कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | साउन २८, २०८१
नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति शंका बढेको बताएकी छन् ।
विधि र पद्धतिको कुरा गर्नेलाई पार्टी विभाजनको आरोप लगाउने नेतृत्वको कार्यशैली आपत्तिजनक भएको उनको भनाइ छ ।
आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओनसरीले राज्यसत्ता पार्टीकै नेतालाई सकाउन लागिपरेको आरोप आरोप लगाइन् ।
शनिबारको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीमा विधिको कुरा गर्नेविरुद्ध राज्यसत्ता प्रयोग गरिएको आरोप लगाएका थिए ।
ओनसरीले शर्माकै लाइनमा कुरा राखेकी हुन् ।
‘राज्यसत्ता हामीतिर नै लगाउन खोजियो । पार्टीमा आशंका र अविश्वास यति बढ्यो कि ३५ वर्षको यात्रामा अध्यक्ष प्रचण्डप्रति पहिलोपटक शंका लाग्यो,’ ओनसरीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
पार्टीकै नेताहरूविरुद्ध राज्यसत्ताको प्रयोग गरेर गलत हल्ला फिँजाइएको आरोप उनको थियो ।
उनले ‘कोरी (कुष्ठरोगी) नै भएपनि बाउ त मान्नुपर्यो’ भन्दै मान्नकै लागि प्रचण्डलाई अध्यक्ष स्वीकारिएको टिप्पणी गरिन् ।
‘बाहिर माओवादी सकिन्छ भनेर चर्चा भइरहेका छन्, त्यसको प्रतिवादका लागि पनि हामीले नेतृत्व चयनको विधि स्थापित गर्नुपर्छ,’ उनले बैठकमा भनेकी थिइन् ।
सम्बोधनका क्रममा प्रचण्डले शान्ति प्रक्रियामा आएपछि दलाल र पुँजीपतिसँग पनि संगत भएको बताएका थिए ।
ओनसरीले किन र को–को दलालसँग संगत गरेको भनेर प्रचण्डलाई प्रश्न गरिन् ।
पार्टीभित्र सांस्कृतिक विचलन र बर्ग चेतना स्खलित भएको भन्दै उनले दुःख व्यक्त गरेकी थिइन् ।
‘कुनै महिला कमरेडले सौता व्यहोर्नुपर्ने अवस्था आयो भने पार्टीबाट न्याय दिन सक्नुहुन्छ ?’ उनले प्रश्न गरिन् ।
पूर्व सभामुख समेत रहेकी ओनसरी पार्टी उपमहासचिव वर्षमान पुन ‘अनन्त’की पत्नी हुन् ।
बैठकमा उपमहासचिव शक्ति बस्नेतले पनि प्रतिस्पर्धाबाट नेतृत्व चयनको विधि स्थापित गर्नुपर्ने बताएका थिए ।
शनिबारदेखि जारी माओवादी बैठकमा बोल्ने सदस्यहरूले पटक–पटक सरकारको नेतृत्वमा पुगे पनि जनताको मन जित्न नसकिएकाले जनाधार घट्दै गएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...