×

मानिसको समस्याको कारण डर हो । संसारमा जति पनि समस्या छन् तिनको मूलमा कुनैन कुनैरूपमा डर छिपेको हुन्छ । यसो त डर बाह्यवस्तु होइन । बाहिरबाट आउने पनि होइन र भूतप्रेतले ल्याउने पनि होइन । पहिले मानिस आफैँ उसलाई बनाउँछ पछि उसैले खाइदिन्छ, माकुराले जन्माएको बच्चाले माउलाई खाएजस्तो । त्यसैले जो डरायो ऊ फस्यो, जो डराएन उसले डस्यो । यही हो भय दर्शनको सार । 

Laxmi Bank

जब मानिस डराउँछ त्यहीँबाट शुरू हुन्छ उसमाथि खेल्ने प्रक्रिया । त्यहीँबाट शुरू हुन्छ ठगिने र लुटिने खेल । यद्यपि डरको रूप कस्तो हुन्छ देखिएको छैन । यसको अर्थ हो ऊ अमूर्त छ तर उसले जन्माउने समस्या भने त्यस्तो छैन । डर पनि कति किसिमका हेरौँ न । परीक्षामा पास भइन्न कि भन्ने डर, पास भएपछि जागिर पाइन्न कि भन्ने डर, चुनाव जितिन्न कि भन्ने डर, मुद्दा हारिन्छ कि भन्ने डर, मरिन्छ कि भन्ने डर, मारिइन्छ कि भन्ने डर, दुहुनो भैँसी वा हलको गोरु मर्लान् कि भन्ने डर, घरखेत वा बारी पहिरो लान्छ कि भन्ने डर ।


Advertisment

छोराछोरी बिरामी हुन्छन् कि भन्ने डर, आफैँ बिरामी परिन्छ कि भन्ने डर, अरूले उछिन्छ कि भन्ने डर, अरूलाई उछिन्न सकिन्न कि भन्ने डर, खान पाइन्न कि भन्ने डर, खाएको पचाउन सकिन्न कि भन्ने डर, बाघभालुले खान्छ कि भन्ने डर, ग्रहणक्षेत्र तथा भूतप्रेतले तर्साउँछ कि भन्ने डर, व्यापारमा घाटा खानुपर्छ कि भन्ने डर, उद्योग फस्टाउन्न कि भन्ने डर, पानी पर्दैैन कि भन्ने डर, बढी पानी पर्छ कि भन्ने डर, चोर्न पाइन्न कि भन्ने डर, प्रहरीले समाउँछ कि भन्ने डर, भ्रष्टाचार गर्न पाइन्न कि भन्ने डर, भ्रष्टाचारी भए बच्न सकिन्न कि भन्ने डर । के–के हो के–के ।


Advertisment
जति–जति डरको शृङ्खला बढ्दै जान्छ त्यति–त्यति समस्या पनि बढ्दै गएको पाइन्छ । ठगिँदै जाने हो भने त केही छैन डराएरै बाँच्ने हो, डराएरै मर्ने हो । होइन भने मनमा जमेको डरको धागोलाई टुटाउनै पर्ने हुन्छ ।

अरूले खेल्ने वा खेल्न पाउने भनेकै डरमाथि हो । यही डरको भर्‍याङ चडेर खेल्न आउने हुन्, खेल्न पाउने हुन्  । एउटा डरायो अर्कोको खेती शुरू भयो । यस अर्थमा आफूमाथि ठगीधन्दाको शुरुवातकर्ता ऊ आफैँ हो । उसैले नै त्यसलाई निम्त्याएका हो ।

मनौँ कुनै विद्यार्थीलाई परीक्षामा पास हुन सकिन्न कि भन्ने डर लाग्यो । त्यसैमा टेकेर उसमाथि खेल्न आइपुगे ट्युसन सेन्टरहरू । कसैलाई ग्रहदशा बिग्र्यो कि भन्ने डर लाग्यो । त्यसैमा टेकेर उसमाथि खेल्न आइपुगे ज्योतिष–पुरोहितहरू ।

गाई–भैँसीले दूध दिएनन् । थाहा छैन बिरामी परे कि भोका थिए । जे भए पनि धनी डरायो । त्यसैको बुइँ चडेर धामीझाँक्री आइपुगे ढ्याङ्ग्रो लिएर । पेटमा कुनै कैफियत परेर पाडो बिरामी परेको के थियो, मालिक डरायो । त्यसैलाई बोकेर झारफुके आइपुगे ढुङ्ग्रो लिएर । बालबच्चा बिरामी भए, आफैँ बिरामी परियो र मर्छन् कि वा मरिन्छ कि भन्ने डर लाग्यो । त्यसैलाई समातेर आइपुगे डाक्टर, वैद, कविराज तथा नर्सिङहोम र क्लिनिक सेन्टरहरू क्याप्सुल र ट्याब्लेट लिएर । 

राजनीतिकर्मी डरायो चुनाव जितिन्न कि भनेर । त्यसैको आडमा कार्यकर्ता आइपुगे मुख मिठ्याएर । चुनाव जितियो तर डरले छाडेन ।  एउटा गएको थियो अर्को आयो मन्त्री–प्रधान खान पाइन्न कि भनेर । त्यसैको आडमा पार्टीले भन्यो– यति पैसा चन्दा दिनुपर्छ । चन्दा दिएर मन्त्री, प्रधानमन्त्री त भइयो तर डर गएन । पहिलेको भन्दा ठूलो बनेर आयो पार्टीलाई दिएको चन्दा कसरी उठाउने भनेर, जसले उसलाई घुस्याहा बनायो, भ्रष्टाचारी बनायो तर डर भन्ने जन्तु अझै गएन । बरू त्योभन्दा झन् ठूलो बनेर अयो अख्तियार र अदालतबाट कसरी बच्ने भनेर ।  

चुनाव हारियो भने त डरको अवस्था झन् डर लाग्दो हुन्छ । चुनावमा धाँदली गर्न बाँडेको पैसा कसरी उठाउने भनेर । कसैको घरखेत नै गएको छ भने त कुरै बेग्लै । झगडिया डरायो मुद्दा हारिन्छ कि भनेर । त्यसैमा टेकेर वकिलहरू आइपुगे फायल बोकेर ।

एउटा बेरोजगार डरायो वैदेशिक रोजगारमा जान पाइन्न कि भनेर । त्यसैमा टेकेर नेताहरू आइपुगे मान्छे बेच्ने लाइसेन्स बोकेर । अर्को बेरोजगार डरायो जागिर पाइन्न भनेर । त्यसैको आडमा बिचौलियाहरू आइपुगे जागिर ग्यारेन्टी आश्वासन बोकेर ।

बिचौलियालाई मोटो रकम बुझाएर जागिर पाइएको भए पनि डर भन्ने गएको हुँदैन । त्योभन्दा ठूलो बनेर आउँछ बिचौलियाले खाएको पैसा कसरी असूल्ने भनेर, जसले भ्रष्टाचारी बनायो, घुस्याहा बनायो तर डर भने अझै गएन । त्योभन्दा ठूलो बनेर आयो घुस खाएको पैसा कसरी पचाउने भनेर ।  

यसरी केलाउँदै जाने हो भने जति–जति डरको शृङ्खला बढ्दै जान्छ त्यति–त्यति समस्या पनि बढ्दै गएको पाइन्छ । त्यसैले अब पनि ठगिँदै जाने हो भने त केही छैन डराएरै बाँच्ने हो, डराएरै मर्ने हो । होइन भने मनमा जमेको डरको धागोलाई टुटाउनै पर्ने हुन्छ ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x