
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । सुशासनका पक्षमा प्रभावकारी काम गर्न माग गर्दै सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे सुझाव दिएका हुन् ।
उनले प्रशासनको सुधार, स्थानीय सरकारका बेथिति र भ्रष्टाचार नियन्त्रण, मिटरब्याज पीडितको समस्या समाधान, खानेपानी सिँचाइ, बजार र मलको व्यवस्था गर्न पनि माग गरेका छन् ।
त्यस्तै, त्यस्तै अस्पतालसम्म पुग्ने कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशिलताको विकास, सार्वजनिक खरिद ऐनमा सुधार, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार, नेपाललाई आइटी हब बनाउनेसहित माग गरेका छन् ।
ढकालले थ्रेस होल्ड बढाउन, समानुपातिकमा एकपटक मात्रै अवसर दिनुपर्ने माग पनि गरेका छन् ।
देशभर डुलेर पार्टीलाई प्रतिवेदन बुझाएपछि ढकाल राष्ट्रिय स्वतन्त्रबाट कारबाहीमा परेका थिए ।
पार्टीको आन्तरिक विषय मिडियामा चुहाएको भन्दै उनलाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।