फागुन ४, २०८०
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
कास्की | साउन २६, २०८१
हातमा हाजिरी कपी बोकेर कक्षाकोठा प्रवेश गरेका शिक्षक सुजन लम्साल विद्यार्थी देखेर आत्तिन्छन् । हुन पनि उनका आँखैअगाडि विद्यार्थी ‘ग्याङ फाइट’ गर्दै थिए । उनी दौडँदै विद्यार्थी छुटाउन पुगे । लडिरहेका एकहुल विद्यार्थी बीचबाटै एक जनाले शिक्षक सुजनलाई फूलको बुके दिन्छन् । अघिसम्म ‘ग्याङ फाइट’ गर्दै हो–हल्ला गरिरहेका विद्यार्थी ‘ह्यापी बर्डथे सुजन सर’ भन्दै एकाएक गीत गाउन थाल्छन् ।
कक्षाकोठाको माहोल एकाएक परिवर्तन हुन्छ । सुजन राहतको सास फेर्दै अक्मिकिन्छन् । उनी हातमा बुके लिएर चैनको सास लिई अचम्मित मुद्रामा एक–दुई पाइला पछाडि सर्छन् । अनि, विद्यार्थीलाई अँगालोमा बाँध्छन् । केही समयअघि सामाजिक सञ्जालमा चर्चित बनेको भिडियोको दृश्य हो यो ।
शिक्षकको जन्मदिनमा विद्यार्थीले दिएको सप्राइज गिफ्ट’ थियो त्यो । खासमा त्यो ‘ग्याङ फाइट’ ‘फेक’ थियो । आफ्ना प्यारा शिक्षकलाई सरप्राइज बनाउन गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीले चालेको ‘स्टन्ट’ मात्रै थियो त्यो । तर, शिक्षक सुजनको ‘रियाक्सन’ भने वास्तविक थियो । क्यामेरामा कैद गरिएको यो दृश्यले धेरैको मन छोएको थियो । भारतका सञ्चारमाध्यमले समेत यसलाई समाचार बनाएका थिए । ‘इन्डिया टुडे’ र ‘टाइम्स नाउ न्युज’लगायतले समाचार प्रकाशन गरेका थिए ।
उनै शिक्षक सुजनलाई केही साताअघि अमेरिकाको विश्वप्रसिद्ध विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कदरपत्र पठायो । एमआईटीले हरेक वर्ष ग्रेट टिचर ट्रिब्युट गर्छ । जसमा नयाँ भर्ना भएका विद्यार्थीलाई आफनो शिक्षामा ठूलो प्रभाव पार्ने उच्च माध्यमिक विद्यालयका शिक्षकको नाम लिन आग्रह गर्छ । त्यही शिलशिलामा उनका पूर्वविद्यार्थी सुदीप रोकायाले सुजनलाई सम्झिए । त्यसपछि एमआईटीले सुजनलाई बधाई दिँदै कदरपत्र पठाएको हो ।
१७ वर्ष पुग्यो सुजन शिक्षण पेशामा आबद्ध भएको । योबीच उनले विद्यार्थीमा प्रिय शिक्षकको छाप छोड्न सफल भएका छन् । बाहिरिएको ‘भाइरल भिडियो’ एउटा उदाहरण मात्र हो । सुजनले विद्यार्थीमाझ यस्ता धेरै स्मरणीय र सकारात्मक क्षण बिताएका छन् । यसले उनलाई विद्यार्थीमाझ ‘फेबरेट टिचर’ बनाएको छ ।
विद्यार्थीले यतिबिघ्न रुचाएका सुजन कसरी शिक्षण पेशामा आए त ? १२ वर्ष भयो सुजनले पोखराको गण्डकी बोर्डिङ स्कूलमा भौतिक विज्ञान पढाउन थालेको । उनले शुरूवातीमा शिक्षक नै बन्छु सोचेर शिक्षण पेशा रोजेका होइनन् । पहिला उनको इन्जिनियर बन्ने सोच थियो । सोहीअनुसार ११ र १२ कक्षामा साइन्स (विज्ञान) र म्याथ (गणित) विषयलाई रोजे । त्यो बेला उनको उमेर साथीको लहडमा लाग्ने थियो । पछि, विविध कारणले उनले पृथ्वीनारायण क्याम्पसमै विज्ञानमा स्नातक तह पढे । पढ्दै पढाउन पनि शुरू गरे । जागिरे भएपछि व्यावहारिकता र जिम्मेवारी बोध हुँदै गएको उनी बताउँछन् ।
‘आफैँ खर्च जुटाउने हेतुले पढ्दै पढाउँदै गरें । पार्ट टाइम पढाउँथे । अलिअलि पैसाको अनुहार देख्न पाइने र घरमा खर्च पनि माग्न नपाइने । यी दुई कारणले मैले पढ्दै पढाउने सोच बनाएको थिएँ,’ उनले भने।
