×

ग्रामिण महिलाको स्वरोजगार यात्रा

पोल्ने अल्लोले मनकलालाई दिइरहेको शीतलता

विराटनगर | साउन २६, २०८१

नेपालका विभिन्न भेगमा पाइने अल्लो बहुपयोगी बनस्पति हो । पोल्ने अल्लो वर्गमा ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो र पुवा जाते अल्लोलगायत पर्छन् । यसको नरम मुना, पात, बोक्रा र जरा निकै उपयोगी मानिन्छ । यसबाट धेरैले राम्रो आम्दानी गरिरहेका छन् । संखुवासभाको माथिल्लो भागमा पाइने अल्लोबाट आम्दानी गर्नेमध्येकै एक हुन्– मनकला राई । 

कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पाइने अल्लोबाट  कपडा उत्पादन गर्ने गरिएको छ । विसं २०३९ सालमा विदेशी नागरिक आएको बेला संखुवासभाको सिलिचोङको बाला र शिसुवा क्षेत्रका स्थानीयले अल्लोको कपडा बुनेको देखेर उनीहरूले चासो राखेको स्थानीय अगुवाहरू  बताउँछन् ।


Advertisment

null 


Advertisment

विदेशी नागरिक जोन दुन्समोरो र उनकी श्रीमती  सुजी संखुवासभाको सिलिङचोङमा गएका थिए । दुन्समोरो कोशी हिल एरिया डेभलपमेन्ट प्रोग्राममा काम गर्थे । सुजीले अल्लोबाट आम्दानी गर्न सकिने बाटो देखाएको स्थानीय बताउँछन् । 

Laxmi Bank

सन् १९८४ मा सिलिचोङ २ को बाला माविमा अल्लो कपडा बुन्ने ११ दिने कार्यशाला गराएर अल्लोलाई व्यावसायिकता प्रदान गरेको इतिहास छ । 

मनकला पनि सिलिचोङ गाउँपालिका मै बस्थिन् । उनले अल्लोका कपडा बुनेर दिदीहरूलाई दिने गरेकी थिइन् । दिदीहरूको पसल भने संखुवासभाको सदरमुकाम खाँदबारीमा थियो । ‘सदरमुकाम खाँदबारीमा दिदीको पसल थियो,’ उनले भनिन्, ‘धागो दिदीहरूले दिनुहुन्थ्यो, अनि हामी जंगलबाट अल्लो ल्याएर अर्को धागो बनाएर कपडा बुनेर दिन्थ्यौं ।’

null

छोराछोरीलाई पढाउन खाँदबारी ल्याएपछि पनि मनकलाले पाँच वर्षजति अर्काकोमा काम गरिन् । उनले २०७४ सालमा हिमाली अल्लो तथा सुतिकपडा उद्योग स्थापना गरिन् । अरूको उद्योगमा अल्लो बुन्दै आएकी मनकला २०७४ देखि भने आफैं मालिक बनेकी छिन् । 

उनले तीन जनालाई मासिक तलब दिएर रोजगारी पनि दिएकी छिन् । घरमै तान राख्नेहरूले पनि बुनेर ल्याइदिने गरेका छन् । कोसेलीको रूपमा विदेशतिर समेत अल्लोका सामान निर्यात हुने गरेको उनले बताइन् । उनको व्यवसायलाई  श्रीमान् देवेन्द्र राईले पनि सघाउने गरेका छन् । 

साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, आफू, पाथीभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबीसे, तामाफोकका सामुदायिक र राष्ट्रिय वनमा अल्लो पाइन्छ । ‘हालको सिलिचोङ गाउँपालिकामा हामी पनि सहभागी भएको एउटा सामुदायिक वन छ,’ मनकलाले भनिन्, ‘त्यहाँ वर्षमा जम्मा १९ दिन मात्रै अल्लो खोज्न पाइन्छ । एकपटक ल्याएपछि वर्षदिन पुर्याउनुपर्छ  । अल्लो खोज्ने धेरै भएपछि एक घरबाट एकजना मात्रै जान पाउने नियम सामुदायिक वनले बनाएको छ । १९ दिन खोजेर ल्याएको अल्लोलाई पहिला सुकाइन्छ । मज्जाले सुकेपछि उसिन्ने गरिन्छ अनि धोएर धागो कात्ने काम हुन्छ ।

null

मनकलाले अल्लोबाट टोपी, ब्याग, कोट पर्सलगायत सामग्री बनाउने गरेकी छिन् । छिटो बुन्नेले महिनामा एकैजनाले २०० मिटरसम्म बन्ने गरेको पाइएको छ । ‘छिटो बुन्नेले महिनामा २०० मिटर बुन्ने गरेका छन्,’ उनले भनिन्, ‘ मेरोमा काम गर्नेले १५० मिटर बुन्छन् ।’ 

मनकला आफूले पनि बुन्ने गरेकी छिन् । महिनादिन नै बुन्न पाउँदा २०० मिटर बुन्ने गरेको उनले बताइन् । उनी प्रशिक्षकसमेत हुन् । उनले उत्पादन गरेको अल्लोको कपडा मिटरको दुई हजार ५०० देखि चार हजारसम्ममा बिक्री हुने गरेको बताइन् । अल्लोको मात्रा हेरेर कपडाको मूल्य राख्ने गरेको उनको भनाइ छ ।

मेला महोत्सवमा संखुवासभामा उत्पादित अल्लोका कपडा लाने गरेको उनले बताइन् ।

null 

अहिलेसम्म पोल्ने अल्लोले आफूलाई न्यानो दिइरहेको उनको अनुभव छ । ‘पोल्ने अल्लोले मलाई न्याय नै गरिरहेको छ,’ मनकलाले भनिन्, ‘ठूलो नाफा पनि कमाउन सकिएको छैन । घाटा पनि छैन ।’

आफूले कमाएको सम्पत्ति भनेको नै ग्राहक भएको उनको भनाइ छ । ‘अहिलेसम्म कसैले तेरोबाट लगेको कपडा नराम्रो भनेका छैनन्,’ उनले भनिन्, ‘त्यो नै मेरो सम्पत्ति हो ।’

null

जंगलमा अल्लो खोज्न जाँदा पाएको दुःख बिक्री गर्दा बिर्सने गरेको मनकलाले बताइन् । उनी र उनका श्रीमान दुवैजना विदेश गएका छैनन् । वैदेशिक रोजगारीमा नगएका उनीहरू कपडा विदेश निर्यात गर्न थालेपछि भने जाने बताउँछन् । 

‘अहिलेसम्म संखुवासभाको अल्लोभन्दा ब्रान्ड नै छ,’ मनकलाले भनिन्, ‘यो कायम भइरह्यो भने विदेश निर्यात गर्न सकिन्छजस्तो लाग्छ । विदेशी नागरिक आउँदा खुसी भएर लाने गरेकाले विदेशमा पनि बिक्री नहुने डर भने छैन ।’


 

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x