×

सत्ता साझेदारबीच सन्देह

देउवा र ओलीको मिलनलाई गगन–विश्वको रातो झण्डा !

कांग्रेस महामन्त्रीद्वयको अभिव्यक्तिप्रति बालुवाटारको चासो

काठमाडाैं | साउन २६, २०८१

राजनीतिक स्थायित्व दिन, नागरिकको निराशा चिर्न भन्दै नेकपा (एमाले)सँग मिलेर सरकार बनाएको एक महिना पनि नपुग्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘गम्भीर’ सन्देह प्रकट गर्न थालेका छन् ।  

Laxmi Bank

गत असार १७ गते सहमति भएपछि ३० असारमा कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका थिए । सोही सरकारमा कांग्रेसले पनि सक्रियतापूर्वक सहभागिता जनाएको छ । तर राजनीतिक रुपमा सरकारको विरोध नगरे पनि दुवै महामन्त्रीले विधि, पद्धति र सुशासनको विषय उठाउँदै सन्देह व्यक्त गर्न थालेका हुन् । 


Advertisment

दुवै महामन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्ति सुन्दा लाग्छ उनीहरूले बाध्यात्मक रुपमा एमालेसँग भएको सहमतिलाई रुचाउनुपरेको छ । यद्यपि भित्रीरुपमा भने नरुचाएको व्याख्या हुन थालेको छ । 


Advertisment

साउनको दोस्रो साता कोरिया पुगेका थापाले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा सरकारको परीक्षण हुने बताएका थिए । राष्ट्रपति, प्रधानमन्त्री, कुनै नेता वा जो भए पनि कानूनमाथि कोही नहुने भन्दै थापाले ठूला विवादमा कोही चोखिन नहुने बताएका हुन् । 

null

‘हाम्रोमा कोही सत्तामा भएको कारणले त कोही पार्टीमा शक्तिशाली नेता र भीडको कारणले शक्तिशाली हुने अवस्था छ । अहिले संसदमा हामीले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको मात्रै कुरा छैन,’ थापाले कोरिया पुगेर भनेका थिए, ‘नेपालमा जतिसुकै शक्तिशाली पार्टीको नेता होस् वा सरकारमा बसेको कारणले होस् । अर्कोतिर सामाजिक सञ्जालको भीडले भगवान् नै मानोस्, शक्तिमा भएका बेला गलत काम गर्दा यी कसैले पनि छुट पाउँछन् भने यसलाई लोकतन्त्र भनिँदैन ।’

ओली नेतृत्वको सरकारमा मन्त्री पठाउँदा आफूसमेतको भागबण्डाको कोटा पूरा गरे पनि महामन्त्री थापाले सरकारप्रति खबरदारी गर्न छोडेका छैनन् । साउन २४ मा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले ठूला भ्रष्टाचार मिलोमतोमा हुने अभिव्यक्ति दिएका थिए ।  

‘नेपालमा ठूला भ्रष्टाचारका काण्डहरूमा मिलेमतो भएको छ । जसरी सरकार मिलिजुली बन्छन्, ठूला भ्रष्टाचारका काण्डमा पनि मिलेमतो भएको छ,’ दाबीका साथ उनले भनेका थिए, ‘मिलेमतो गर्ने कुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको छ । नेपालको सन्दर्भमा कुन विषय नीतिगत हो र कुन होइन छुट्याउनु पर्छ ।’

थापाले मात्रै होइन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकार, गठबन्धन र नेता विशेषलाई अप्ठ्यारो पर्छ भनेर भ्रष्टाचारका विषयमा चुपचाप बस्न नसक्ने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा शनिवार महामन्त्री शर्माले बिमतिलाई जबर्जस्ती छोप्न खोजे दुर्घटना हुने भन्दै गठबन्धन भत्किन्छ भनेर गलत कुरामा बोल्न नछोड्ने प्रष्ट्याए । 

‘अहिले पनि कांग्रेस र एमालेबीच भएको बिमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोजियो भने दुर्घटना हुन्छ । एमालेसँगको बिमतिलाई हामीले बुझ्नुपर्छ । एमालेसँगका कतिपय दृष्टिकोणमा हामी सहमत छौं,’ शर्माले भने, ‘दुवैका दृष्टिकोणसँग एकमत हुने हो भने पार्टी एउटै हुने हो । तर हाम्रो पार्टी, विचार, पृष्ठभूमि, सोचाइ, शैली र संगठन फरक छ ।’ 

शर्माले थप प्रष्ट पार्दै गलत विषयमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो परे पनि बोल्न नछोड्ने बताए । 