घरको वातावरण पनि उस्तै थियो । उनले बुवा पृथ्वीनारायण क्याम्पसमा भूगोल पढाउँथे । दिदी पनि शिक्षक नै । बहिनी अहिले उनले पढाउने विद्यालयमै अंग्रेजी शिक्षक छिन् । विज्ञानसम्बन्धी त्यति धेरै अनुसन्धान हुँदैन नेपालमा । विषयमा राम्रो भएपनि अवसर सीमित छ । त्यसैले उनका सबै साथी विदेश छन् । तर, पढाउँदै जाँदा उनी शिक्षण पेशामा रमाउन थाले ।
आफ्नो पेशाप्रति सन्तुष्ट मिल्दै गएपछि सुजन यसैमा रमाउन थाले । त्यसैले पनि होला अहिले उनी सबै विद्यार्थीको प्रिय बन्न सकेका । ‘आफ्नो पेशासँग खुशी भएमा विद्यार्थीलाई दिनुपर्ने कुरा दिन सकिने रहेछ भन्ने मेरो भोगाइ छ,’ उनले भने ।
सुजन बाहिर मिजासिलो भनेर चर्चित बनेका छन् । तर आफू मिजासिलो मात्र नभएर कडा शिक्षक पनि भएको उनले सुनाए । तर, शिक्षक आवश्यक पर्दा मात्र कडा बन्नुपर्ने उनी बताउँछन् । शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सन्तुलित बनाएर राख्नुपर्नेमा उनको जोड छ ।
‘बच्चालाई फ्रेन्डली भएर पढाउन उचित हुन्छ । जति कडा र हैकम जमाउन खोज्यो बच्चाले दूरी बढाउँछ,’ उनले थपे, ‘विद्यार्थीले आफूलाई समस्या पर्दा सुनाओस् र गल्ती गर्दा डराओस् ।’ शिक्षण हरेक पेशाको जननी रहेको बताउँदै उनले भविष्य हातमा लिएका शिक्षकले शतप्रतिशत कर्म गर्नुपर्नेमा जोड दिए ।
सुजनलाई विद्यार्थीले जन्मदिनमा ‘सप्राइज’ दिएको यो पहिलोपटक भने होइन । हरेक वर्ष विद्यार्थीले केक काटेर उनको जन्मदिन मनाउँथे । पूर्वविद्यार्थीले गुरुपूर्णिमा होस् वा जन्मदिन शुभकामना सन्देश पठाउन बिर्सिँदैनथे । योपटक विद्यार्थीको शैली फरक भएको उनले बताए । धेरै विद्यार्थीका लागि प्रिय गुरु बनेका सुजनलाई विद्यार्थीको माया पाउँदा खुशी लाग्छ । ‘मैले मेरो कर्म गर्दा आफ्नो शतप्रतिशत समय र उर्जा खर्च गर्ने गरेको छु । म शिक्षण पेशालाई १० देखि ४ बजेसम्मको जागिरमात्र ठान्दिनँ । मैले दिनुपर्ने कुरामा कन्जुस्याइँ र बायस गर्दिनँ । संयोगवश यसले मलाई अहिले खुसी दिलाएको छ,’ उनले भने ।
सुजनले पढाएका विद्यार्थी अहिले प्रतिष्ठित पेशामा आबद्ध छन् । सुदीप रोकाया मात्र होइन अरु पनि विश्वका प्रसिद्ध विश्वविद्यालयमा अध्ययनरत छन् । जो उनलाई सम्झिइरहन्छन् । एमआईटीले विद्यालयमा हुलाकमार्फत पत्र पठाउनुअघि सुजनलाई मेल पठाएको थियो । उनलाई त्यो मेल सामान्य औपचारिकताको धन्यवाद पत्र मात्रै लागेको थियो । पछि, कक्षामा पढाउँदै गर्दा विद्यालयकी कर्मचारी हातमा पत्र नै लिएर आइन् । छाप थियो एमआईटीको, ठेगान थियो सुजनले पढाउने विद्यालय गण्डकी बोर्डिङको । ती कर्मचारीको हातमा पत्र देखेपछि अन्य सहकर्मी शिक्षक पनि उत्सुक भए । त्यसपछि मात्र सुजनले पत्रका विषयमा सार्वजनिक गरेका हुन् । विद्यार्थीसँगको सकारात्मक सम्बन्धका कारण प्रशंसा पाएका शिक्षक सुजनको सुझाव छ, ‘शिक्षक पेशालाई कर्मको रूपमा लिनू ।’
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...
काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...