पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडाैं | साउन २७, २०८१
अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक प्रतिवेदनमा भारतको धितोपत्र बजार नियामक सेबीका अध्यक्ष र उनका श्रीमानमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि भारत मात्र होइन, विश्वमै चर्चाको विषय बनेको छ ।
भारतको व्यापार र वित्तीय बजारसँग सम्बन्धित वित्तीय अनियमिततामा पछिल्लो १८ महिनामा जारी गरिएको यो दोस्रो रिपोर्ट हो । यसअघि जनवरी २०२३ मा यसले भारतको प्रमुख औद्योगिक घराना अडानी समूहको बारेमा एक रिपोर्ट जारी गरेर हलचल मच्चाएको थियो ।
उक्त रिपोर्ट जारी भएपछि अडानी समूहले १ अर्ब डलरभन्दा बढी गुमाउनुपरेको थियो ।
हिन्डनबर्ग रिसर्च भनेको के हो र यसले के गर्छ ?
हिन्डनबर्ग रिसर्च एक अमेरिकी अनुसन्धान कम्पनी हो । यसको शुरूवात नेट एन्डरसन नामक अमेरिकी नागरिकले गरेका थिए ।
कम्पनीले अनुसन्धान, वित्तीय अनियमितता, अनैतिक व्यापार अभ्यास, गोप्य वित्तीय मामिला र लेनदेनको अनुसन्धान एवं विश्लेषण गर्दछ ।
कम्पनीका संस्थापक नेट एन्डरसनले आफूलाई पुँजीबजारमा सर्ट सेलिङ गरेर फाइदा लिने व्यक्तिका रूपमा चिनाउँछन् ।
नेपालमा अभ्यास नभए पनि अन्तर्राष्ट्रिय शेयर कारोवारमा सर्ट सेलिङ एक मुख्य गतिविधि हो । बजार घट्दा मात्र नाफा कमाउन सकिने यो उपाय हिन्डनबर्गका संस्थापकले अपनाउने गर्छन् ।
हिन्डनबर्ग रिसर्चले २०१७ देखि काम गरिरहेको छ । संस्थाको दाबीअनुसार यसले हालसम्म सार्वजनिक गरेका १६ वटा प्रतिवेदनमा अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनबाहेक भारत र अन्य देशका कम्पनीमा भएको वित्तीय अनियमितताको पर्दाफास भएको छ ।
यसले अफिरिया, पर्शिङ गोल्ड, निकोला र केही अन्य चर्चित कम्पनीका वित्तीय अनियमितता उजागर गरेको दाबी गरेको छ ।
जब भारतमा हलचल मच्चियो
सन् २०२३ को जनवरीमा हिन्डनबर्गले अडानी समूहविरुद्ध एक रिपोर्ट जारी गर्यो ।
उक्त रिपोर्टका अनुसार अडानी समूहका प्रमुख गौतम अडानीले आफ्नो सात लिस्टेड कम्पनीको शेयर हेरफेर गरेर १ सय बिलियन डलर कमाएका थिए, जुन गैरकानूनी थियो ।
प्रतिवेदनमा गौतम अडानीका भाइ विनोद अडानीमाथि पनि गम्भीर आरोप लगाइएको थियो । उनले ३७ सेल (कागजी) कम्पनी चलाउने दाबीसहित सबै कम्पनीको पैसा मनी लान्ड्रिङमा प्रयोग गरिएको उक्त रिपोर्टमा सार्वजनिक गरिएको थियो ।
उक्त रिपोर्ट राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारमा केही दिनसम्म हेडलाइन बनिरहे ।
यो रिपोर्टपछि अडानी समूहका कम्पनीहरूले १५० अर्ब डलर घाटा बेहोरेका छन् ।
रिपोर्ट आएको एक महिनाभित्र अडानीको कुल सम्पत्ति ८० अर्ब डलर अर्थात् ६ दशमलव ६३ लाख करोड रुपैयाँले घटेको थियो । हिन्डनबर्गको रिपोर्ट आएको दश दिनभित्र उनी धनी व्यक्तिहरूको शीर्ष २० सूचीबाट बाहिरिएका थिए ।
यसबाहेक गौतम अडानीले कम्पनीको २० हजार करोडको एफपीओ पनि रद्द गर्नु परेको थियो । कम्पनीले ठूलो घाटा बेहोरेको थियो ।
यो प्रतिवेदनले भारतमा राजनीतिक चर्केको छ । कम्पनीको कथित आर्थिक अनियमितताबारे संसद्मा प्रश्न उठेको थियो । मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो ।
२०२४ को जनवरीमा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको नेतृत्वमा रहेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले हिन्डनबर्गले लगाएको आरोपको छानबिन गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्न आदेश दियो ।
अदालतले पुँजी बजारको नियामक संस्था सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)माथिको अनुसन्धानलाई विश्वास गर्यो र अनियमितता नभएको फैसला गर्यो ।
हिन्डनबर्गले आफ्नो बारेमा के भन्छ?
बीबीसीको एक रिपोर्टका अनुसार हिन्डनबर्ग रिसर्च कम्पनीले आफ्नो रिपोर्टका कारण धेरै कम्पनीको शेयर मूल्य घटाएको दाबी गरेको छ ।
अडानीभन्दा पहिले हिन्डनबर्गसँग नाम जोडिएको ठूलो कम्पनी 'निकोला' थियो । यो मुद्दा अदालतमा पुगेपछि निकोला कम्पनीका संस्थापक दोषी ठहर भए ।
ब्लूमबर्गको प्रतिवेदनअनुसार हिन्डनबर्गले सन् २०२० देखि हालसम्म ३० कम्पनीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ र प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै सो कम्पनीको शेयर औसत १५ प्रतिशतले घटेको छ ।
हिन्डनबर्ग नाम कहाँबाट आयो?
बीबीसीको प्रतिवेदनअनुसार सन् १९३७ मा जर्मनीमा हिटलरले एउटा हवाई जहाज बनाएका थिए, जसको नाम थियो हिन्डनबर्ग एयरशीप । हिटलरले बनाउन लगाएका कारण जहाजको पछाडि नाजी पार्टीको चिह्न 'स्वस्तिक' थियो । यो अमेरिकाको न्यू जर्सीमा उडिरहेको थियो ।
त्यसपछि आकाशमै उक्त जहाज विस्फोट भयो । हिन्डनबर्गमा आगो लाग्यो । मान्छे चिच्याएको आवाज सुनिन थाल्यो । जहाज जमिनमा खस्यो । ३० सेकेन्डभन्दा कममा सबै नष्ट भयो ।
यस जहाजमा १६ हाइड्रोजन ग्यासका बेलुन थिए । त्यसमा करिब १०० जनालाई जबरजस्ती बसाइएको थियो भने दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो ।
नेट एन्डरसनले यही जहाजको नामबाट आफ्नो कम्पनी स्थापना गरेका हुन् । उनले यही जहाजको नाम छान्नुको कारण पछाडि सम्भावित दुर्घटना टार्न सकिने भएपनि मानिसले लापरवाही गरेका कारण हुने दुर्घटनालाई सांकेतिक रूपमा प्रस्तुत गर्नु हो ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...