‘विगतका बिमतिका विषयमा चुपचुप नबसी बोल्दै गर्दा गठबन्धन भत्किन्छ, केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले पनि बोल्दा देउवालाई अप्ठ्यारो पर्छ भनेर चुप लाग्ने ! यो कसरी हुन्छ ? हामीले चुप लाग्नका लागि बनाएको गठबन्धन होइन यो,’ शर्माले भने, ‘यो गठबन्धन गर्दा बिमतिका बीचमा बिमतिलाई कार्पेटमुनी धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने छैन । सरकारका काम, गतिविधि र संयममा यो सरकारको भविष्य जोडिएको छ ।’

null

शर्माले पनि भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणको अनुसन्धान रोक्न नहुने पटकपटक बताउँदै आएका छन् । एमालेसँग मिलेर कांग्रेसले सरकार बनाए पनि भ्रष्टाचार र अनियमिताका यी विषयमा छानबिन हुनुपर्ने उनले पटकपटक बताउँदै आएका छन् । 

गगन थापानिकटका एक केन्द्रीय सदस्य बोल्दा र नबोल्दाको दुवै स्थितिमा महामन्त्रीमाथि यस्तै दबाब आउने गरेको बताउँछन् ।  

‘महामन्त्रीहरूले नबोले किन नबोलेको भनेर प्रश्न पब्लिकबाटै उठ्छ । बोले किन बोले भनेर पार्टीबाट प्रश्न उठ्छ । यसैले पार्टीको भन्दा पब्लिकको कुराअनुसार बोल्ने कुरामा उहाँहरूको प्राथमिकता देखिएको हो,’ ती सदस्य भन्छन्, ‘महामन्त्री थापाले कोरियामा पनि पब्लिकबाट आएको प्रश्नलाई टार्न नसकेर बोल्नुभएको हो । कहीँ न कही जवाफ दिनुपर्छ । इग्नोर गर्न मिल्दैन ।’

महामन्त्रीहरूले मात्रै होइन केन्द्रीय सदस्य नैनसिंह महरले पनि शुक्रवार कांग्रेस र एमालेले एकअर्कालाई लगाएको आरोपको जवाफ दिनुपर्ने बताएका थिए । 

पब्लिकको आशा र युवा पुस्ताको राजनीतिक करियरका लागि यसरी खबरदारी गर्नुलाई अस्वाभाविक लिन नहुने ती केन्द्रीय सदस्यको भनाइ छ । । 

‘पोजिसनमा नभएका नेताको पोजिसन नै यही हो । यसको लाइनबाट बोल्नुलाई किन नराम्रो भन्ने ? शेरबहादुर देउवा र केपी ओलीले सहमति गर्नेबित्तिकै बोकेर हिड्नैपर्छ भन्ने छैन,’ महामन्त्री थापानिकट ती सदस्य भन्छन्, ‘पछिल्लो पुस्ताको रणनीतिक करियर छ । सचेत पनि हुनुपर्यो । आफ्नो पोजिसन बनाउँदा खबरदारी गर्दा त यस्तो बिकृति छ, नभए झन् के हालत होला ?’ 

प्रधानमन्त्री ओली आफैंले विश्वासको मत लिने दिन गत साउन ६ गते दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने बताएका थिए । त्यसपछि पनि सचिवहरूलाई निर्देशन दिने क्रममा ओलीले दुई वर्ष पुग्ने एक हप्ताअगाडि नै राजीनामा दिने जानकारी दिएका थिए । 

दुई महामन्त्रीतिर बालुवाटारको नजर

null

कांग्रेससहितको सरकार बनेर एक महिना पनि पूरा नहुँदै सरकारलाई खबरदारी गर्ने नाममा महामन्त्रीद्वयबाट धाराप्रवाह रुपमा आएका अभिव्यक्तिप्रति प्रधानमन्त्री निवास बालुवाटारको  पनि नजर परेको छ । कांग्रेसका दुई महामन्त्रीको अभिव्यक्तिलाई लिएर बालुवाटारको सार्वजनिक प्रतिक्रिया आएको छैन ।  तर भित्रीरुपमा चासो भने व्यक्त गरेको बुझिएको छ । 

‘राजनीतिक अस्थिरता, नागरिकमा निराशा चिर्न र केही नवीन सन्देश दिने गरी भनेर दुवै दलले सरकार बनाएको एक महिना पनि भएको छैन । तर कांग्रेसका महामन्त्रीहरूले किन यसरी बोलेका हुन्,’ प्रधानमन्त्री कार्यालय बालुवाटार निकट स्रोतले भन्यो, ‘सरकार किन बनेको हो र यसले के काम गर्छ भनेर संसदबाटै खुलस्त भनिएको थियो । यस्तो अवस्थामा जिम्मेवार नेताले सरकारबारे यति छिट्टै हतारमा टिप्पणी गर्न आवश्यक छैन । सरकारले निरन्तर गति लिएर काम गरिरहेको छ ।’

यता प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा आफूले आजसम्म कुनै प्रकारको पनि भ्रष्टाचार नगरेको दाबी गरे ।  जनअपेक्षा पूरा गर्न नै वर्तमान सरकार बनेको उनले स्पष्ट पारे । 

‘गरिबी र अभावले जनता तड्पिएका छन् । जनता रोएको बेला भ्रष्टाचार गर्ने र सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने काम हुँदैन,’ ओलीले भने, ‘देशलाई समृद्ध, आधुनिक र विकसित बनाउनु नै यो सरकारको ध्येय हो ।’     

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x