कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | साउन २६, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात समुद्रपारिबाट नयाँ सरकार बनाइएको दाबी गरेका छन् ।
शुक्रवारको पार्टी पदाधिकारी बैठक र शनिबारको स्थायी कमिटी बैठकमा प्रचण्डले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन छिमेकी नभई सात समुद्रपारिको शक्ति हाबी भएको दाबी गरेका हुन् ।
गत असार १७ मा नयाँ गठबन्धन बन्नुमा अमेरिकाको हात रहेको उनको संकेत थियो । प्रचण्डले नयाँ सरकारलाई भारत र चीनले नरुचाएको समेत दाबी गरे ।
‘मैले केही कुरामा अडान लिएपछि नेपालमा हठात् सरकार परिवर्तनको खेल भयो, यो यहाँ विकसित भएको घटनाक्रम होइन सात समुद्रपारिबाट सब भएको हो’ प्रचण्डको भनाई उदृत गर्दै माओवादी स्रोतले लोकान्तरसँग भन्यो ।
यसअघि उनले भ्रष्टाचारका फाइल खोलेपछि रातारात सरकार ढालिएको बताउँदै आएका थिए । प्रचण्डले बंगलादेशमा भएको सरकार परिवर्तन गर्ने आन्दोलनले नेपालको सत्ता गठबन्धन समेत डराएको दाबी गरेका थिए ।
नयाँ गठबन्धनले जनताको पक्षमा काम गर्न नसक्ने र फेरि आन्दोलन उनले समेत उनले दाबी गरे । ‘नेपालमा पनि केही समयमा आन्दोलन उठ्छ र त्यसको नेतृत्व माओवादीले गर्छ’ बैठक स्रोतलाई उद्धृत गर्दै एक नेताले भने । यसैगरी उनले बङ्गलादेशको घटनाका कारण सरकार डराएको समेत जिकिर गरे ।
बैठकमा प्रचण्डले वृहत् वामपन्थी एकताको प्रस्ताव राखेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एस, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र बाबुराम भट्टराईबाट छुट्टिएको गंगानारायण श्रेष्ठ समूहसँग कार्यगत एकताको कुरा भइरहेको उनले बताए । ‘समाजवादी शक्तिहरूबिच संयुक्त मोर्चा बनाएर पार्टी एकतासम्म पुग्ने लक्ष्य छ’ उनले भने ।
शनिवारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन, सचिव गणेश साह तथा स्थायी कमिटी सदस्य गणेशमान पुनले बोलेका छन् । बैठक आइतबार पुनः बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सापकोटाले पार्टीभित्र शुद्धीकरणको आवश्यकताबारे सदस्यहरूले बोलेका जानकारी दिए। सरकारबाट बाहिरिएपछिको अवस्थाबारे छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...