×

बेलहियामा एकीकृत भन्सार जाँच चौकी धमाधम निर्माणः सकियो ५० प्रतिशत काम

बुटवल | साउन २६, २०८१

रुपन्देहीको बेलहियामा ​बनाउन थालिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणकाे काम तीव्ररुपमा भइरहेको छ । भैरहवा भन्सारनजिकै निर्माण भइरहेको जाँच चौकीको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ ।

दुई वर्षमा काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने नेपाल–भारतबीच भएको सम्झौताअनुरुप गत २६ मे २०२३ मा काम शुरू भएको थियो ।  निर्माण कम्पनीले १५ महिनाको अवधिमा फिल्डमा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको भारतीय सरकारी कम्पनी राइट्सका आयोजना प्रमुख नीतिन श्रीवास्तवले जानकारी दिए । 


Advertisment

१८ वर्षअघि आईसीपी निर्माण गर्ने सम्झौता भारत सरकारसँग भए पनि भारततर्फ जग्गा अधिग्रहणको समस्या भएका कारण निर्माणको काम शुरू हुन ढिलाइ भएको थियो । राइट्स भारत सरकारको आधिकारिक डिजाइनर कम्पनी रहेकोमा यो कम्पनीले आईसीपी निर्माणको ठेक्का भारतीय निर्माण कम्पनी वसिर मोहमद एनड सन्सलाई दिएको छ । विभिन्न १२ वटा भवनको ५० प्रतिशत काम सम्पन्न भएको श्रीवास्तवले जानकारी दिए । 


Advertisment

प्रशासनिक भवन, वयरहाउस, अध्यागमन, सुरक्षा भवन, क्वारेन्टिन भवनलगायत १२ वटा भवनको तला ढलानको कामसमेत सम्पन्न भएको छ । यस्तै पार्किङको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको छ ।  सम्झौताअगावै काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाको तयारी छ । राइट्स कम्पनीले नेपालगञ्ज, वीरगञ्ज र विराटनगर भन्सार एकीकृत केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । पूर्वाधार सम्पन्न भएपछि आईसीपीमा लाग्ने अन्य आवश्यक पूर्वाधार मशिन जडान, खानेपानी, विद्युत् व्यवस्थापन भने नेपाल सरकारले गर्नेछ । 

Laxmi Bank

एक अर्ब ६१ करोड ७५ लाख भारतीय रुपैयाँको लागतमा भारत सरकारको आर्थिक लगानीमा निर्माण भइरहेको आईसीपीमा एकैपटक ६५२ ट्रक आयात र २७० ट्रक निर्यात हुनेगरी कार्गो पार्किङ्गस्थल निर्माण भइरहेको छ । आईसीपीको निर्माणपछि  दैनिक ८०० देखि ८५० मालबाहक सवारी सहजै आवतजावत गर्न सक्नेछन् । कुल ३५.११ हेक्टर क्षेत्रफलमध्ये २२.५४ हेक्टर आईसीपीले ओगटेको छ । आईसीपी निर्माणसँगै सीमानामा भोग्दै आइरहेको जाम हट्नुका साथै सवारीसाधनको इन्धनमा बचत, सीमा क्षेत्र शान्त तथा स्वच्छ हुने अपेक्षा गरिएको अन्नपूर्ण टर्मिनल्स प्रालि, भैरहवाका रवि पारिखले बताए । 

नेपाल–भारत दुवै देशतर्फ एकैपटक आईसीपी निर्माणको काम गर्ने लक्ष्य रहेपनि जग्गा अधिग्रहणमा ढिलाइ हुँदा भारतर्फको काममा केही ढिलाइ भएको थियो । हाल दुवैतर्फ काम भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जनाए । भैरहवा नेपालको दोस्रो ठूलो भन्सार नाका हो । 


 

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x