×

कांग्रेसका युवा नेताहरूले गुट निरपेक्ष अभियान चलाउने

काठमाडाैं | साउन २६, २०८१

नेपाली कांग्रेसका गुरु घिमिरेसहितका युवा नेताहरूले लोकतन्त्र सम्वर्द्धनका लागि नयाँ अभियान चलाउने भएका छन् ।

Laxmi Bank

घिमिरेसहित पूर्व मन्त्री जनक गिरी, युवा नेता टेकराज पौडेल, नारायण भट्टराई, त्रिचन्द्र कलेजकी प्राध्यापक डा. लता घिमिरेसहितका १५ जनाबीच छलफल भएको थियो ।


Advertisment

काभ्रेको धुलिखेलमा दुई दिनसम्म चलेको छलफलले पहिलो चरणमा केन्द्रमा सुशासन, लोकतन्त्रको सुदृढीकरण, संविधान संशोधनसहितका विषयमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।


Advertisment

नेता घिमिरेका अनुसार उपसभापति, महामन्त्रीसहितका ४/५ जना नेतालाई बोलाएर दुई हप्ताभित्र छानिएका एक सय विशेषज्ञसहितको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी गरिनेछ ।

‘लोकतन्त्रको सम्वर्द्धनलाई मुख्य थिम बनाएर हामीले दुई हप्ताभित्र राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी गर्ने निर्णय गरेका छौं,’ घिमिरेले लोकान्तरसँग भने, ‘कार्यक्रममा सभापतिभन्दा मुनिका ४/५ जना नेतालाई बोलाउँछौं । छानिएका विज्ञसहितका एक सय जना यो कार्यक्रममा सहभागी हुनुहुन्छ । यो गुट निरपेक्ष कार्यक्रम हुनेछ ।’ 

यस अघिको पुरानो रुपान्तरण अभियानकै निरन्तरता स्वरूप डेमोक्रेसी डाइलग (लोकतन्त्र संवाद)ले यो कार्यक्रमको संयोजन गरेको घिमिरेले जानकारी दिए ।

समसामयिक राजनीति, संविधान संशोधनको आवश्यकता, कांग्रेसको आन्तरिक लोकतन्त्रसहितको विषयलाई प्राथमिकता बनाएर छलफल गर्ने उनको भनाइ छ ।

‘अहिलेको सत्ता समीकरणले मुख्य विषय संविधान संशोधन भनेको छ । यसलाई कसरी सार्थक बनाउने ? यो कति आवश्यक छ ?  हामी यसमा बहस चलाउँछौं,’ घिमिरेले भने, ‘साथै कांग्रेसको आन्तरिक लोकतन्त्रको विधि, पद्धति कति पालना भएको छ ? पार्टीका साथीको मूल्यांकन, टिकट र सदस्यता वितरण प्रणाली कस्तो छ ? गुटमा विभाजित भएकालाई कस्तो व्यवहार छ गुट निरपेक्षतालाई कस्तो हुन्छ भन्ने विषयमा पनि हामी छलफल गर्छौं ।’

अरु पार्टी कसरी चलेका छन् भन्ने विषयलाई कार्यक्रमले समेट्ने घिमिरे बताउँछन् ।

'सुशासन दिने सरकारको नारामा कसले कहाँ के बाधा पुर्‍याएको छ, गर्न सकिन्छ/सकिँदैन भन्नेमा पनि बहस गर्दै लोकतन्त्रलाई सुदृढ गर्ने विषयमा भूमिका खेल्न कार्यक्रम गर्छौं,' घिमिरेले भने ।

केन्द्रपछि दोस्रो राउन्डमा सातै प्रदेशमा यस्तै स्वरूपको कार्यक्रम गर्ने तयारी छ ।

सम्बन्धित प्रदेशमा सांसद भएका, चुनाव लडेका, जिल्ला सभापति, पूर्व सभापतिसहित भइसकेकाहरूलाई सहभागी गराएर महिनाको दुई वटाको दरले प्रदेशस्तरीय कार्यक्रम गर्ने तयारी डेमोक्रेसी डाइलगको रहेको छ ।

त्यस्तै एक वर्षमा सात प्रदेशको कार्यक्रम सकेपछि यस्तै स्वरूपमा जिल्ला केन्द्रित कार्यक्रम गरिने डेमोक्रेसी डाइलगका नारायण भट्टराईले जानकारी दिए । 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x