनका परिवारका सदस्यले दुवैलाई समातेका थिए । त्यसपछि मात्र राजेशले आफ्नी श्रीमती खुश्बुको चन्दनसँग विवाह गराइदिएका हुन् ।
प्रेमीसँग विवाह गर्नुअघि खुश्बुले दुई वर्षको बच्चा आफूसँग नभई बाबुसँग बस्ने र श्रीमानको सम्पत्तिमा आफ्नो कुनै हक नहुने कुरामा सहमति जनाएकी थिइन् । त्यसपछि श्रीमानले आफ्नी श्रीमतीको हात आफ्नो प्रेमीलाई सुम्पिदिए र दुवैले विवाह गरे ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...