२६ जेठ २०८३, मंगलबार

विद्यालयमा भएको इजरायली आक्रमणपछि ७५ शवको पहिचान

साउन २८, २०८१
काठमाडौं
विद्यालयमा भएको इजरायली आक्रमणपछि ७५ शवको पहिचान

इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।

इजरायली सेनाले गाजा सहरको अल–ताबीन धार्मिक विद्यालय परिसरमा शनिबार बिहान गरेको आक्रमणमा कम्तीमा १९ प्यालेस्टिनी लडाकू मारिएको बताएको छ ।

“अल–ताबीन स्कूलमा भएको आक्रमणमा ९३ जनाको मृत्यु भएको छ, जसमध्ये ७५ को पहिचान गरिएको छ”, गाजा नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसालले एएफपीलाई भने । उनका अनुसार मृत्यु हुनेमा ११ बालबालिका र छ महिला रहेका छन् ।

गाजा शहरको अल–अहली अस्पतालका चिकित्सक अमजद अलिवाले आक्रमणमा मारिएका ७५ जनाको पहिचान भएको पुष्टि  भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्